मूख्य समाचार

कोरोना भाइरसका कारण मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ । काठमाडौँमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श...
मकवानपुरमा सभा, सम्मेलन, जुलुुस, ¥याली गर्न रोक
वाग्मती १०, चैत (रासस)। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला ,जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ । साथै प्रशासनले भौतिक...
राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता
–विशेष प्रतिनिधि प्रकाश सिलवाल ढाका, ९ चैत (रासस) ः बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई...
सिलिण्डर पड्केर छ घाइते
भक्तपुर, ९ चैत (रासस) । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो । आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने...
नालीमा बम फेला पर्यो
टीकापुर, ९ चैत (रासस)।  कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।...
पोखरामा हुने लायन्स क्लब्सको नवौं कन्भेन्सनमा चार हजार लायन सहभागी हुने
पोखरा, ९ चैत । लायन्स क्लब्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ । क्लवले आइतबार गरेको पत्रकार सम्मेलनमा क्लवका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले पोखरामा चैत १४ गते कन्भेन्सन हुने जानकारी दिए । कन्भेन्सन पोखराको प्रदर्शनी केन्द्रमा हुने छ । कन्भेन्सनमा ४ हजार लायनहरु सहभागी हुने छन् । कन्भेन्सनले नयाँ...
नक्कली सहायक सेनानी पक्राउ
पोखरा, ८ चैत । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला मुस्ताङ थासाङ गाँउपालिका वडा नं ४ बस्ने १८ वर्षीय विपिन लगुन वि.क छन् । पोखरा महानगरपालिका वडा नं. १४ स्थित निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरेपछि त्यहाँ खटिएको नेपाली सेनाको टोलीले...
फेरि बढ्यो कोरोनाको त्रास
पोखरा, ८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोनाको त्रास बढ्दै गएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । केही साता यता विश्वभरी र खासगरी छिमेकी देशहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएका कारण नेपालमा पनि त्रास बढेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी देशभर सभा, जुलुस,...
जिप दुर्घटना
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको बोलेरो जीप चुत्राबेसीको जनज्योति मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
मस्र्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते
लमजुङ, ८ चैत (रासस)। लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार ट्रक टुर्घटना हुँदा...
घरमा जङ्गली हात्तीको आक्रमण, महिलाको मृत्यु
चितवन, ८ चैत (रासस) । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको...
झापामा गिरिजाप्रसादको पहिलो शालिक
झापा, ७ चैत (रासस) । गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शालिक आज अनावरण गरिएको छ । झापामा स्थापना गरिएको यो उनको पहिलो शालिक हो । कोइरालको ११औँ स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस क्षेत्रीय समितिले मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित कार्यालयमा निर्माण गरेको शालिकको अनावरण गरिएको हो । नेपाली कांग्रेसका प्रवक्ता...