मूख्य समाचार

सांदीपन प्रि–स्कूलमा पुरस्कार वितरण
पोखरा, २३ चैत । पोखरा १३ सिग्देल मार्ग स्थित सांदीपन प्रि–स्कूलमा विहीबार विविध कार्यक्रम सहित पुरस्कार वितरण गरिएको छ । शैक्षिक वर्ष २०७९ मा उत्कृष्ट भएका विद्यार्थी र विभिन्न क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो । स्कूलले बालबालिकाको पढाई, सिकाई सँगै बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान गर्ने उद्देश्य लिएको छ । स्कूलमा प्रि–नर्सरी, नर्सरी,...
मुक्तिनाथ स्मृति प्रतिष्ठानद्वारा स्रष्टा सम्मान
पोखरा, २१ चैत । मुक्तिनाथ स्मृति प्रतिष्ठानले पोखरामा स्रष्टा सम्मान गरेको छ । पण्डित मुक्तिनाथ शर्माको चौतिसौं स्मृति दिवस तथा पाँचौ अधिवेशन सँगै स्रष्टा सम्मान गरिएको हो । विभिन्न क्षेत्रका प्राज्ञहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नेपाली तथा अङ्ग्रेजी साहित्यमा योगदान गर्नुहुने डा. यमबहादुर क्षेत्री, विष्णु प्रसाद पौडेल हुनुहुन्छ । आफ्नो पुख्र्याैली पेशालाई निरन्तरता...
व्यवसाय मैत्री पार्किङ व्यवस्थापन हुनुपर्ने व्यवसायीहरुको माग
पोखरा, १९ चैत । पोखरा उद्योगी÷व्यवसायीहरुले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याउनु भएको छ । मान्छेको आवागमन नै सहरको विशेषता भएको बताउँदै उहाँहरुले व्यापार÷व्यवसाय नै ठप्न हुनेगरी न्यूरोडलगायतका क्षेत्रको सडक खाली गराउन नहुने जिकिर गर्नुभयो । पोखरा महानगरपालिकाले न्यूरोडसहित पोखराका मुख्य सडक क्षेत्रमा पार्किङ निषेध अभियान चलाएको सन्दर्भमा उहाँहरुको यो...
वडाध्यक्ष शिव र देवकृष्ण सम्मानित
पोखरा, १८ चैत । पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना र पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली एकै मञ्चमा सम्मानित हुनुभएको छ । सराङकोट स्थित सौरेखोला चौरपाखा मोटरबाटो निर्माण समितिले वडाध्यक्षद्वय तिमिल्सिना र पराजुलीलाई बाटो निर्माणमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेको हो । बाटो स्तरउन्नती कार्यको आय व्यय सार्वजनिक, सम्मान एवम्...
नौंचु पैंगी लामा महायन बौद्व गुम्बा पुनर्निमाणसँगै विविध कार्यक्रम
पोखरा, १७ चैत । कास्कीको मादी गाउँपालिका वडा नं २ ताङतिङमा नौंचु पैंगी लामा महायन बौद्व गुम्बाको पुननिर्माण गरी उद्घाटन गरिएको छ । उद्घाटन अवसर सँगै तीन दिनसम्म विविध कार्यक्रम पनि गरिएको सचिव प्रेम प्रसाद गुरुङले बताउनुभयो । गुम्बाको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा हिमपति पाठ वाचन र भगवान...
सफाइका लागि जान लागेको टोलीलाई पोखरा महानगरपालिकाको झन्डा हस्तान्तरण
पोखरा, १६ चैत । अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गरिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गर्नुभएका क्या.भीम बहादुर भुजेललाई महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा पोखरा महानगरपालिका साथ मै...
एक सय ८१ जना पत्रकारको आँखा परीक्षण,३५ जनालाई चश्मा, १५ जना रिफर
पोखरा, १४ चैत । नेपाल नेत्रज्योति संघ कास्कीको आयोजना र पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजनमा भएको निःशुल्क आँखा शिविरमा १८१ जना पत्रकारहरुले आँखा जाँच गराउनुभएको छ । आँखा जाँचको क्रममा पत्रकारहरुमा दृष्टि दोषको समस्या सबैभन्दा बढिमा देखिएको छ । एक सय ८१ जनामा गरिएको परीक्षणमध्य एक सय ५ जनामा आँखा सुख्खा हुने, पोल्ने समस्या...
चैत १५ गते सार्वजनिक विदा
पोखरा, १२ चैत । चैत १५ गते  बुधवार गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएको छ । गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा विदा दिएको हो । २०७८ चैत १८ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्वन्धी सूचना बमोजिम विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सूचनामा उल्लेख छ । सूचनाका अनुसार, सबै सरकारी कार्यालय,...
‘शैक्षिक गुणस्तर सुधार्न नीतिगत तहमै आवश्यक
पोखरा, ११ चैत । विश्वविद्यालय तहमा विद्यार्थी संख्या वर्षेनी ओरालो लाग्दो छ । १२ कक्षा उत्तिर्ण हुनासाथ विद्यार्थीहरु अध्ययन वा बैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने क्रम दिनहुँ बढिरहेको छ । यसले युवा जनशक्ति पलायन त भएको छ नै शिक्षामा गुणस्तर कायम हुन नसक्दा पनि यस्तो अवस्था आएको भन्दै शिक्षा क्षेत्रका जानकारहरुले चिन्ता जनाउन थालेका...
जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकको माग
पोखरा, ७ चैत । कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा आज जारी विज्ञप्तिमा नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको प्रतिवद्धता, संविधान र कानुनअनुसार दलित समुदायको मानव अधिकार, आत्मसम्मान र सामाजिक न्याय...
बन्ने भयो पञ्चासे जैविक विविधता पार्क
पोखरा, ५ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने टाँडीबिसौनीमा पञ्चासे जैबिक विविधता पार्कको प्रारम्भिक निर्माण कार्य शुरु हुने भएको छ । प्रदेश सरकारको सहयोगमा निर्माण हुने सो पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थानबिन्दुमा रहेको छ। अध्ययन, अवलोकन, परिभ्रमण र होमस्टे बसाईँका निम्ति आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले सो पार्कको काम थालनी गरिएको...
जनकविकेशरी धर्मराज थापाको स्मृतिमा लोकगीत प्रतियोगिता
पोखरा, ४ चैत । जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने भएको छ । धर्मराज—सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको उक्त प्रतियोगिता यही चैत ६ देखि ११ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालका सबै जिल्लाका कलाकारहरु सहभागी हुन पाउने प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो अडिसन चैत ६ गते हुनेछ । अडिसन...