देश

संसदीय छानबिन विशेष समितिले कार्यविधि बनायो
सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ । समितिको बैठकले सर्वसम्मतरुपमा कार्यविधि पारित गरेको समिति सदस्य लेखनाथ दाहालले राससलाई जानकारी दिएका छन । “समितिका सदस्यहरुबीच प्रस्तावित कार्यविधिमा छलफल भई सर्वसम्मतिले पारित भएको छ । सोही आधारमा अनुसन्धान अघि बढ्नेछ”, उनले भने । समिति सदस्य शिशिर खनालका अनुसार पहिलो...
दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने
नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला परेको जानकारी दिएका छन । उनका अनुसार यहाँका वनक्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये छ प्रजातिका चरा पाइन्छ । नेपालमा पाइने...
‘पढ्दै कमाउँदै’ कार्यक्रम
मल बनाउँदै खेती गर्छन् विद्यार्थी
बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन् । विद्यालयका विद्यार्थीले सुरुमा घरबाट गोबर मल लिएर विद्यालयमा फलफूल तथा तरकारी खेती थालेका थिए । ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु भएपछि प्राङ्गारिक मल समेत विद्यालयमै बनाउन थालेका हुन् । प्राङ्गारिक मल खरिद गर्नसमेत महँगो पर्ने...
मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा जाने
प्रधानमन्त्री पुष्पकमल दाहाल मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुने भएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन, “प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको छ, यसमा जानका लागि आवश्यक टोली निर्माण गर्ने कुरा भएको छ, जाने...
१५ दिनभित्र बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले गत चैत १२ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईद्वारा सञ्चालित अस्पताललाई सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल काभ्रेपलाञ्चोक, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुर...
नयाँ सरकार
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले सोमबार प्रदेश प्रमुखका नाममा परमादेश जारी गर्दै ४८ घन्टाभित्र पाण्डेलाई संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा...
गण्डकी सत्ता राजनीति
गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वाेच्चको परमादेश [आदेशसहित]
सर्वाेच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । सोमबार सर्वोच्चले गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको छ। तीन वर्षअघि शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको लागि दिएको परमादेशकै शैलीमा समय तोकेर गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो...
क्रिकेटर लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा भोली सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा भएको बहस र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही...
जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गरे ।...
विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै...
राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको  समीक्षा गर्नुपर्छ : पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भनेर समीक्षा गर्नुपर्ने बेला आएको बताएकी छन । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको भएको  ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा उनले राजनीतिक दलहरुले लिएको नीति तथा आदर्शमा विचलन आएको वा नआएको बारे बेलाबेला समीक्षा गर्दै अगाडि...
सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु
सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौँरी महोत्सव सुरु भएको छ । जिल्लाको लिखुपिके गाउँपालिका १ पिके आधार शिविरमा आजदेखि महोत्सव सुरु भएको हो । याक तथा चौँरी व्यवसायी सङ्घले आयोजना गरेको महोत्सव आगामी बिहीबारसम्म सञ्चालन हुनेछ । चौँरी कृषकलाई सम्मान, चौँरी र जलवायुसम्बन्धी अन्तरक्रिया, पिकेमा पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण, याक तथा चौँरी व्यवसायी सङ्घको वेबसाइट...