मल्टीमिडिया

अधिकारीको धम्पुस गाउँ सालैजो गीत बजारमा
पोखरा, २५ वैशाख । लोक गायक श्याम अधिकारीले पर्यटकीय गाउँ धम्पुसको विषयसँग सम्वन्धित धम्पुस गाउँ सालैजो गीत बजारमा ल्याउनुभएको छ । गीतमा वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरुङले स्वरमा साथ दिनुभएको छ । अधिकारीले यस अघि पनि थुप्रै लोकदोहारी गित ल्याइसक्नु भएको छ । उहाँले यस अघि मेरै धम्पुस गाउँ गीत ल्याउनुभएको थियो । अहिले ल्याएको...
उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ गीत सार्वजनिक
पोखरा, १८ वैशाख । गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ युट्युवमार्फत् सार्वजनिक भएको छ । केही फरक प्रस्तुती र श्रोताको मनमा छुने गीत ल्याइएको गायिका सरस्वतीको भनाइ छ । यो गीत श्रोताले रुचाएमा छिट्टै समयसापेक्ष गीत लिएर आउने बताउनुभयो । उहाँ पोखरामा नर्सिङ पेशामा आवद्ध हुनुहुन्छ । त्यस्तै अर्का गायक उज्ज्वल भने...
डा. थापाले ल्याए ‘अब त जनतासँग नहोस् हजुर झेल’ गित
पोखरा २० वैशाख । पोखरा महानगरपालिका २५ हेमजा निवासी डा. अनिल थापाले अब त जनतासँग नहोस् हजुर झेल भन्ने बोलको गित ल्याएका छन् । शिर्ष नेतृत्वले पटक÷पटक जनतालाई आश्वासन मात्र दिने गरेको तर्फ व्यङग्य गर्दै उनले सो गित ल्याएका छन् । उनको सो गित  युट्ुवमा हेर्न सकिन्छ । गित मार्फत मुख्य गरी नेपालमा रेल संचालन...
पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा
पोखरा, २६ असार । पोखरामा हुन लागेको पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा भएको छ । असार २८, २९ र ३० गते हुने कार्यक्रम पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रभित्रको डोममा हुनेछ । ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा कार्यक्रम हुन लागेको हो । २८ गतेदेखि फेशन विक शुरु हुने...
पाँच लाखको दुलही ड्रेस पोखरा फेशन विकमा
पोखरा, १९ असार । पोखरामा हुन लागेको फेशन विकको दोस्रो संस्करणमा पाँच लाख पर्ने दुलही ड्रेस प्रदर्शन गरिने भएको छ । सो ड्रेस फेशन विकको आकर्षण बन्ने आयोजकको भनाई छ । ‘ब्राइडल वेयर’ थिममा सय मिटर लामो उक्त डे«ेस एक महिना समय लगाएर बनाइएको छ । फेशन स्कुलकी डिजाइनरले सो ड्रेस बनाएकी हुन् । ट्रेनर...
फेशन अवार्ड नेपाल र पोखरा फेशन विक हुने
पोखरा, २९ जेठ । पोखरामा फेशन अवार्ड नेपाल हुने भएको छ । विश्वका विकसित देशहरुमा हुने यस्तो फेशन अवार्ड नेपालमा भने पहिलो पटक हुन लागेको हो । ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा कार्यक्रम हुनेछ । असार २८, २९ र ३० गते हुने कार्यक्रमको तयारी शुरु भएको छ । कार्यक्रम पोखरा...
पोखरामा मिष्टर एण्ड मिस एसइई नेपाल – २०१८ सिजन फोर
पोखरा, २१ जेठ । गस्पेल मल्टिमिडिया प्रा.लिले पोखरामा मिष्टर एण्ड मिस एसइई नेपाल – २०१८ सिजन फोर गरेको छ । सो सौन्दर्य प्रतियोगितामा मिष्टरतर्फको उपाधी सनफ्लावर बोर्डीङ स्कुलका सचिन अधिकारी र मिसतर्फको उपाधी कास्की मोडनाइज्डकी बिन्ति गुरुङले जितेकी छन् । उपाधी बिजेताहरुले ताज, ट्रफि सहित नगद २५ हजार रुपैया पाएका छन्। मिष्टरतर्फ फष्ट रनर अप...
