मूख्य समाचार

गण्डकी प्रदेशमा राजनीतिक तरङ्ग, मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
पोखरा, २ वैशाख । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का सदस्यहरुको संयुक्त हस्ताक्षर सहितको अविश्वास प्रस्ताव प्रदेशसभामा सचिव हरिराज पोखरेल समक्ष आज बुझाउनु भएको हो । जसमा नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजावादी...
खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु
लमजुङ, २ वैशाख (रासस) । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका...
‘राष्ट्रिय मेयर सम्मेलन’बाट पोखरा घोषणापत्र जारी
कास्की, २ वैशाख (रासस) । पोखरामा स्थानीय तहका प्रमुखहरुको ‘प्रथम राष्ट्रिय मेयर’ सम्मेलन सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा चैत ३१ र वैशाख १ गते सञ्चालन भएको सम्मेलनले १६ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछिको अवधिका सिकाइहरु, समस्याहरु र आगामी योजनाहरुको बारेमा छलफल गरी आगामी दिनमा...
गण्डकीमा राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लियो
पोखरा, १ वैशाख । गण्डकी प्रदेश सरकारको निर्णायक शक्ति मानिएको राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति प्रकाशित गरी गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरेका छन् । गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरेकाले समर्थन फिर्ता लिएको स्पष्ट पारिएको छ । गण्डकी प्रदेश सरकार...
वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने
काठमाडौँ, १ वैशाख (रासस) । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिनुभयो । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । पुनःनिर्माणका...
आदरार्थी शब्द प्रयोग हुने
पोखरा, १ वैशाख । नयाँ वर्ष–२०७८ को अवसरसँगै सांदीपन मिडिया प्रालिद्वारा सञ्चालित राष्ट्र न्यूज डट कमले आदरार्थी शब्द प्रयोग गर्ने भएको छ । स्थापनाकालदेखि मध्यआदरार्थी शब्दको प्रयोग गर्दै आएकोमा पाठक तथा शुभेच्छुकको सुझावको आधारमा आदरार्थी शब्द प्रयोग गर्न लागिएको सम्पादक प्रकाशचन्द्र सापकोटाले जानकारी दिनुभयो । नयाँ वर्षको अवसरमा सांदीपन मिडिया प्रालिका सञ्चालक सपना पोख्रेलले सम्पूर्ण...
थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने
काठमाडौँ, ३१ चैत (रासस) ।सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । काठमाडौँ उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती...
पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी
पोखरा, ३० चैत । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी पोखरामा जारी छ । गोष्ठीको गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरे । गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चार वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा छ । उनीहरुले सम्वन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै आफ्नो जिल्लामा शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् । गृहमन्त्री रामबहादुर थापा...
मनकामना केबुलकार नियमित सञ्चालन
मुग्लिन, ३० चैत (रासस) । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले...
आगलागी हुँदा छ घर जलेर नष्ट
मान्म, २९ चैत (रासस) । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् । आगलागी हुँदा दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत छ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको...
कोरोना भाइरस ः सुदूरपश्चिम प्रदेश उच्च जोखिममा
सुदूरपश्चिम, २९ चैत (रासस) । मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो । पछिल्ला दिनमा प्रदेशमा यो रोगको सङ्क्रमण दर बढ्दै गएको छ ।...
विद्युत्को प्रतीक्षामा कालीकोटवासी
सिमकोट, २९ चैत (रासस) । कालीकोटवासी झण्डै एक वर्षदेखि विद्युत्को प्रतीक्षामा छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको सान्तीघाट साना जलविद्युत् आयोजना अवरोध भएको १० महिना बितिसक्दा समेत मर्मत नहुँदा कालीकोटवासी एक वर्षदेखि विद्युत्को प्रतीक्षामा रहेका हुन् । सान्तीघाट जलविद्युत् आयोजना हालसम्म नबन्दा जिल्ला सदरमुकाममा हाल जेनेरेटरको माध्यमबाट दैनिक दुई घण्टा बत्ती दिने गरिएको छ...