देश

हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै
चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा बिहिवार दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष...
देशलाई समृद्धिको मार्गमा डोर्‍याउने एमालेको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको दावी गरेका छन । एमाले पर्साद्वारा पोखरियामा आयोजित जनसभामा अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टीको एकल सरकार अपरिहार्य भएको बताएका हुन । आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत प्राप्त हुनेगरी आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक काम गर्न...
भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसका स्वयंसेवक
नेपाली कांग्रेसले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न स्वयमसेवक टोली पठाएको छ । महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवं भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले स्वयम सेवक पठाउने निर्णय गरेको थियो । बैठकले अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण...
टिकटक प्रतिबन्धबारे लिखित जवाफ माग
सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि...
रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै
पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा थप तीन जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ,...
कांग्रेसले भूकम्पप्रभावित क्षेत्रमा इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने
नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ । कांग्रेस पदाधिकारीको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई जाडोबाट थप प्रभावित हुन नदिन तत्काल अस्थायी टहरा बनाउनका लागि स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले वृद्धवृद्धा र सुत्केरी भएका परिवारका लागि प्राथमिकतामा राखेर...
दाङमा दाजुभाइ मृत फेला
दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा...
कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८ औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बर्ताएका छन । नेपाल पर्वातरोहण सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा...
भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख
जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले एक करोड ३२ लाख मानवीय सहायता स्वरुप प्रदान गरेको छ । नेपालका लागि चीनका राजदूत छन सङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई नगद हस्तान्तरण गरेका हुन । चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले...
छठको दोस्रो दिन खरना विधि सम्पन्न
छठको दोस्रो दिन खरना विधि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् । बर्तालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेदको रुपमा चढाउनुपर्ने हुन्छ । खरनामा छठपर्वको मुख्य दिन चढाउने अघ्र्य जति स्थानमा...
आस्थाको पर्व छठ
धनुषा । छठ पर्वको छुट्टै पौराणिक महत्त्व रहेको छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा भोगेन्द्र झाले बताए । छठप्रतिको अटुट आस्थाका कारण जीवनको प्रारम्भदेखि नै सूर्य पूजालाई अनिवार्य मानिएको वरिष्ठ साहित्यकार रामभरोस कापडी भ्रमरले बताए । उनका...
साइबर क्राइम मुद्दामा झापाका एक किशोर पक्राउ
दमक । नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका  कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिर्एको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार...