देश

डा. केसी फेरि आमरण अनशनमा
काठमाण्डौं, २४ पुस। प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. गोविन्द केसी फेरि आमरण अनशन बसेका छन्। चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी १४ औ पटक अनशन बसेका हुन्। न्यायलयलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै उनले भने – ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट...
काँग्रेसलाई ‘क्याडरबेस’ बनाऔं
पोखरा, २३ पुस । प्राध्यापकहरुले नेपाली काँग्रेसलाई मासबेसबाट ‘क्याडरबेस’ बनाउन सुझाव दिएका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल पृथ्वीनारायण क्याम्पसले गरेको काँग्रेसको नीति, संरचना एवं रणनीति विषयक कार्यशालामा सहभागि प्राध्यापकहरुले त्यस्तो सुझाव दिएका हुन्। कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरु गरी तीन सय बढि सहभागि थिए। पार्टीले आफ्ना धारणा स्पष्ट राख्न नसक्नु, गरेका राम्रा कामका...
यस्तो भयो सर्वदलीय बैठकमा
पोखरा, २० पुस। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ। सर्वदलीय बैठकमा वाम गठबन्धन आवद्ध दलका नेताले सत्ता हस्तान्तरणलाई पहिलो सर्त बनाएका थिए। प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्नका लागिभन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका थिए। बैठकमा प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा बाम...
जब चिया उम्लियो…हेर्दा हेर्दै..
श्रीभद्र पौडेल हेमजा, १८ पुस । माछापुच्छे गाउँपालिका–६, रिभान, आनन्दठाँटीकी धनलक्ष्मी गुरुङ सोमबार बिहान साढे ६ बजेतिर उठिन् । जाडोको मौसम घरबाट केही पर विद्यालयमा पढाउन जानुपर्ने भएपछि उनले बिहानीको नियमित काम जस्तै, ग्यास चुलोमा पानी उमालिन्, दाल पकाइन् र चिया पनि बसालिन् । त्यस बेलासम्म ७ बजेर २० मिनेट गइसकेको थियो । १–२ मिनेटमै...
सिलवालको सांसद् पद के होला ? सबैको चासो
पोखरा, १९ पुस । नेपाल प्रहरीका पूर्वडीआईजी तथा एमालेबाट निर्वाचित सांसद् नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएपछि उनीसँग जोडेर विभिन्न खाले टिकाटिप्पणी र उनीमाथि के होला भन्ने बहस शुरु हुन थालेको छ। उनलाई पक्राउ गर्न प्रहरीले पूर्जी जारी गरिएपछि यतिबेला यो विषयले निकै चर्चा पाएको छ। उनीमाथिको कारबाही प्रक्रिया र सांसद् पद रहने या नरहने...
आज रातिदेखि फेरि बन्द हुदै मुग्लिन – नारायणगढ सडक
पोखरा, १८ पुस। दैनिक सैयौ सवारीसाधन अवागमन हुने मुग्लिन – नारायणगढ सडकखण्ड फेरि बन्द हुने भएको छ। सडक निर्माण कार्यलाई तिव्र पार्नका लागि सडक बन्द गर्न लागिएको हो। आज पुस १८ गतेदेखि १५ दिनसम्म राति १० बजेदेखि बिहान चार बजेसम्म सडक बन्द हुनेछ। पुस १२ गते जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित...
बढेको बढै छ मूल्य,अब यति तिर्नु पर्ने भो
पोखरा, १८ पुस । सोमबार रातिदेखि लागु हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । झण्डै एक महिनाका बीचमा सरकारले तेस्रो पटक मूल्य बृद्वि गरेको हो। निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरेको जनाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हो। अब पेट्रोल प्रतिलिटर...
सवैले टोपी लगाऔं, अनि एउटै स्वरले भनौ –‘नेपाली टोपी हाम्रो पहिचान’
पोखरा, १७ पुस। ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय टोपी दिवस देशका विभिन्न स्थानमा मनाइएको छ। नेपालसँगै भारतको दार्जिलिङ ,आसाम ,देहरादून लगायतका शहरमा पनि टोपी दिवस मनाउन थालिएको छ। काठमाडौं लगायत विभिन्न शहरहरुमा टोपी प्रदर्शन गरिएको छ। पोखरामा पनि कपडा व्यवसायी संघले निःशुल्क रुपमा ढाका टोपी वितरण...
बामगठबन्धन फुटाउनुपर्छ – कोइराला
पोखरा, १६ पुस। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस सफल हुनका लागि बामगठवन्धन फुटाउनुपर्ने बताएका छन्। गठबन्धनलाइ फुटाउनु नै काँग्रेसको रणनीति हुनेछ उनले भने – ‘बामगठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाउन साथीहरुले मलाई कुराकानी गर्नुस् भनेका छन्।’ उनले पार्टीका साथीहरुको भावना अनुसार नै आफुले दाहाललाई राजधानीमा भेट्ने जानकारी दिए। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा...
प्रजातन्त्रवादी हुँ, जनताको निर्णय शिरोधार्य छ – प्रधानमन्त्री
पोखरा, १५ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले आफु प्रजातन्त्रवादी भएकाले जनताको निर्णय शिरोधार्य भएको बताएका छन्। म कांग्रेस हुँ, प्रजातन्त्रवादी हुँ, जनताको निर्णयलाई शिरोधार्य गर्छु, त्यो नै मेरा कर्तव्य हो उनले भने – ‘प्रजातन्त्रवादीले जे गर्नुपर्छ मैले जानेको छु, बुझेको छु, कसैले सिकाउनु पर्दैन।’ तमु ल्होसारको अवसरमा शनिबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव गराएकोमा...
अनौठो शिशुको जन्म, शिशुको चार हात, दुई टाउँको
पोखरा, १३ पुस। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले अनौठो शिशु जन्माएकी छन्। इनरुवा नगरपालिका ८ की सोनम मण्डलले अनौठो शिशु जन्माएकी हुन्। शिशुको पेट र छाती टाँसिएको छ। चार हात, दुइ टाउँको, दुइ खुट्टा र एउटै यौनाङ छ।  उनी मंगलबार स्त्री रोग तथा प्रतिष्ठानको प्रसुती विभागमा भर्ना भएकी थिईन। प्रसुती गराउँन असहज...
फेरि बन्द हुदै मुग्लिन – नारायणगढ सडक
पोखरा, १२ पुस। दैनिक सैयौ सवारीसाधन अवागमन हुने मुग्लिन – नारायणगढ सडकखण्ड फेरि बन्द हुने भएको छ। सडक निर्माण कार्यलाई तिव्र पार्नका लागि सडक बन्द गर्न लागिएको हो। पुस १८ गतेदेखि १५ दिनसम्म राती १० बजेदेखि बिहान चार बजेसम्म सडक बन्द हुनेछ। जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित नारायणगढ मुग्लिन सडक आयोजनाका...