देश

पार्टी एकता बारे प्रचण्ड यसो भन्छन्
पोखरा, २६ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि पदमा कुनै समस्या नरहेको दावी गरेका छन्। नेकपा एमाले र एमाओवादीबीचको एकता ढिलाई भई विभिन्न आशंका उब्जेका बेला उनले त्यस्तो बताएका हुन्। एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढिरहेको उनको भनाई छ। केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि...
सहमतिपछि विद्यार्थीको आन्दोलन रोकियो, नेवि संघले शवयात्रा गर्दै
पोखरा, २४ माघ। पोखरामा विद्यार्थीहरुले शुरु गरेको आन्दोलन सहमतिपछि रोकिएको छ। संयुक्त विद्यार्थी संघर्ष समिति, पोखरा नगर बस व्यवसाय समिति र प्रशासनबीच भएको वार्ता सहमतिमा पुगेपछि आन्दोलन रोकिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए। सहमतिपछि बिहानदेखि रोकिएको पोखरा नगर बस सेवा पनि सूचारु भएको छ। वार्तामा दोषी चालकमाथि हदैसम्मको कारवाही गर्ने, परिवारलाई...
आन्दोलन चर्काउँदै विद्यार्थी, पोखरामा बुधबार नगर बस चल्न नदिने
पोखरा, २३ माघ। नगर बसको ठक्करबाट विद्यार्थी बोधराज ढकालको मृत्यू भएको घटनालाई लिएर सात विद्यार्थी संगठनले आन्दोलन चर्काउने भएका छन्। मृतकलाई क्षतिपूर्ति दिने विषयमा बस व्यवसायी गैरजिम्मेबार भएर प्रस्तुत भएकोभन्दै संघर्षको कार्यक्रम सार्वजनीक गरेका छन्। आज साँझ बसेको विद्यार्थी संगठनको बैठकले बुधबार पोखरामा नगर बस संचालन हुन नदिने निर्णय गरेको बैठकमा सहभागि नेवि संघका केन्द्रीय...
नेवि संघद्वारा जिप्रकामा धर्ना,आज दिनभर जसो यस्तो भयो पोखरामा
पोखरा, २३ माघ। नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन्। दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै विद्यार्थीहरुले धर्ना दिएका हुन्। प्रहरीले आफ्ना साथीहरुलाई धरपकड गरेकोभन्दै विद्यार्थीले त्यसको विरोधगर्दै नाराबाजी समेत गरेका छन्। अब जिल्ला प्रहरी कार्यालय कास्की केन्द्रीत भएका छौं विद्यार्थी नेता समित केसीले भने – ‘प्रहरी प्रशासनलाई संयमित हुन आग्रह...
बामगठबन्धनले जथाभावि गरे शशक्त प्रतिवाद – सिंह
पोखरा, २१ माघ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बामगठबन्धनले बहुमतको बलमा जथाभावि गरे पार्टीले शशक्त प्रतिवाद गर्ने बताएका छन् । जनताले अवसर दिएका छन्, सरकार बनाउनुहोस् बामगठबन्धनतर्फ संकेतगर्दै उनले भने – ‘तर जथाभावि भयो भने काँग्रेसले शशक्त कदम चाल्नेछ।’ नेपाली काँग्रेस कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले विगतका उपलव्धीमा जसरी काँग्रेसको योगदान...
२० किलो अवैध सुनसहित प्रहरी पक्राउ
काठमाडौं, २० माघ । नेपाल प्रहरीका एक असई २० किलो अवैध सुनसहित पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत असई कुलबहादुर राईलाई २० किलो अवैध सुनसहित पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित उनकै डेराबाट पक्राउ गरेको महाशाखा प्रमुख दिवेश लोहनीले जानकारी दिए...
रुकुममा सुत्केरी आमा र बच्चाको मृत्यू
रुकुम – रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यू भएको छ। चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यू भएको हो। घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले विहीबार अस्पताल पु¥याएका थिए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यू भएको अस्पतालका डा सुमन राईको भनाइ छ। पाँचौँ पटक...
फेरि बढ्यो मूल्य
पोखरा, १८ माघ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाएको हो । निगमका अनुसार, पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई÷दुई रुपैयाँ बढाइएको छ । निगमले यसअघि पेट्रोल प्रतिलिटर एक सय तीन, डिजेल, मट्टीतेल ८१ रुपैयाँ, हवाई इन्धन ९० रुपैयाँ र खाना पकाउने...
सांसद र व्यापारी धम्क्याउनेलाई यसरी सार्वजनीक ग¥यो प्रहरीले
पोखरा, १८ माघ । पोखराका सांसदर व्यवसायीसँग करोडौ रुपैयाँ मागेर नदिए ज्यान मार्ने धम्की दिने चार जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ । कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को सहयोगमा उनीहरुलाई पोखरा र स्याङजाबाट पक्रेको हो ।गत पुस २५ गतेदेखि व्यवसायी तथा कांग्रेसबाट चार नम्बर प्रदेशसभामा निर्वाचित सांसद बिन्दुकुमार थापा, व्यवसायी कालु गुरुङ, बोधराज...
प्रदेश राजधानीमै यस्तो आतंक, धम्क्याएर करोडौ असुल्न खोज्ने पक्राउ, गिरोहले काँग्रेस सांसद र व्यवसायीलाई धक्याएको थियो
पोखरा, १७ माघ । मनोज पुनको मान्छे हुँ भन्दै पोखरामा सांसद र व्यवसायीलाइ धम्क्याएर करोडौं रकम असुल्न खोज्ने चार जनालाई प्रहरीले पक्रेको छ । मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ (शंकर) सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो । श्रोतका अनुसार संलग्नमध्ये ३ जना स्याङजा टक्सारका र १ जना चाहीँ पर्वतका हुन् । व्यवसायी समेत...
फुलचोकीमा हराएका तामाङको ६ दिनपछि जीवितै उद्वार
काठमाण्डौ, १७ माघ । फुलचोकीमा हिँउ खेली फर्कनेक्रममा वेपत्ता भएका विद्यार्थी जोन तामाङलाई बुधबार जिवितै उद्वार गरिएको छ। विगत ६ दिनदेखि बेपत्ता भएका १७ वर्षिय उनलाई नेपाली सेना र प्रहरीको टोलीले जीवितै उद्वार गरेका हुन्। फुलचोकीको खोंचमा खसेका तामाङ झोक्राइरहेको अवस्थामा भेटिएको उद्वारमा खटिएकाले बताएका छन्। उनी हराएको क्षेत्रलाई केन्द्रविन्दु बनाएर खोजी कार्य अघि बढाइएको...
सकियो स्वस्थानी व्रत
पोखरा, १७ माघ। पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको स्वस्थानी व्रतको आज विधिवत समापन गरिएको छ । व्रत समाप्तीका दिन आज श्रीस्वस्थानीको पूजा गरी एक सय आठ रोटी, पान, कुड्का सुपारी लगायत सामग्री चढाउने तथा रातभर जाग्राम बस्ने प्रचलन छ । व्रत अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा...