देश

‘सुनका गहनामा फलाम मिसाएको छैन’
पोखरा, ११ फागुन। सुनचाँदी व्यवसायी संघ कास्कीले राज्यले सुनचाँदी व्यवसायसम्बन्धी स्पष्ट ऐन÷ कानून तथा निर्देशिका बनाएरमात्र सुनचाँदी पसलमा बजार अनुगमन गर्न सरकारसँग माग गरेको छ। ऐन÷कानूनको अभावमा गरिने अनुगमनले व्यवसायीलाई आतंकित वनाएको संघले जनाएको छ। सुनको शुद्धता मापन गर्ने मेसिन प्रमाणिकरणको अभाव र राज्यको प्राविधिक कमीले गर्दा आफूहरु मारमा पर्ने गरेको गुनासो सुन व्यवसायीले गर्दै...
सिरहामा पटक÷पटक बिस्फोटका घटना, सुरक्षा घेरा नजिक दिउँसै बम बिस्फोटपछि लहानबासि त्रसित
सिरहा, १० फागुन। सिरहास्थित लहानमा आज दिउँसै बम बिस्फोट भएपछि लहानबासि त्रसित भएका छन्। लहान नगरपालिकाको शहीद चोकको ब्यस्त बजारमा रहेको शुभलाभ स्टोर अगाडी बोरामा बेरेर राखेको प्रेसर कुकर बम बिस्फोट भएको हो। बिस्फोटमा परी स्टोरका प्रबन्धक अनिल अग्रवाल घाइते भएका छन्। बमको छर्रा उनको घाँटीको पछाडीपट्टी लागेको छ। बिस्फोटबाट स्टोर्समा समेत क्षति पुगेको छ।...
राष्ट्रपतिलाई संविधान उपहार, काँग्रेस भातृसंस्थाले किन दिए संविधान उपहार ?
पोखरा, ९ फागुन । नेपाली काँग्रेसका भातृसंस्थाले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको संविधान – २०७२ उपहार दिएका छन्। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल लगायतले संविधानको मर्म विपरित काम गरेकोमा व्यङ्यगर्दै राष्ट्रपतिलाई संविधान उपहार दिएका हुन्। राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभा सदस्य मनोनयनमा असंवैधानिक कदम चालेको काँग्रेसको ठहर छ।संविधानको संरक्षक मानिने राष्ट्रपतिलाई संविधान राम्ररी अध्ययन गर्न...
बिस्फोट गराउने विप्लव कार्यकर्ता पक्राउ
पोखरा, ९ फागुन। नेपाल बन्दका क्रममा मंगलबार पोखरामा बम बिष्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएका तीन जना नै नेकपा माओवादी विप्लव समूहका कार्यकर्ता हुन्। पक्राउ गरिएकोमा विप्लव समूहका जनसरकार प्रमुख ५८ वर्षिय जगन भन्ने नन्दप्रसाद तिवारी, अखिल नेपाल क्रान्तिकारी किसान संघका कास्की अध्यक्ष पुष्प कार्की र अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर...
नेवि संघ नेतृ पौडेलको सवारी दुर्घटनामा मृत्युपछि विद्यार्थी आन्दोलित
पोखरा, ९ माघ । नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको सवारी दुर्घटनामा मृत्यु भएपछि दोषीमाथि कारवाही र दुर्घटना बारे छानबिन गर्न मागगर्दै पोखरामा विद्यार्थीहरुले आन्दोलन गरेका छन्। विद्यार्थीहरुले आज बिहान उनी अध्ययनरत पोखरा सिमलचौरस्थित जनप्रिय उच्च मावि अघि प्रदर्शन गरेका छन्। पौडेल कक्षा १२ मा अध्ययनरत छात्रा थिईन्। आज पीडित पक्ष र प्रशासनवीच वार्ता हुने...
यसपटक उम्कन सकेनन् मनोज पुन, यसरी मारिए
पोखरा, ९ फागुन । गुन्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन  र उनका सहयोगी प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएपछि जवाफी कार्वाहीमा चलाएको गोली लागेर पुन र सहयोगीे सोम आलेको मृत्यु भएको हो । उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको...
सरकारको कदमप्रति काँग्रेसको गम्भीर आपत्ति
काठमाडौँ – नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको प्रति गम्भीर आपत्ति जनाएको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम बाहेक आजको मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेकोमा कांग्रेसले विरोध जनाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। सरकारले बिना तर्क राष्ट्रियसभा सदस्यमा नयाँ नाम पठाएकोप्रति कांग्रेसले आपत्ति जनाएको...
पोखरामा बम बिष्फोट, पत्रकार पाण्डे र प्रहरी घाइते
पोखरा, ८ फागुन । पोखरामा केहिबेर अघि बम बिफोष्ट भएको छ। पोखरा लेखनाथ महानगरपालिकाको बिजयपूरमा बम बिष्फोट भएको हो। बिष्फोटमा परी पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन्। घाइतेहरुलाई उपचारार्थ गण्डकी मेडिकल कलेज लगिएको छ। पाण्डेको दाहिनेपट्टि टाउँको र घाँटीमा चोट लागेको छ । बम डिस्पोज गर्न ढिलाई भएका कारण बिष्फोट भएको...
बन्दले रोक्यो प्रधानमन्त्री ओलीलाई
ओम हमाल पोखरा, ८ फागुन । नेपाल बन्दका कारण प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आएनन् । प्रधानमन्त्री ओली लेखनाथमा रहेको पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आज पोखरा आउने कार्यक्रम रहेको थियो । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने कानूनी प्रावधान रहेको छ । पोखरामा नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्द कार्यक्रमको प्रभाव व्यापक रहेको सूचना...
सरकारको दिनगन्ति शुरु भएको चेतावनीदिदै गरिएको नेपाल बन्दमा कहाँ के भैरहेको छ ? विप्लवको आक्रामक विज्ञप्ति सहित यो पढौं
पोखरा, ८ फागुन । सरकारको दिनगन्ति शुरु भएको चेतावनीदिदै विप्लव नेतृत्वको नेकपाले मङ्गलबार नेपाल बन्द आव्हान गरेको छ। पक्राउ गरिएका नेताहरुको रिहाइको मागगर्दै बन्द आव्हान गरेको हो। राष्ट्रिय युवा जनस्वयंमसेवक नेपालको तेस्रो महाधिवेशनको उद्घाटनमा सहभागिहुन जाने क्रममा फागुन ६ गते सो पार्टीका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो। सो पार्टीले पक्राउको विरोध र रिहाईको मागगर्दै आएको...
एमाले – माओवादी एकता अन्तिम चरणमा
पोखरा, ७ फागुन । नेकपा एमाले र एनेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने सहमति जुटेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने...
हात्तीले घर भत्काए
भीमदत्तनगर- कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ। राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति पुर्याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत...