देश

गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियो
गोरखा, २८ असोज : गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले...
दसैं सुरु, आज घटस्थापना
आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र...
मोदीको नेपाल भ्रमण ठाडो हस्तक्षेप हो : महामन्त्री थापा
कांग्रेस महामन्त्री गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारलाई थाहै नदिई नेपाल भ्रमण गर्नु ठाडो हस्तक्षेप भएको बताएका छन् । महामन्त्री थापाले सबै राजनीतिक दल एक भई यस्ताखाले अतिक्रमणलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । गोरखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, महामन्त्री थापाले एक्कासी पत्रिका पढेर थाहा पाएकोमा आश्चर्य व्यक्त गर्दै भने, भारतीय प्रधानमन्त्रीको...
सुन तस्करी
राहुल महरालाई जिल्ला अदालतले कारागार चलान गर्न आदेश दियो
विद्युतीय चुरोटमा लुकाएर ९ किलो सुन तस्करी गरेको अभियोगमा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई जिल्ला अदालत काठमाडौंले कारागार चलान गर्न आदेश दिएको छ । न्यायाधीश डण्डपाणि शर्माको इजलासले मुद्दाको किनारा नलागे सम्म राहुललाई थुनामा पठाउन आदेश दिएको छ । २०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर चिनियाँ तस्करले ल्याएको सुन प्रकरणमा राहुल महरा...
भावी पुस्तालाई प्रविधियुक्त बनाउन आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेका कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन गर्दै राष्ट्रपतिले भावी पुस्तालाई प्रविधियुक्त बनाउन र विश्व बजारमा प्रतिस्पर्धी तुल्याउन आवश्यक भएकोमा जोड दिए । नेपालको लागि अनुसन्धान तथा...
नेपाली नागरिक बोकेर इजरायलबाट नेपाल उड्यो जहाज
युद्धग्रस्त इजरायलमा रहेका २ सय ५३ नेपाली नागरिकको उद्धार गरी नेपाल एयरलाइन्सको विमान देशतर्फ उडेको छ । अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थी सहित परराष्ट्रमन्त्री एनपी साउद लगायत सरकारी अधिकारी सवार विमान नेपाल उडेको हो । उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपाली...
‘रिगल’ को आममाफीको विरोधमा काठमाडौंमा प्रदर्शन
व्यक्ति हत्यामा दोषी ठहर भई सजाय काटेका योगराज ढकाल ‘रिगल’ को आममाफीको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियान्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको हो। प्रर्दशनमा एमालेको युवासंघका कार्यकर्ताको समेत उपस्थिति थियो। प्रर्दशनकारीहरुले ‘क्रुर हत्याको आममाफी फिर्ता गर’, ‘अपराधीलाई सम्मान गर्न बन्द गर,...
हमास आक्रमणबाट ज्यान गुमाएका नेपालीको शव इजरायल सरकारको संरक्षणमा छन : परराष्ट्रमन्त्रालय
नेपाल सरकारले इजरायलको हमास आक्रमणबाट ज्यान गुमाएका नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको जानकारी गराएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी दस जना नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले हस्तान्तरण गरेलगत्तै नेपालीहरूको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइने जानकारी दिएकी छन् । प्रवक्ता...
इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई दस लाख राहत दिने सकारको घोषणा
सरकारले इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई दस लाख राहत उपलब्ध गराउने भएको छ । सोमबार मन्त्रिपरिषद्को आकस्मिक बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएका दस जना नेपाली बिद्यार्थीहरुको परिवारलाई दस लाख बराबर रकम दिने निर्णय भएको छ । सरकारका प्रवक्ता रेखा शर्माका अनुसार राहत रकम अर्थ मन्त्रालयले गृह मन्त्रालय मार्फत् निकासा गर्ने निर्णय भएको हो। नेपाली...
इजरायबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
काठमाडौं । सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो ।...
प्रचण्डप्रति ओलीको कटाक्षः
‘मानसरोवरमा डुबुल्की लगाउँदैमा पाप कट्दैन’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको ढाकछोप गर्ने मात्र नभई भ्रष्टाचार गरिरहेको समेत आरोप लगाएका छन् । एमाले सुदूरपश्चिम अधिवेशनको आइतबार धनगढीमा उद्घाटन गर्दै उनले २ साउनमा बरामद भएको सुनको परिमाणमा प्रश्न उठाए । सुन तस्करीको अनुसन्धानमा सरकारले तमासा मात्र गरेको भदै उनले भने, ‘एमालेको सरकारको पालामा कहिले यति, कहिलो ओम्नी...
संघीयता देशको लागि आवश्यक चिज होइन: लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संघीयता देशको लागि आवश्यक नभएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात बिना र दबाब बिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरुसँग आग्रह गरेका हुन् । उनले नयाँ सहमति नगरे र दलहरू नसच्चिए अब जनदबाबको...