देश

पञ्चकोटमा १३५ फिट अग्लो कलश निर्माण हुने
ढोरपाटन । बागलुङ नगरपालिका-६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भयो । तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले शिलान्यास गरेको उक्त क्षेत्रमा अहिले गण्डकी माताको मन्दिर, गरुणशिला, हनुमान मूर्ति, सिसमहल, सभाहल, भोजनालय तथा हवनकुण्डलगायत संरचना बनिसकेका छन् । कलशको काम भने पाँच प्रतिशत मात्रै सकिएको छ । मुक्तिनाथ...
राष्ट्रियसभा चुनावमा एमालेको योजना असफल बनायौं : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा फाटो ल्याउने एमालेको योजना असफल पारेको बताएका छन् । सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएपछि राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले असफल भएको उनको भनाइ छ । आइतबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकमा...
कांग्रेसका केन्द्रीय नेतृत्व जिल्ला-जिल्लामा
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत केन्द्रीय नेतृत्व जिल्ला–जिल्लामा पुगेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय प्रतिनिधि, प्रदेशले तोकेको पदाधिकारी भिन्न–भिन्न समुदायका बिचमा भ्रमण, भेटघाट र छलफल गर्नुहुने कार्यक्रम रहेको छ। उनले जिल्ला कार्य समितिले माघ १६ गतेदेखि माघ २६ गते सुशील कोइराला स्मृति दिवससम्म यस कार्यक्रमको संयोजन गर्ने बताए ।...
दरबार हत्याकाण्डबारे बीरगन्ज पुगेर पूर्वराजा ज्ञानेन्द्रले के भने ? (पूर्णपाठ)
पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयलाई लिएर आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको दाबी गरेका छन् । शनिबार विरगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल बनाइएको दाबी गरे । आत्मीय अग्रजहरूलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर आफूले पुग–नपुग सात वर्ष राष्ट्रप्रमुखको दायित्व निर्वाह गरेको स्मरण...
सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणा गर्दैछः प्रचण्ड
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणाको तयारी गरिरहेको बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी रहेको बताएका हुन् । उनले त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा...
स्वर्णिम बने रास्वपाको कार्यवाहक सभापति
काठमाडौँ — स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । सभापति रवि लामिछाने २ दिनका लागि भारत भ्रमणमा जाने भएपछि वाग्लेलाई उक्त जिम्मेवारी दिइएको हो । सभापति लामिछाने माघ १३ र १४ गते भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा भाग लिन भारत जाँदै छन् । शनिबार सभापति लामिछानेले वाग्लेलाई...
आजदेखि स्वस्थानी व्रत शुरु
आज पौष शुक्ल पूर्णिमाको दिन । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनाको अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको मानिन्छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना...
समुदायमा कांग्रेस अभियान माघ १३ देखि २६ सम्म
नेपाली कांग्रेसले माघ १३ देखि २६ सम्म समुदायमा कांग्रेस अभियान शुरु गर्ने भएको छ । जनताका गुनासा, सुझाव, अपेक्षा सुन्ने उद्देश्य लिएर अभियान शुरु गर्न लागिएको जनाइएको छ । अभियान अन्र्तगत प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी सँगै पार्टीका शिर्ष तहका नेताले संयोजन गर्ने नेपाली कांग्रेसले जानकारी दिएको छ । कांग्रेसका अनुसार केन्द्रीय सदस्य, प्रत्येक प्रदेशका उपसभापति,...
काठमाडौं न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध, भ्यु टावरमा निशुल्क
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको जानकारी दिएका छन । पाण्डेका अनुसार महानगरले काठमाडौं भ्यु टावर (साविकको पुरानो बसपार्क) मा निःशुल्क पार्किङ गर्न पाउने व्यवस्था छ। विकल्पमा काठमाडौं टावर...
सशस्त्र प्रहरीले हटायो दशगजामा बनेका अनधिकृत संरचना
सशस्त्र प्रहरी बलले नेपाल र भारत तर्फको अन्तर्राष्ट्रिय सीमा क्षेत्र दशगजामा बनेका अनधिकृत भौतिक संरचना हटाएको छ । एक वर्षको अवधिमा विभिन्न जिल्लाका ३८ स्थानमा बनाइएका ५ सय भन्दा बढी घर, टहरा सशस्त्र प्रहरीले हटाएको हो । यस्ता अनधिकृत संरचना भारतीय सुरक्षाकर्मी, भारतीय नागरिक र केही ठाउँमा नेपाली पक्षले निर्माण गरेको देखिन्छ । सशस्त्र प्रहरी...
माओवादीले पेरिसडाँडामा किन्यो थप ५ करोड ७७ लाखको जग्गा
नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । माओवादीले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको पार्टीको आन्तरिक लेखा परीक्षण विवरणमा उल्लेख छ । माओवादी केन्द्रीय कार्यालका मुख्यसचिव तथा कोषाध्यक्ष श्रीराम ढकालले सांसद, पार्टी सदस्यको लेबीबाट...
एकीकृत समाजवादीको आम्दानी आठ करोड
नेकपा एकीकृत समाजवादीको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ। लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको छ। पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ। सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड...