देश

पूर्वडिआइजी शाहलाई भ्रष्टाचार मुद्दामा तीनवर्ष जेल सजाय
विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय यस्तो सजाय निर्धारण गरेको हो । क्षेत्रीय प्रहरी तालिम कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डिआइजी शाहसहित दुई...
‘वर्तमान सरकारले जनताको पक्षमा काम गरेको छ’
विभिन्न राजनीतिक दलका नेताहरुले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गरेको बताएका छन् ।  लोकतान्त्रिक समाजवादी पार्टीका नेता डा सुरेन्द्र झाले नेपाल–भारत सातौँ परराष्ट्रमन्त्रीस्तरीय बैठक अत्यन्तै ऐतिहासिक र सफल रहेको टिप्पणी गरे । वर्तमान सरकारले गरिरहेको काममध्ये नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सफल रुपमा दर्ज भएको उनको भनाइ छ । उनले भने, “परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भएका...
कालीगण्डकी र म्याग्दी नदी किनारका सिमसार क्षेत्र नासिँदै
म्याग्दी । अत्यधिक नदी दोहन, सडक विस्तार, जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास र विकास निर्माणले कालीगण्डकी र म्याग्दी नदी किनारको सिमसार क्षेत्र मासिँदै जान थालेको छ । वातावरणीय मूल्याङ्कनविना नै जथाभावी खनिएका सडक, सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन र बढ्दो औद्योगिकीकरणले सिमसार क्षेत्र सुक्खा र उजाड बन्दै गएको सरोकारवालाले बताएका छन् । सिमसार क्षेत्र मासिन थालेपछि...
बागलुङमा बर्थिङ सेन्टर र प्रयोगशालाले गाउँमा सहज बन्दै स्वास्थ्य सेवा
बागलुङ, तमानखोला गाउँपालिकाको स्याउलाबासीलाई दुई बर्षअघि सामान्य रगत परीक्षणको लागि समेत कठिन थियो । रगत परीक्षणका लागि उनीहरु ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार वा सदरमुकाम बागलुङ बजार पुग्नुपथ्र्याे । स्याउला मात्रै होईन यहाँका सबै गाउँका सर्वसाधारण बेथा उही हो । दुर्गम मानिने तमानखोलाका अधिकांश स्वास्थ्य चौकीमा अहिले प्रयोशाला सेवा सञ्चालनमा छ । त्यहाँ सामान्य रगत, दिशा,...
देउवासँग कुरा नमिलेपछि शेखर-गगन समूहकाे छुट्टै भेला, १० पाउँदा ४ सिटमा दाबी
राष्ट्रिय सभाका उम्मेदवारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सिट भागबण्डाको कुरा नमिलेपछि नेता डा. शेखर कोइराला पक्षले आफूपक्षीय नेताहरूको छुट्टै बैठक बोलाएको छ। निर्वाचनका लागि गठबन्धनमा कांग्रेसले पाएको १० सिट मध्ये संस्थापनइतर पक्षले चार सिटमा दाबी गरेको छ। तर, सभापति देउवा यसका लागि तयार नभएपछि इतर पक्षले छुट्टै भेला बोलाएको हो। पार्टीको कार्यसम्पादन समितिको...
बागलुङमा घरमै सुत्केरी भए कालो टीका !
केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन्। ८ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनुपर्छ भन्ने कुरा यहाँका सबै महिलालाई थाहा छ। गाउँमा चालु आर्थिक वर्षमा१५ जना सुत्केरी भए। उनीहरु सबै सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन्। तमानखोला गाउँपालिका–१ मा पर्ने यी गाउँमा...
गोरखामा फल्यो ९ किलोको एउटै काउली
गोरखा- गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ । “काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भने, “डाँठ...
सम्मानजनक रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तियो : राष्ट्रपति
तनहुँ- राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गरेका छन् । भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका नेपालीहरु आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै...
बाँदरका डरले हिउँदे बाली लगाउँदैनन् किसान
पर्वत । पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क दिन प्रतिदिन बढ्दै गएको छ । बाँदर आतङ्कले हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छभने लगाएकाहरुलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्दै आएको छ । जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुली विगतका वर्षमा १८ रोपनी खेतमा गहुँ खेती गर्दै आए पनि अहिले बाँझै राखेको बताउँछन् ।...
छिमेकी घट्दै, गाउँको रौनक हराउँदै
गलेश्वर (म्याग्दी)- झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरूको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियो, पहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला सुन्तला, दिउँसोको पाहारिलो घाममा बसेर खाँदै म्याग्दीको बेनी नगरपालिका-३ का ६९ वर्षीय डेकबहादुर पुनले गाउँको रौनक हराउँदै गएको कुरा सुनाउँदा झट्ट...
म्याग्दीका आयोजनामा भएको ढिलाइप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण
म्याग्दी, २० पुस : म्याग्दीका जनप्रतिनिधिको टोलीले सङ्घीय सरकारमार्फत जिल्लामा सञ्चालित आयोजना निर्माणमा भएको ढिलासुस्तीका विषयमा आज प्रधानमन्त्री र विभागीय मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर म्याग्दीका विकास निर्माण र विविध विषयमा ध्यानाकर्षण गराएको भेटघाटमा सहभागी गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले जानकारी दिए...
सभापति लामिछानेद्वारा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका छन । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान लगायतलाई प्रतिवादी बनाइएको फिरादपत्रमा आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको उल्लेख छ । विवादको आगामी माघ १७ गते सुुनुवाइ ताकिएको काठमाडौँ जिल्ला...