मूख्य समाचार

पर्वत कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै, आवश्यक परे स्याङ्जा तयार
पर्वत, २५ वैशाख (रासस) ।  नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो । नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय...
विवाह भोजमा सहभागी २५ मा कोरोना सङ्क्रमण,केही दिनका लागि गाउँ नै सिल
गलकोट, २४ वैशाख (रासस)।  बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए । गाउँमा कोरोना सङ्क्रमणको शङ्कास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पिसिआर परीक्षण गरेको थियो ।...
प्रतियात्रु रु १५ हजारको दरले भाडा लिने सवारी साधन कार्वाहीमा
काभ्रेपलाञ्चोक, २४ वैशाख (रासस) । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ । काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको...
गण्डकी प्रदेशसभा बैठक २७ गते बस्ने, अविश्वासको प्रस्तावमाथि मतदान हुने
पोखरा,२२ वैशाख । अन्योलमा रहेको गण्डकी प्रदेशको विशेष अधिवेशनको अर्काे बैठक बैशाख २७ गते बस्ने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले २७ गते ११ बजे बस्ने निर्णय गरेको हो । सत्तापक्ष र प्रतिपक्ष समेतको सहमतिमा बैठक आह्वान गरिएको हो । सत्तापक्षले यसअघि जेठ लागेपछि बैठक बोलाउन भनेको थियो । विपक्षीले भने जतिसक्दो...
यस्तो छ कोरोना फैलनुको कारण
 नारायण अधिकारी चितवन, २३ वैशाख (रासस) :जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु सङ्क्रमित भेटिएका हुन् । गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रम हुनसकेका थिएनन् । गत फागुन ४ देखि यही वैशाख ५ गतेसम्म...
उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने
काठमाडौँ, २३ वैशाख (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र...
आठ हजार ६५९ सङ्क्रमित थपिए
काठमाडौँ, २२ वैशाख (रासस) । पछिल्लो २४ घन्टामा नेपालमा थप आठ हजार ६५९ जनामा कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा पिसीआर विधिबाट आठ हजार ६०५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो । पिसीआर विधिबाट २० हजार ७५६ र एन्टिजेन विधिबाट...
प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण
पोखरा,२२ वैशाख । गण्डकी प्रदेशमा नव नियुक्त प्रदेश प्रमुख सीता कुमारी पौडेलले आज पदभार ग्रहण गर्नुभएको छ । आन्तरिक मामिला तथा योजना मन्त्री किरण गुरुङसहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र प्रदेश कार्यालयका कर्मचारीको उपस्थितिमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई नेपाली सेनाले सलामी दिएर स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै प्रदेश...
अक्सिजनको उपलब्धतासहितका अस्थायी अस्पताल निर्माणलाई उच्च प्राथमिकता दिदै नेपाली सेना
 नारायण न्यौपाने काठमाडौँ, २२ वैशाख (रासस) । नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशन निर्माण गर्ने निर्णयानुसार सेनाले गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेहिया,...
शव बोकेको जिप दुर्घटना, पाँचको मृत्यु, पाँच घाइते
बैतडी, २१ वैशाख (रासस) । जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारी र जिप चालक तेजबहादुर बोहरा छन् । जिप चालक बोहराको उपचारको लागि अस्पताल ल्याउँदैै गर्दा मुत्यु भएको...
यसरी फैलियो दुर्गम गाउँमा कोरोना सङ्क्रमण
पाँचथर, २१ वैशाख (रासस) । जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापूमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो । निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा सङ्क्रमण फैलिएको पाइएको हो । वैशाख ११ गते यहाँका...
पहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट पाँच पक्राउ
काठमाडौँ, २० वैशाख (रासस) । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोग्राम ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित पाँचजनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलोग्राम ४०७ ग्राम ९१० मिलिग्राम सुनजस्तो पहेँलो धातुसहित प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपरासीका राजु विश्वकर्मालाई आज...