मूख्य समाचार

गण्डकी प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र
पोखरा, ७ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगले गण्डकी प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र वितरण गरेको छ । आयोगद्वारा पोखरामा आज आयोजित छलफलमा आयोगका अध्यक्ष गणेशदत्त भट्टले प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र वितरण गरेको जानकारी दिनुभयो । आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने तयारी समेत गरेको...
थप एक हजार २८१ जनामा कोरोना पुष्टि
काठमाडौँ, ६ वैशाख (रासस) । थप एक हजार २८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । थप सात हजार एक जनाको पिसिआर परीक्षण गर्ने क्रममा एक हजार २८१ जनामा तथा ५४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५४ जनामा कोरोना...
कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाए ः डा. संग्रौला
पोखरा, ६ वैशाख । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाएको टिप्पणी गर्नु भएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले दुइतिहाइ नजिकको सरकार चलाउन नसकेर नेपालको राजनीतिलाई अस्थिरतामा धेकेलेको आरोप लगाउनुभयो । उहाँले देशलाई निकास दिने काँग्रेसको दायित्व भएको हुँदा ओली...
तनाव मुक्त हुन खोज्दै पर्यटन व्यवसायी
पोखरा, ६ वैशाख । कोरोनाको त्रास जारी नै छ । फेरि लकडाउन हुने हो कि भनेर सारा नेपालीलाई पिरोलिरहेको छ । कोरोनाको सबैभन्दा ठूलो असर नेपालको पर्यटन क्षेत्रमा पर्न गयो । पोखरापनि त्यसको असरबाट अछुतो रहेन । यहाँका पर्यटन व्यवसायीहरुलाई पनि यसको नकारात्क असरले ठूलो प्रभाव पा¥यो । यसको असरबाट व्यवसायीहरुलाई ताजगी दिलाउनका लागि पोखरा...
पोखराका ८ वटा उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही
पोखरा, ५ वैशाख । पोखराका विभिन्न ८ वटा उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । पोखरामा आइतबार गरिएको बजार अनुगमनका क्रममा बिल विजक जारी नगरेका, उपभोग्य म्याद नाघेको बस्तु विक्री गरेका, कानून बमोजिम दर्ता नवीकरण नगरी व्यवसाय सञ्चालन गरेका उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही गरिएको हो । कानून विपरीत कार्य गरेको भन्दै ति उद्योग...
गण्डकी प्रदेशमा राष्ट्रिय जनगणनाको तयारी तीव्र
पोखरा, ५ वैशाख । प्रत्येक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणना यस वर्ष गरिदै छ । जनगणना सबै घर, बसोबास गरेका परिवार र व्यक्तिको विवरण संकलन गरी प्रशोधन एवं प्रकाशन गर्ने वृहत राष्ट्रिय कार्यक्रम हो । नेपालमा जनगणना वि.सं १९६८ देखि शुरू भएको हो । यस वर्ष सञ्चालन हुने जनगणना नेपालको १२ औं तथा देशको...
भेलका कारण बस्तीमा जोखिम बढेपछि छोरेपाटनवासी सडक डिभिजन कार्यलयमा
पोखरा, ५ वैशाख । वर्षापछिको भेलका कारण बस्तीमा जोखिम बढेपछि जोखिम नियन्त्रणको माग गर्दै पोखरा १७ छोरेपाटनवासी आइतबार सडक डिभिजन कार्यलय पोखरा पुगेका छन् । छोरेपाटन निवासी राष्ट्रिय सभाकी पूर्व सदस्य बृन्ददेवी रानाको नेतृत्वमा १५ जनाको टोली सडक डिभिजन कार्यालय पुगेको हो । टोलीले कार्यालय प्रमुख सुनिल बाबु पन्तसँग भेटेर त्यहाँको जोखिम बारे जानकारी गराएको...
दाउन्ने दुर्घटना अपडेट : ३१ घाइतेमध्ये तीनको मृत्यु
कावासोती, ५ वैशाख (रासस) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी...
घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी
–अशोक घिमिरे काठमाडौँ, ४ वैशाख (राससअन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावले नेपाल आयल निगमको घाटा न्यूनीकरण गर्ने लक्ष्यमा चुनौती थपिएको छ । विश्वबजारमा पेट्रोलियमको मूल्यमा आउने अन्तरले निगम चर्को दबाब पर्ने गरेको छ । पछिल्ला १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ । पछिल्लो...
पानी पर्दा किसान खुशी ः डढेलो पनि निभ्यो
गलेश्वर, ४ वैशाख (रासस) । म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् । लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र...
अज्ञात रोगले बिरामी हुँदै विद्यार्थी
खलङ्गा, ३ वैशाख (रासस)।  अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका छन् । गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी एकैदिन बिरामी परेका छन् । विद्यालयमा वार्षिक परीक्षा चलिरहेका बेला...
बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ
गलकोट, ३ वैशाख (रासस) । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो । प्रहरीलाई...