नेपाली सेना सम्बन्धि ‘फिल्म’ बनाउँदै आदित्य बुढाथोकी
पोखरा, २४ बैशाख । अभिनेता आदित्य बुढाथोकीले आफ्नै निर्देशनमा नयाँ फिल्म निर्माण गर्ने भएका छन् । ‘नेपथ्य’पछि फिल्ममा नदेखिएका आदित्यले यो बीचमा आफुलाई निर्देशकको रुपमा स्थापित गर्न तयारी गरिरहेका थिए । यो बीचमा उनले थुप्रै म्यूजिक भिडियोहरु निर्देशन गरिसकेका छन् । ‘अब फिल्मको निर्देशन गर्न सक्छु भन्नेमा ढुक्क छु । र, अहिलेसम्मको मेरो अनुभवले पनि...
नेपाल आइडलको पोखरा अडिसनको तयारी पुरा
पोखरा, १३ वैशाख । अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको टेलिभिजन एपीवानले सञ्चालन गरेको नेपाल आइडलको सिजन टु को पोखरा अडिसनको तयारी पुरा भएको छ । पोखराको सिमलचौरमा रहेको जनप्रिय मावि परिसरमा पहिलो चरणको छनौट वैशाख १४ गते शुक्रबार हुने छ । नेपाल आइडलको अडिसन भैरहवा, धनगढी, बीरगंज हेटौडा र धरानमा सम्पन्न भइसकेको बिहीबार पोखरामा आयोजन...
आईएफसि फेशन डिजाईनर प्रतियोगिताको फाईनल शुक्रबार
पोखरा १३ बैशाख । ईन्टरनेशनल फेशन डिजाईनिङ कलेजको आयोजनामा हुने फेशन डिजाईनर प्रतियोगिताको फाईनल पोखराको होटल ग्राण्डमा बैशाख १४ गते हुने भएको छ । क्राईलोन प्रोफेशनल मेकअपको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा बुटलल, चितवन, काठमाडौं, पोखरा लगायत अन्य ठाउँहरुबाट ९० भन्दा बढि प्रतियोगिहरुको सहभागिता रहेको प्रतियोगिताका संयोजक नवीन पाख्रिनले बताए । उनका अनुसार सहभागिहरुले बनाएका कन्ट्री...
वाइवाइ मिसेस कल्चर बनिन् ज्ञानु तामाङ
पोखरा, ७ फागुन । दोस्रो वाईवाई मिसेस कल्चर नेपाल–२०७४ को उपाधी लामाचौर पोखराकी ज्ञान तामाङले हात पारेकी छन् । उनले मस्ट कन्फिडेन्ट र मस्ट पपुलरको टाइटल समेत हात पारेकी हुन् । विजेता ज्ञानु तामाङले चाँदीको क्राउन सँगै भिजि अटो मोवाइल्सको स्कुटर समेत प्राप्त गरिन् । पुष्पाञ्जली फेसन एण्ड एभेण्ट प्रालिद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ...
रञ्जितको सम्मानमा घन्किनेछ पोखरामा उनकै गीत
पोखरा, २९ माघ । बरिष्ठ संगीतकर्मी तथा गीतकार रञ्जित गजमेरको सम्मान तथा अभिनन्दनमा पोखरामा विशेष कार्यक्रम हुने भएको छ । नेपाली चलचित्र गीतका लिजेन्ट गजमेरको सम्मान तथा अभिन्दनसँगै विशेष फागुन १९ गते पोखरामा उनकै गीत घन्किने भएको हो । पोखराको लोप्रिय कन्दरा ब्यान्ड र पोखरा महानगरपालिकाले संयुक्त रुपमा विशेष कार्यक्रम गर्न लागेको सोमबार पत्रकार सम्मेलन...