देश

सरकारको निरंकुशता विरुद्व लड्न तयार बनौं – देउवा
पोखरा, ८ वैशाख । नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको निरंकुशता विरुद्ध लड्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । सरकार निरंकुशताको बाटोमा अगाडि बढेकोभन्दै उनले कार्यकर्तालाई त्यस्तो निर्देशन दिएका हुन् । नेपाली काँग्रेस काठमाडौको जिल्ला भेलाको शनिवार उद्घाटनगर्दै नेपाली काँग्रेसलाइ कम नआँक्न चेतावनी समेत दिए । संसदमा काँग्रेस दोस्रो भएपनि जिम्मेवारीको दृष्टिकोणले काँग्रेस...
इतिहासमै पहिलो पटक टेलिकमले उपभोक्तालाई क्षतिपूर्ति तिर्दै, कारण यस्तो छ
पोखरा, ७ वैशाख । सेवा प्रवाहमा ढिलाई गरेका कारण नेपालमै पहिलो पटक सार्वजनिक सेवा प्रदायकले उपभोक्तालाई क्षतिपूर्ति तिर्ने भएको छ । नेपाल टेलिकमका उपभोक्ता अपिल त्रिपाठीले टेलिकमले सेवा प्रवाहमा ढिलाई गरेको र गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै उपभोक्ता संरक्षण ऐन २०५४ को दफा २२ बमोजिम जिल्ला क्षतिपूर्ति समिति कास्कीमा एक लाख क्षतिपूर्ति मागगर्दै उजुरी दिएका...
बढी भाडा लिने १७ ट्याक्सी चालकलाई कार्वाही
पोखरा, ७ वैशाख । कास्की प्रहरीले पोखरामा ट्याक्सीहरुको चेकजाँचको क्रममा मिटरमा तोकिएको भन्दा बढी भाडा लिने १७ ट्याक्सी चालकलाई कार्वाही गरेको छ । बढी भाडा लिई तथा मिटरमा जान नमान्नी यात्रु ठगी गरेको भन्ने गुनासोका आधारमा स्विप अप्रेशनको क्रममा ट्याक्सी मिटरमा नै जान नमान्ने तथा तोकिएको भाडा दर भन्दा बढी भाडालिएको पाईएकोले कार्वाही गरेको प्रहरीले...
वैदेशिक रोजगारीको अनुभव यस्तो छ उनीहरुको
पोखरा, ६ वैशाख । वैदेशिक रोजगारीपछि फर्केका युवाहरुले पोखरामा बुधबार बैदेशिक रोजगारीका क्रममा भोगेका अनुभव सुनाएका छन् । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ कास्कीले पोखरामा बुधबार आयोजना गरेको कार्यक्रममा उनीहरुले अनुभव सुनाएका हुन्। कार्यक्रममा मलेसियाबाट फर्केका गंगाबहादुर गुरुङले मेनपावर र एजेण्टले नै फसाउदाँ वैदेशिक रोजगारीले रुनु र हाँस्नु पार्ने गरेको बताए । चार महिनामै...
मणिश्रीले भने – ‘गभर्नरमा विजयी गराएर सुधारको जिम्मेवारी पाउनेमा ढुक्क छु’
पोखरा, ५ वैशाख । डिष्ट्रिक्ट ३२५ बी १ नेपालको छैठौं महाधिवेशनमा गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यले लायन्सभित्रका बिकृति, बिसंगति अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले लायन्सका गतिविधिलाई समाजले वाहवाह गर्ने खालको बनाउन जरुरी भएको बताए । लायनले कार्यक्रम गरी फोटो खिच्ने, फेसबुकमा राख्ने र साथीलाई कमेन्ट गर्न लगाउन भन्ने आरोप छ उनले...
आज अक्षय तृतीया, खानुभयो त जौको सातु ?
पोखरा, ५ बैशाख । वैशाख शुक्ल तृतीयाका दिन आज अक्षय तृतीया पर्व मनाइँदैछ। जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली आज सर्वत बनाएर खाने चलन छ। आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ। वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व...
अहिलेसम्म यो कुरा कहिकतै बोलेको थिइन, आज भन्छुभन्दै बरिष्ठ नेता पौडेलले यसो भने
पोखरा, ४ बैशाख । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी र पार्टीले सरकारको नेतृत्व गर्दा राम्रो काम गर्न नसकेका कारण पार्टी ओरालो लागेको बताएका छन् । राम्रो काम गरेर जनतालाई जवाफ दिन नसकेका कारण नै पार्टीले हार व्यहोरेको उनको भनाइ थियो । नेपाली काँग्रेस कास्कीले पोखरामा मङ्गलबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले कम्युनिष्ट...
बामगठबन्धनका कारण हैन, अन्र्तघातका कारण पराजय – पौडेल
पोखरा, ३ बैशाख । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बामगठबन्धनका कारण नभई अन्र्तघातका कारण पार्टीले पराजय भोगेको बताएका छन् । अरु मिलेर हामी हारेका हौ भन्ने कुरामा आफ्नो बिमती रहेको बताउँदै अन्र्तघात र जनताको मन जित्न नसक्नु पराजयको मुख्य कारण भएको बताए । पार्टीभित्र अनुशासन जरुरी भएकोभन्दै उनले अन्र्तघात गर्नेलाई क्षमा दिन नहुने बताए...
राज्यविहीनताको अवस्थामा पु¥याएर प्रधानमन्त्री टुरिष्ट बन्दैछन् – निधि
पोखरा, २ बैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओली टुरिष्ट जस्तै घुम्दै हिडेको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अधिकार नदिई सवै अधिकार संघिय सरकारमा राखेर प्रदेश सरकारलाई कमजोर बनाएको आरोप समेत लगाए । नेपाली काँग्रेस कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले प्रधानमन्त्रीले देशलाई राज्यविहीनताको...
व्यक्ति हावि हुदाँ पार्टी कमजोर ः परियार
पोखरा, ३० चैत । नेपाली काँंग्रेसका केन्द्रीय सदस्य जीवन परियारले भातृ संस्था तथा शुभेच्छुक संस्थामा नीति र योजना आवश्यक भएको बताएका छन् । नेपाल ट्रेड युनियन काँंग्रेस प्रदेश नं ४ को प्रथम अधिवेशनको पोखरामा शुक्रबार उद्घाटन गर्दै नेपाली काँग्रेसमा व्यक्ति हावी हुँदा संगठन कमजोर भएको बताए । प्रदेश संयोजक मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेता...
काँग्रेसले अर्थतन्त्रलाई बिगारेको होइन ः नेता सिंह
काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको बताएका छन् नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । अव पार्टीलाई सुधार्दै अघि बढ्नुपर्छ उनले भने –...
घुस सहित शिक्षाका २ कर्मचारी पक्राउ
पोखरा, चैत २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका २ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । बिद्यालय भवन निर्माण गर्दा गलत बिल फस्यौट गरिदिने भन्दै उनीहरुले १ लाख घुस लिएका थिए । पक्राउ पर्नेमा ईञ्जिनियर प्रदीपकुमार बानियाँ र सब ईञ्जिनियर छबिन्द्रबिक्रम खाँड छन् । उनीहरु अख्तियारको नियन्त्रणमा छन् । आबश्यक...