मूख्य समाचार

अहंकारलाई स्थान दिनहुन्न – शर्मा
पोखरा, १२ वैशाख । नेपाल ट्रेड युनियन काँग्रेस कांस्कीले नयाँ वर्षको शुभकामना आदान प्रदान तथा पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रका निर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका नेता शुक्रराज शर्माले देशको सबैभन्दा ठूलो सम्पत्ति र देशको मेरुदण्ड प्रजातन्त्र रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा कलम चलाउदा पत्रकारहरुले सकारात्मक उर्जा थप्न...
स्व. गिरिजा प्रसाद कोइरालाको शालिक निर्माणस्थल लेखिएको वोर्ड उखेलेर फालिएकोमा भत्सर्ना
पोखरा, ११ वैशाख । गिरिजा प्रसाद कोइराला फाउण्डेशन कास्कीले शिखर पुरुष, शान्ति नायक स्व. गिरिजा प्रसाद कोइरालाको शालिक निर्माणस्थल लेखिएको वोर्ड उखेलेर फालिएकोप्रति भत्सर्ना गरेको छ । पोखरा महानगरपालिका वडा नं १८ मा रहेको राष्ट्रिय विभुति तथा शहिद पार्कमा स्व. गिरिजा प्रसाद कोइरालाको शालिक निर्माणस्थल लेखिएको वोर्ड फालिएको घटनाको निन्दा गरिएको हो । फाउण्डेशनका अध्यक्ष...
नवनिर्मित धरहरा
सुनधरास्थित नवनिर्मित धरहरा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको उक्त सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ ।      तस्वीरः प्रदीपराज वन्त,रासस
पूर्वराजा अस्पताल भर्ना
काठमाडौँ, ११ वैशाख (रासस) । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । छोरी प्रेरणा शाहसहित उहाँहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ को उपचारका लागि उहाँहरु भर्ना हुनुभएको हो । केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि...
पोखराका १० होटल पुरस्कृत
पोखरा, ११ वैशाख । पश्चिमाञ्चल होटल संघ पोखराले जाउँ है पोखरा अभियान अन्तर्गत यसपटकको नयाँ वर्षमा पाहुनाबाट क्यूआर कोड मार्फत् होटलको विल भुक्तानी प्राप्त गरेका १० उत्कृष्ट होटलहरुलाई शुक्रबार पुरस्कृत गरेको छ । क्युआर कोड मार्फत् होटलको विल भुक्तानी गर्ने पाहुनालाई संघ अन्तर्गतका होटलले यसपटक गत चैत ३१ र यही बैशाख १ गते ४० प्रतिशत...
अन्नपूर्ण प्रथम आरोहणमा रेर्कड राख्ने महिला फोटो पत्रकारलाई सम्मान
पोखरा, वैशाख १० गते । फोटो पत्रकार तथा हिमाल आरोही महिला पूर्णिमा श्रेष्ठलाई पोखराका फोटो पत्रकारहरुले सम्मान गर्नु भएको छ । अन्नपूर्ण प्रथम आरोहण गरेर इतिहास रच्दै समग्र फोटो पत्रकारको गौरव बढाएको भन्दै बधाईसहित सम्मान प्रदान गरेको हो । फोटो पत्रकार सङ्घ कास्की र फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेशले उहाँलाई सम्मानपत्र र दोसल्लासहित सम्मान अर्पण...
छिमेकीले चलाएको गोली लागेर मृत्यु
ताप्लेजुङ, १० वैशाख (रासस) । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली...
स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
तारानाथ आचार्य बलेवा, ९ वैशाख (रासस) । कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा काम गरेका बागलुङका स्वास्थ्यकर्मीले एक वर्षदेखि जोखिम भत्ता पाएका छैनन् । सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र पोखरेलका अनुसार आइसोलेसनमा लगातार तीन÷चार महिनासम्म...
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा
मनाङ, ९ वैशाख (रासस) ।च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिनुभयो । बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले...
एकैदिन २,३५१ सङ्क्रमित
काठमाडौँ, ८ वैशाख (रासस) । कोभिड– १९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । उहाँले आज मात्र दुई हजार ३५१ मा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । हिजो (मङ्गलबार) एक हजार ७३६ जना सङ्क्रमित थपिएका...
कास्की काँग्रेस सभापति केसीलाई कोरोना संक्रमण पुष्टि,शिघ्र स्वास्थ्यलाभको कामना
पोखरा । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको देहवासन भएर काजकीरियामा रहेकै अवस्थामा अस्वस्थ भएर सोमबार राति अस्पताल भर्ना हुनु भएका केसीमा मङ्गलबार कोरोना संक्रमण पुष्टि भएको हो । उपचारकै क्रममा परीक्षण गराउँदा केसीमा कोरोना पोजेटिभ देखिएको हो । सभापति केसीमा कोरोना पोजेटिभ देखिए पनि  परिवारका...
कालिकामा पूजा
बलेवा, ७ वैशाख (रासस) ।गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीबीच कालिकामा देशका विभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न आउने भक्तजन बढेका हुन् । वार्षिक छ लाखभन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा गत वर्ष कोरोना महामारीका कारण बन्द रहेकाले भक्तजनले...