देश

महासचिव गुटेरेसको भ्रमण : कोप-२८ मा हिमालको मुद्दाले पाउला प्राथमिकता !
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणका क्रममा जलवायु परिवर्तनको विषयमा प्राथमिकताका साथ चासो व्यक्त गरेका छन् । चारदिने भ्रमणका क्रममा उनले सबै भेटवार्तामा नेपालमा जलवायु परिवर्तनले पारेको असरबारेमा छलफल गरेका छन् । विश्व तापमान वृद्धिका कारण संसारको अग्लो शिखर सगरमाथालगायत उच्च हिमाल पग्लदै गएको सम्बन्धमा महासचिव गुटेरेसले विशेष चासो व्यक्त गरेका हुन ।...
चितवनमा पहिलो पटक आमाको नामबाट नागरिकता
जिल्लामा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिइएको हो । मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उनलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिएका...
प्रधानाध्यापक हत्या प्रकरण : दश जना पक्राउ
बाराको स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई पक्राउ गरिएको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।
आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ बुधबार
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज पूरा नभएपछि बुधबार पुन: हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट...
नेपालका करिब ६० प्रतिशत घर एकतले
नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजा सम्बन्धी विवरण अनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरण अनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र...
एमालेको मुख्य लक्ष्य मुलुक र जनताको समृद्धि : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बताएका छन् । एमाले गण्डकी प्रदेश कमिटीद्वारा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले भने, “दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने सङ्कल्प बोकेर एमाले अगाडि बढेको छ ।” कृषिमा आधुनिकीकरण, उद्योग क्षेत्रमा लगानीको वातावरण, पर्यटन तथा प्राकृतिक सम्पदाको उपयोग...
मानव बेचबिखनको आरोपमा प्रहरीनै पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनीसँगै अर्का एक व्यक्ति समेत...
पुम्दीकोट जाँदै गरेको पोखरा नगरबस दुर्घटना
पोखरा महानगरपालिका वडा नं. २२ मा दुर्घटनामा परेको छ । बस दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् । ४ जनाको अवस्था मध्यम छ भने २८ जना सकुशल छन् । घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पोखरामा उपचार भइरहेको छ । अस्पतालका अनुसार गम्भीर घाइते हुनेहरूमा काटमाण्डाै घर बताउने ४९ वर्षकी रीमा कार्की, पोखरा ३१...
कोजाग्रत पूर्णिमा, कांग्रेसको चियापान र राजनीतिक संस्कार
आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विगतमा झैं यो वर्ष पनि कोजाग्रत पूर्णिमाका अवसरमा नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष...
महासचिव गुटेरेसको नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्ता सहित बिविध कार्यक्रम
प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा शनिवार राती काठमाडौँ आईपुग्दै छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ । भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै नेपाली कांग्रेसका सभापति...
नेपाली कांग्रेसको शुभकामना र चियापान शनिबार
कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । बडादशैं, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले...
महासचिव गुटेरेस चारदिने भ्रमणमा नेपाल आउँदै
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको मैत्रीमूर्ण निमन्त्रणामा उनि नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन । प्रधानमन्त्री दाहालले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव...