मूख्य समाचार

देश वर्वादतिर गयो ः कोइराला (कार्यक्रमको भिडियोसहित)
पोखरा, २८ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देश वर्वादीतर्फ अघि बढेको बताएका छन् । नेता कोइरालाले संस्कार र नैतिकतामा ध्यान दिन नसक्दा आम नागरिकमाथि राजनीति अन्याय भएको बताए । गिरिजा प्रसाद कोइराला फाउन्डेसन कास्कीले शान्ति नायक स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा पोखरामा आयोजना गरेको फोटो प्रदर्शनी एवं विचार...
महासङ्घमा पोख्रेलको प्यानल विजयी
काठमाडौँ, २८ चैत (रासस) । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् । निर्वाचन समितिका सदस्य सचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ हजार ९४२ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गरिन्...
किङ कोब्रा भेटियो
बलेवा, २८ चैत (रासस) ।  बागलुङ नगरपालिका–७ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदीप गौतमका घरमा उक्त सर्प भेटिएको हो । सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ । कतिलाका अनुसार किङ...
कब्जा गरिएका जग्गा फिर्ता लिइने
काठमाडौँ, २७ चैत (रासस) । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराइने बताएका छन् । काठमाडौँ महानगरपालिका–५ अन्तर्गतको सरकारी जग्गामा सरकारी बोर्ड राख्ने कार्यक्रममा आज उनले सरकार सुशासन कायम गराउन प्रतिबद्ध रहेको बताए । काठमाडौँ पहेँलो पुलस्थित सरकारी जग्गालाई भूमाफियाले प्रयोग गरेपछि आज उपप्रधानमन्त्री पोखरेल र भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारणमन्त्री...
आगलागीका घटनामा वृद्धि
कञ्चनपुर, २७ चैत (रासस) । कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हँुदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण बासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ...
कर्णाली कोरिडोरको निर्माण तीव्र
हुम्ला, २४ चैत (रासस) ।राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए...
प्रहरी र तस्कर समूहबीच गोली हानाहान
सुदूरपश्चिम, २४ चैत (रासस) । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो...
आगलागी हुँदा पन्ध्र लाखको क्षति
उदयपुर, २३ चैत (रासस) । ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ दुवै जलेर नष्ट भएको छ । घरगोठ दुवै नष्ट हुँदा घरमा रहेका लत्ताकपडा अन्नपात,...
गुराँस टिप्नेलाई पाँच हजार जरिवाना
म्याग्दी, २३ चैत (रासस) ।अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रु पाँच हजार जरिवाना तिराउने निर्णय भएको...
रेडियो अन्नपूर्णको रक्तदानमा २४३ युनिट रगत संकलन
पोखरा, २२ चैत । रेडियो अन्नपूर्णको १९ औं वृहत रक्तदान कार्यक्रममा २४३ युनिट रगत संकलन भएको छ । कार्यक्रममा १ सय ९९ जना पुरुष र ४४ जना महिलाले रक्तदान गरे । नेत्रहीन संघ कास्कीका १५ जना दृष्टिविहिनले समेत रक्तदान गरेका छन् ।  कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले रेडियोले...
जन्मदिनका अवसरमा मृगौला पीडितलाई सहयोग
पोखरा, २१ चैत । नेपाल विद्यार्थी संघ तनहुँका सभापति एवम् नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि चुडामणि खनालले आफ्नो जन्मदिनको अवसरमा मृगौला पीडितलाई सहयोग गरेका छन् । खनालले भिमाद नगरपालिका वडा नं २ रघु निवासी मृगौला पीडित जयराम थापालाई २० हजार रुपैयाँ सहयोग गरेका हुन् । एक कार्यक्रमकाबीच सहयोग सङ्कलन समितिका संयोजक बिरामीका नातेदार मोहनसिंह थापालाई रकम...
हात्तीको आक्रमणबाट मृत्युु
टीकापुर, २१ चैत (रासस) ।  कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु...