देश

आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने ,गर्न हुने र नहुने काम यस्ता छन्
१७ माघ, काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति नेपालका अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने...
सडकमै बटुवाको जुत्ता पालिस गरी राजनीतिक शुद्वीकरण अभियानमा काँग्रेस नेता
पोखरा, १६ माघ। सधैजसो सभा समारोहमा र टेलिभिजनका पर्दामा देखिने काँग्रेसका नेता मङ्गलबार राजधानीको बानेश्वरमा नयाँ रुपमा देखिए। जहाँ उनीहरुले बटुवाको जुत्तामा पालिस गरिरहेका थिए। यो दृश्यले सवैलाई चकित बनायो। राजनीतिमा विकृति र विसंगति बढिरहेकोभन्दै आवाज उठिरहेका बेला ती नेताहरुले जुत्तामा रहेको फोहोरलाई सफा गरे झै राजनीति भित्रका विकृति र विसंगति हटाउन शुद्वीकरणको अभियान शुरु...
राष्ट्रिय सभामा निर्विरोध भए पन्थ, कारण यस्तो छ
पोखरा, १३ माघ। राष्ट्रिय सभा सदस्यमा काँग्रेस उम्मेदवार प्रकाश पन्थ निर्विरोध निर्वाचित भएका छन्। उनीसँगको प्रतिस्पर्धामा रहेका बाम गठबन्धनका रामबहादुर थापाको उम्मेदवारी अयोग्य ठहर भएपछि पन्थ निर्विरोध भएका हुन्। थापा एमालेका नेता हुन्। प्रदेश नम्बर ४ बाट अपाङ तथा अल्पसंख्यक कोटाबाट उम्मेदबारी दिई निर्विरोध भएका पन्थ तनहँुका हुन्। बाम गठबन्धन उम्मेदवार थापाले नयाँ निर्देशिका अनुसार...
फेरि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द
पोखरा, १३ माघ। निर्माणाधिन अवस्थामा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा अबको एक महिना बिहान १० देखि अपरान्ह ४ बजेसम्म सवारी साधन संचालनमा रोक लगाइएको छ। झण्डै एक महिनादेखि रातमा सवारी रोकेर गरिएकोमा काम प्रभावकारी हुन नसकेकोभन्दै सो निर्णय गरिएको हो। रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले आजदेखि यस्तो...
यी हुन् कास्कीमा सहिद घोषणा गरिएकाहरु(फोटो सहित), प्रजातन्त्रका लागि योगदान गरेका उनीहरुलाई छानिछानि मारिएको थियो
पोखरा, १२ माघ। सरकारले द्वन्द्वकालमा तत्कालिन विद्रोही समुहवाट कास्कीमा मारिएका ८ जनालाई सहिद घोषणा गरेको छ । साथै २०१८ सालमा मारिएका हरिप्रसाद गुरुङलाई समेत गरि कास्कीका ९ जनालाई सहिद घोषणा गरेको हो । बिहीबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाको प्रस्तावमा उनीहरुलाई सहिद घोषणा गरिएको हो। कास्की जिल्ला...
द्वन्द्वकालको बाँदरमुढे घटनाका मृतकलाई सहिद घोषणा गर्ने तयारी
पोखरा, ११ माघ। माओवादी द्वन्द्वकालमा भएका दुःखद् घटनामध्य दर्दनाक घटनाको रुपमा लिइन्छ चितवनको बाँदरमुढे घटना। घटना भएको १२ वर्षभन्दा बढी समय भयो तर त्यसले दिएको पीडा ताजै जस्तो लाग्छ। सो घटनामा झण्डै एक सय ५० यात्रु बोकेको यात्रुबाहक बसलाई विद्युतिय धरापमा पारिएको थियो। २०६२ साल जेठ २३ गते यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी माओवादीले...
ढुक्क हुनहोस्, सिमा मिच्न दिन्न – प्रधानमन्त्री
पोखरा, ११ माघ। भारतीय पक्षले नेपालको सिमा मिचेको भन्ने समाचार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई पनि नेपालको सिमाना मिच्न नदिने बताएका छन्। उनले कुनै पनि बहानामा कसैलाई नेपालको एक ईन्च भूभाग पनि मिच्न नदिने स्पष्ट पारे। मिचिएको भनिएको पर्साको विभिन्न क्षेत्रको स्थलगत अध्ययनपछि विद्यार्थीहरुले बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन्। अनेरास्ववियुकी अध्यक्ष नविना...
अब ६५ वर्षमै बृद्व भत्ता, अरु निर्णय यस्ता छन्
पोखरा, १० माघ। सरकारले भूकम्प पीडितलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। सरकारले यसअघि भूकम्प पीडितलाई तीन लाख दिदै आएको अनुदान रकममा एक लाख थप गरी दिने निर्णय गरेको हो। घर निर्माणका लागि अनुदान थप गरेको बताइएको छ।त्यस्तै, बाढी पीडितलाई दिदै...
भाग्यमानी सन्दिप, जसले चालिस रुपैयाको टिकटमा १८ लाखको कार जिते
पोखरा, १० माघ / पर्वतको कुस्मा नगरपालिकाका सन्दीप पौडेल माघ ४ गते उपचारको लागि पोखरा आए । वडा प्रहरी कार्यालय बैदाममा कार्यरत सई नारायणप्रसाद पौडेलका छोरा हुन् उनी । पौडेलले छोरालाई साँढुभाइ पोषण अधिकारीकहाँ पठाए । आल्मुनियम व्यवसायी पोषणले नै छोरा सन्दीपलाई कुष्माबाट पोखरा ल्याएका थिए । पोषणले माघ ४ गते आफैले टिकट काटेर सन्दीपलाई...
हिमपातका कारण मनाङको जनजीवन कष्टकर
मनाङ –  मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ। मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ। हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना...
निर्माण व्यवसायी आक्रामक, मूल्यबृद्वि नियन्त्रण नगरे देश ठप्प पार्ने चेतावनी
सिभा गुरुङ पोखरा, ९ माघ। निर्माण सामाग्रीमा भएको मूल्यबृद्विको बिरोधमा पोखरामा मङ्गलबार विरोध प्रदर्शन गरिएको छ। निर्माण व्यवसायी समिति कास्की नेपालको अगुवाईमा प्रदर्शन गरिएको हो। पोखराको मानवअधिकार चोकबाट शुरु भएको जुलुस न्यूरोड, सभागृहचोकहुदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै निर्माण व्यवसायीहरुले मूल्यबृद्विका कारण उपभोत्ता र निर्माण कार्य प्रभावित हुन पुगेको उल्लेख गरे। उनीहरुले...
१५ हजार कर्मचारी चाहियो, कर्मचारी लिने तयारीमा सरकार , यस्ता कर्मचारी चाहिएको छ
काठमाडौं – सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्न अनुमति दिने तयारी गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले तत्कालका लागि करारमा भर्ना गर्न अनुमति दिन लागेको हो । सरकारले स्थानीय तहलाई अहिले सम्म प्राविधिक र अन्य समूहका आवश्यक कर्मचारी दिन सकेको छैन । कानुनको अभावमा...