मूख्य समाचार

कोरियामा एक नेपालीले भेटेको रु १३ लाख प्रहरीलाई बुझाए
सउल, २० वैशाख (रासस) । दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए । इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त...
खडेरीका कारण खेतीबाली सुके, पानी माग्दै पूजा
पोखरा, २० वैशाखः लामो समयको खडेरीका कारण खेतीबाली सुक्न थालेपछि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका विभिन्न स्थानमा शनिबार समूहिक पूजा गरिएको छ । स्थानीय सिलिङ्गे चेतना महिला समूहको प्रमुख सङ्कल्पमा यहाँका साविक भरतपोखरी गा.वि.स.का वडा नं ५ र ६ मा पर्ने चण्डी देउराली, कोटभैरव, नाउरुङ, व्यार्थोक र मैदानमा छुट्टाछुट्टै पूजा गरी पानी मागिएको समूहकी...
यस्तो हुँदैछ लुम्बिनी प्रदेशमा
बुटवल, १९ वैशाख (रासस) । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेशसभा सदस्य आज प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरुले प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लङ्घन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । विपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले प्रदेश उपसभामुखको समेत कीर्ते हस्ताक्षर भएको र...
चट्याङबाट एकको मृत्यु, दुई जनाको उपचार हुँदै
मकवानपुर, १९ वैशाख (रासस)।  मकवानपुरगढी गाउँपालिका–४ डुम्रेकुनामा आज चट्याङ लागेर गम्भीर घाइते भएका विराट वाइबाको मृत्यु भएको छ । घाइते मकवानपुरगढी–२ बस्ने २६ वर्षीय बिराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका...
वन्यजन्तु आक्रमणबाट छ जनाको मृत्यु, २३ जना घाइते
चितवन, १९ चैत (रासस) ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षमा २३ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन् । तीमध्ये गैँडाबाट १०,...
पार्किङ गरेको भारतीय कारमा तीन जना बालक मृत अवस्थामा भेटिए
पोखरा, १९ वैशाख । पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको कारमा तीन जना बालक मृत अवस्थामा भेटिएका छन् । तुलसीपुर–६ बरुवागाउँका भीमबहादुर परियारका नौ वर्षीय छोरा किरण, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण मृत अवस्थामा भेटिएका हुन् । ति बालक तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा पार्किङ गरी राखेको...
निषेधाज्ञाका बेला कृत्रिम अभाव रोक्न बजार अनुगमन
कर्णाली, १९ वैशाख (रासस) ।कोभिड–१९ सङ्क्रमणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिबार यहाँका औषधि पसल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो । निषेधाज्ञाका बेलामा बजारमा...
२९ जिल्लामा निषेधाज्ञा
काठमाडौँ, १८ वैशाख (रासस)। कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आज आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा आज राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ । कूल २९...
मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जना होल्डिङ जोनमा, एक हजार बढीलाई जरिवाना
काठमाडौँ, १८ वैशाख (रासस)। नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् । नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ...
कास्की काँग्रेसद्वारा समस्या र संकटका बेला गम्भीर बन्न सरकारलाई आग्रह
पोखरा, १८ वैशाख । नेपाली काँग्रेस कास्कीले जनताका लागि तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शनिवार बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश र गाउँपालिका सभापतिको संयुक्त बैठकले त्यस्तो माग गरेको हो । नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार, बैठकले जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्न...
औपचारिक कार्यक्रम नराखि मजदूर आन्दोलनको सम्झना गरि मई दिवस मनाइदै
काठमाडौँ, १८ वैशाख (रासस) । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ...
जटिल बन्दै कोरोना,देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी फैलदै
काठमाडौँ, १७ वैशाख (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज जारी गर्नुभएको ‘सर्वसाधारणमा अपिल’ मा देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलिरहेको हुँदा स्वास्थ्यका मापदण्ड कडाइका साथ अपनाउन...