मूख्य समाचार

२१ करोड लगानी भएको पूल दुई पटक किन भत्कियो ?, छानविन गर्न माग
दमौली, १७ वैशाख (रासस)तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति तनहुँ र चितवनको संयुक्त पहलमा बसेको बैठकले पुल भत्किएको घटनाको छानबिनका लागि सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले भत्किएको पुलको भग्नावशेष आगामी जेठ १५ गतेभन्दा...
प्रदेशसभा सदस्यको आधा महिनाको पारिश्रमिक विपद् कोषमा
कर्णाली, १७ वैशाख (रासस) ।दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार साँझ बसेको संसदीय दलको बैठकले कोरोनाको रोकथाम, नियन्त्रण,...
सबैको चासो गण्डकी प्रदेश सभा, के हुँदैछ ?
पोखरा, १७ वैशाख । यतिबेला देशको राजनीतिको ध्यान गण्डकी प्रदेश सभातर्फ तानिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री विरुद्वको अविश्वासको प्रस्तावमा मतदान हुने दिन एक सांसद एकाएक गायव भएको घटनालाई रहस्यका रुपमा लिइएको छ । त्यसघटनासँग जोडेर विभिन्न आकलन र टिकाटिप्पणी भैरहेका छन् । सांसद खिम विक्रम शाही मतदानका दिन एकाएक गायव हुनु र गायव...
कोभिड–१९ को दोस्रो लहरको गाम्भीर्यता बुझ्न र संयम हुन पोउवा संघको आग्रह
पोखरा, १७ वैशाख । पोखरा उद्योग वाणिज्य संघले कोभिड–१९ को दोस्रो लहरको गाम्भीर्यता बुझ्न र आफै संयम हुन उद्योगी व्यवसायीहरुसँग आग्रह गरेको छ । संघले बिहीबार जारी गरेको विज्ञप्तिमा  तोकिएको निर्धारित अवधिको लागि तोकिएका ‘अत्यावश्यक’ सामग्रीहरुको व्यवसाय मात्रै संचालन गर्न अनुरोध पनि गरेको छ । ‘संकटको यो घडीमा स्वास्थ्य मन्त्रालयले सुझाएका सुरक्षा तथा सरकार एवं...
विश्वासको मत लिन नसक्ने अवस्था आएपछि सत्ता बचाउँन सत्ताको व्यापक दुरुपयोग – कास्की काँग्रेस
पोखरा, १६ वैशाख । गण्डकी प्रदेशसभामा सरकार विरुद्धको अविश्वासको प्रस्तावमा कार्य व्यवस्था परामर्श समितिले तय गरेको कार्यसूचि अन्र्तगत मतदानको तयारी भैरहेको अवस्थामा सांसदलाई वदनियतपूर्वक रहस्यमय तरिकाले अनुपस्थित गराईएको घटनाप्रति नेपाली काँग्रेस कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सांसदलाई वदनियतपूर्वक अनुपस्थित गराईएको घटनामा सरकार स्वयं संलग्न रहनु असंवैधानिक र अप्रजातान्त्रिक क्रियाकलाप भएको विज्ञप्तिमा उल्लेख छ...
दीपक मनाङ्गे युवा तथा खेलकुद मन्त्री
पोखरा, १६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ । राजीव गुरुङ (दीपक मनाङ्गे) लाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गर्नुभएको हो । मनाङ्गेले मनाङबाट प्रदेशसभाको चुनाव जित्नु भएको थियो । प्रदेश नीति तथा योजना आयोजको सभाहलमा शपथ ग्रहण कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो । मुख्यमन्त्रीविरुद्ध...
उपत्यकामा आजदेखि निषेधाज्ञा लागू
काठमाडौँ, १६ वैशाख (रासस) । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक...
ओरालोमा ब्रेक फेल भई स्कूटर दुर्घटना, दुइ जनाको मृत्यु
दमौली, १६ वैशाख (रासस) । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट...
निषेधाज्ञामा नियमित उडान, वायुसेवा प्रदायक कम्पनी ब्यस्त
–सीबी अधिकारी काठमाडौँ, १५ वैशाख (रासस) । काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुनेभएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले निषेधाज्ञा लागू हुने बिहीबारदेखि आन्तरिक र...
एक्कासी सांसद हराएपछि गण्डकी प्रदेशसभामा हंगामा, बैठक स्थगित
पोखरा, १५ वैशाख । गण्डकी प्रदेशसभाको बुधबारको बैठक अन्ततः स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुने भएका कारण बैंठकलाई राष्ट्रिय रुपमा निकै चासो र महत्वका साथ हेरिएको थियो । गण्डकी प्रदेशसभाको आजका बैठकले सबैको ध्यान खिचेको थियो । सदन चलिरहँदा आफ्नो पार्टीका सांसद खिमविक्रम शाही सम्पर्कमा नआएको भन्दै उहाँको अवस्था...
जनताका समस्या बुझ्यो काँग्रेसले
पोखरा, १५ वैशाख । पोखरा महानगरपालिका २५ नं. वडा कार्यालयलाई नेपाली काँग्रेस पोखरा–२५ इकाइले ज्ञापनपत्र बुझाएको छ । नेपाली काँग्रेसको एक अनुगमन समितिले हेमजावासीसँग प्रत्यक्ष भेटघाटबाट समस्या पहिचान गरी ती समस्या तत्काल समाधान गर्न वडा कार्यालयलाई ज्ञापनपत्र वुझाएको नेपाली काँग्रेस पोखरा–२५ हेमजा इकाइका सभापति मधुसुदन त्रिपाठीले जानकारी दिनुभयो । उक्त ज्ञापनपत्र सभापति त्रिपाठी र सहसभापति...
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै निर्णय हुने
गण्डकी, १५ वैशाख (रासस) ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज निर्णय हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्री गुरुङले जवाफ दिनुहुनेछ । मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ । मङ्गलबारको बैठकमा नेकपा(एमाले)का प्रदेशसभासद्ले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने जनाई...