मूख्य समाचार

नेकपा (एमाले) मा संसदीय दलका नेताले सांसदलाई बढीमा छ महीनासम्म निलम्बन गर्ने व्यवस्था
काठमाडौँ, ७ चैत (रासस) । नेकपा (एमाले)को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको जानकारी दिए ।  उनले संसदीय दलको संशोधित नयाँ...
ट्रेड युनियन काँग्रेस कास्कीमा संस्थापक अध्यक्ष कोइरालाको सम्झना
पोखरा, ७ चैत । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले ट्रेड युनियनका संस्थापक एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको स्मरण गरेको छ । स्व कोइरालाको ११ औ स्मृति दिवसको अवसरमा ट्रेड युनियनको विकास र विस्तारसँगै नेपाली राजनीतिमा पु¥याएको योगदान स्मरण गरिएको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले अनौपचारिक क्षेत्रमा रहेको श्रमिकको...
खोप खरिद गर्न आठ अर्ब सहयोग प्राप्त हुँदै
काठमाडौँ, ७ चैत (रासस) । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने...
नेल्टा गण्डकी अध्यक्षमा पौडेल
पोखरा, ७ चैत । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकीको पोखरामा सम्पन्न दोस्रो भेला तथा अधिवेशनले आगामी चार वर्षका लागि सहदेव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको खुल्ला उपाध्यक्ष बलराम अधिकारी, महिला उपाध्यक्ष गोमा कुमारी श्रेष्ठ, सचिव पुरुषोत्तम कोइराला, सहसचिव मनोज पन्त, कोषाध्यक्ष शुशील बास्तोला छन् । समितिको सदस्यमा इन्द्रहरी खनाल,...
स्ववियु निर्वाचन माग राख्दै ४५ दिनदेखि अनशन
काठमाडौँ, ६ चैत (रासस) । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्दै ४५ दिनदेखि रिले अनशन बसेको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिको आयोजनामा विभिन्न माग राखेर किर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि रिले अनशन बसेको हो । नेविसङ्घले स्ववियु निर्वाचनसँगै कोभिड–१९ का कारणले लामो समयपछि भएको परीक्षा र त्रिवि...
नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस छैनन् – थापा (भिडियो सहित)
पोखरा, ६ चैत । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस नभएको टिप्पणी गरेका छन् । हिजो ओली र प्रचण्डले छातीमा मुड्की बजार्दै अब ५० वर्ष चलाइन्छ भने पनि अब कम्युनिष्ट पार्टी मर्दा कोही नबोल्ने र मलामी जाने मानिस समेत नभएको उनको भनाइ छ । उनले उपनिर्वाचनमा नेकपाबाट...
पढाइसँगै च्याउखेतीमा विद्यार्थी
बझाङ, ६ चैत (रासस) । बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती शुरु गरेका हुन् । विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक ज्ञान दिन च्याउखेती शुरु गरेको प्रशिक्षक नरेश विष्टले बताए  । स्रोत साधनको अभावका बाबजुद पनि आफूहरु विद्यार्थीलाई सीप सिकाउन...
धारापानी सामुदायिक वनको आम्दानी कुवा,पोखरी संरक्षणमा लगानी
पोखरा, ५ चैत । पोखरा महानगरपालिका वडा नं. ११ काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्र भित्रका पानीका श्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ । घरघरमा पानीका धारा पुगेसँगै संकटमा परेका परम्परागत रुपका खानेपानीका श्रोतबाट वन क्षेत्रको हरियाली प्रवद्र्धन गर्नुका साथै जंङ्गली जनावरलाई समेत खानेपानीको सुविधा पु¥याउने लक्ष्यका साथ पँधेरा संरक्षण...
गिरिजाप्रसाद कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीद्वारा नेपाली विभागलाई पुस्तक सहयोग
पोखरा, ५ चैत । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औ स्मृति दिवसको अवसरमा बिहीबार पोखराको पृथ्वीनारायण क्याम्पसस्थित नेपाली विभागलाई पुस्तक सहयोग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीले विभागका लागि आवश्यक नेपाली साहित्यसँग सम्वन्धित पुस्तक सहयोग गरेको हो । फाउण्डेशन गण्डकी प्रदेश अध्यक्ष शारदा पौडेल, कास्की जिज्ला अध्यक्ष यादवराज अधिकारी, क्षेत्रीय संयोजक...
तीन दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर, आगो निभाउन ६० बढी सुरक्षाकर्मी परिचालन
ओखलढुङ्गा, ५ चैत (रासस) । मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको...
नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास ,७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद
उदयपुर, ५ चैत (रासस) । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । यस्तै कसुरदार...
लागूऔषधसहित पक्राउ
पोखरा, ५ चैत । प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पोखरा १३ संगमटोलबाट २१ वर्षीय टिङ्कु भन्ने सागर परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनकै घरको कोठाबाट लागूऔषध नाईट्रोभ्याट – ३८९ ट्यावलेट र मोबाईल थान–१ सहित प्रहरीले पक्राउ गरेको हो । परियारमाथि लागूऔषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको अघि बढाइएको प्रहरीले जनाएको छ...