देश

इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना
विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै यस्तो फैसला सुनाएको हो । अदालतले सजाय निर्धारण गर्दा पूर्वसांसद तामाङलाई तीन वर्ष कैद, बिगोवमोजिम एक...
सङ्घीय सरकारबाट नबाहिरिने जनमत पार्टीको निर्णय
जनमत पार्टीले तत्काल सङ्घीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ । समसामयिक राजनीतिबारे छलफल गर्न बसेको जनमत पार्टीको सचिवालय बैठकले सङ्घीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ । मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत सङ्घीय सरकारबाट बाहिरिने हल्ला चलिरहेको बेला जनमत पार्टीको यस्तो निर्णय आएको हो । बैठकले जनताको कामलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको...
अदालतबाट चार करोड जरिवाना, नौ वर्षपछि पक्राउ
नेपाल प्रहरीले अदालतबाट तीन वर्ष कैद र चार करोड जरिवाना ठहर गरेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बैङ्किङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनबाट तीन वर्ष कैद र चार करोड जरिवाना ठहर भएकी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीय मन्दिरा केसी कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी...
रास्वपाको दबाब अभियान मेलम्चीबाट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिन्धुपाल्चोकबाट देशभरका २१ आयोजनामा रास्वपाको दबाब अभियान शुरु गरेका छन । अभियानको पहिलो दिन मेलम्ची खानेपानी आयोजना प्रभावित स्थानीय बासिन्दाको माग सम्बोधन गर्दै स्थायी रुपमा खानेपानी काठमाडौँ लैजान दबाबमूलक पदयात्राका लागि पार्टीको सम्पूर्ण टिमसहित लामिछानेले मेलम्चीबाट अभियान सुरुवात गरेका हुन । पार्टीले सांसद सोभिता गौतमको संयोजकत्वमा मेलम्ची बजारदेखि खानेपानी...
आजदेखि रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ । अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । ‘राष्ट्रव्यापी दबाब अभियान’ को सुरुआत मेलम्ची खानेपानी आयोजना स्थलबाट सुरु गर्न लागिएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले जानकारी दिइन ।...
नारायणी किनारमा चियाको प्रदर्शनी गरिने
चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ नाराका साथ नेपालमा...
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिएका हुन । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकामा खुसी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि...
माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
माल्टा पठाइदिन्छु भन्दै छ लाख १८ हजार ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ का प्रकाश गुरुङलाई पक्राउ गरिएको छ । गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख २० हजार तलबमा काम लगाइदिने भन्दै पटकपटक गरी उक्त रकम ठगी गरेकाले निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको...
एनसेल बिक्री अस्वाभाविक, १ खर्बभन्दा बढी रकम विदेशियो
काठमाडौँ : एनसेलले १ खर्ब भन्दा बढी रकम विदेशमा लगेको खुलासा भएको छ। एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा १ खर्बभन्दा बढी रकम विदेश लगेको खुलेको हो। डेढ महिनाभन्दा बढी समय अनुसन्धान गरेर समितिले आज (सोमवार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको हो। सरकारलाई जानकारी नदिएर...
बागलुङ पञ्चकोट- म्याग्दी ज्यामरुककोट झोलुङ्गे पुलले जोडियो
गलेश्वर । वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट । बीचमा पर्छ ठूलो (ढोडेनी) खोला । खोलाको वल्लोपट्टी बेनी नगरपालिका-२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका-५ मा पर्ने चनौटे गाउँ । चनौटेबाट तेरपायँ बाटो उक्लेपछि पुग्न सकिन्छ बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट । म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो (ढोडेनी) खोलामा...
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका हुन् । प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ । प्रचण्ड...
कालो देखिन थाल्यो धवलागिरी हिमाल
म्याग्दी । बिहानीको झुल्के घाममा चाँदीझैं टल्कने भएकाले यो हिमाललाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरि’ भनिएको हो, तर कालो हुँदैछ जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौँ अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि...