देश

कोशीमा नयाँ सरकार गठनको आह्वान
कोशी प्रदेशमा अन्ततः सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्। नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आह्वान गरेका प्रदेश प्रमुखले असोज २६ गते साँझसम्मको समय दिएका छन्। शनिबार बसेको प्रदेश सभाको...
कैद मिनाहा दिने कानुनी व्यवस्था गलत – महामन्त्री शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन् । कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन गर्दै महामन्त्री शर्माले कानुनी शासन भएको लोकतान्त्रिक मुलुकमा सत्ताको दुरुपयोग गरेर कैद मिनाहा गर्ने प्रचलन बढ्दै जाँदा जनतामा असन्तुष्टि बढेको बताए । “सोझै नेताहरूले राष्ट्रपति...
सरकार परिवर्तनको सम्भावना छैन : माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावमा नरहेको बताएका छन् । समाजवादी जागरण अभियानअन्तर्गत आज यहाँ आयोजना गरिएको कार्यक्रममा उनले प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको सरकार चल्नुपर्ने बताए । उनले भने, “सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ ।” जनतामा निरासा बढ्दै गएको समयमा सरकार परिवर्तनले...
धर्म र सम्प्रदाय भन्दा माथि उठेर देशको झन्डा बोकौं-सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदाय भन्दा माथि उठेर देशको झन्डा बोक्नुपर्ने धारणा व्यक्त गरेका छन् । पछिल्लो समय देशमा धर्म र सम्प्रदायबीच दंगा निम्त्याउने दुष्प्रयास भइरहेको तर्फ संकेत गर्दै सांसद झाले जनप्रतिनिधि, राज्य संयन्त्र र राजनीतिक दलहरू सबै सचेत हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद झाले धार्मिक दंगामा भोटको...
सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग नगर्न साइबर ब्यूरोको अनुरोध
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग नगर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ। ब्यूरोले आज सार्वजनिक अनुरोध गर्दै विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुर्याउने र राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहिन विषय वस्तु प्रबर्द्धन नगर्न भनेको हो। यसका साथै...
कांग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैनः माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसविनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्। बुधबार जनकपुरान समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कांग्रेसविनाको सरकार कल्पना गर्न नसिकिने बताएका हुन्। त्यसकारण गठबन्धनमा रहेका सबै दलहरू इमानदार हुनुपर्ने उनले बताए। ‘वर्तमान गठबन्धनमा रहेका दलहरूले सहमतिअनुसार आ-आफ्नो कार्यभार पूरा गर्नुपर्छ,’ उनले भने। नेपालले सरकारले राम्रो काम...
९ किलो सुन प्रकरणमा पूर्व सभामुख महरासँग सोधपुछ
९ किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व सभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुनको अनुसन्धानका लागि सीआईबीले महाराजगञ्जस्थित कार्यालयमा बोलाएर महरासँग सोधपुछ गरेको हो । २०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय...
दसैं टीकाको शुभसाइत ११ बजेर २ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैंको साइत सार्वजनिक गरेको छ। दसैंको पहिलो दिन घटस्थापनाको शुभसाइत बिहान ११ बजेर २९ मिनेटमा रहेको जानकारी दिइएको छ। यो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ। त्यस्तै...
लक्ष्मी घर्तीको हत्यामा संलग्न चार जनालाई प्रहरीले गर्‍यो सार्वजनिक
कञ्चनपुरमा २७ वर्षीया लक्ष्मी घर्तीको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पत्रकार सम्मेलन गरेर घर्तीको हत्यामा संलग्नहरूलाई सार्वजनिक गरेको हो। कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार गत साउन ३० गते पुनर्वास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने सडक खण्डमा लक्ष्मी मृत अवस्थामा फेला परेकी थिइन्। लक्ष्मीको हत्यामा...
प्रधानमन्त्री दाहाल र एमसीसी कार्यकारी अधिकृत बीच भेट
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहालका बीच भेटघाट भएको छ ।प्रधानमन्त्री दाहाल र कार्यकारी अधिकृत अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको छ। एमसीसी औपचारिक रुपमा कार्यान्वयनका लागि शुरुवात भएपछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको छ । गत भदौ १३...
संविधानले सबैलाई समेटेको छ : पूर्वराष्ट्रपति यादव
नवलपरासी । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताउनुभएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा बिपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा सोमबार पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्नुभयो । ११० औं बिपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको सालिक अनावरणका लागि यहाँ पुग्नुभएका पूर्वराष्ट्रपति...
पशुपतिनाथ मन्दिरको सुनको जलहरीमा हिनामिना
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले विशेष अदालतमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदिप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोर किपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको हो। मिलनकुमार थापा अहिले कोषका सदस्य सचिव छन्। पक्राउ परेकाहरूमाथि एक करोड १७...