मूख्य समाचार

भण्डारमै थन्किए अलैँची र अदुवा
– किरण पौड्याल इलाम, २९ वैशाख (रासस) । कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो । चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय...
कास्कीमा अमेरिकन फौजी किराको प्रकोप
पोखरा, २८ वैशाख । कास्कीमा अमेरिकन फौजी किराको प्रकोप बढेको छ । विगत १० दिनदेखि यस किराले कास्कीमा लगाइएको मकै सखाप पार्न थालेपछि कृषक चिन्तित छन् । यो किराको प्रकोप पाखाबारीमा बढी र तल्लो भेकका बारीमा कम छ । यसले मकै बढी मनपराउँछ । फौजी किराको प्रकोप मौसममा भर पर्ने बताइएको छ । लगातार वर्षा...
चट्याङ लागेर एक घाइते, एक घर जल्यो
ओखलढुङ्गा, २८ वैशाख (रासस) ।ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ । त्यस्तै दिउँसो ३ः१५ बजेको समयमा परेको चट्याङले चम्पादेवी गाउँपालिका–९ ओख्रेनीका खड्गबहादुर कार्कीको घर जलेर नष्ट भएको छ...
प्रधानमन्त्रीले पाउँनु भएन विश्वासको मत
काठमाडौँ, २७ वैशाख (रासस) । प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गर्नुभएको प्रस्ताव अस्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको...
एसइई र कक्षा १२ को परीक्षा स्थगित
भक्तपुर, २७ वैशाख (रासस) ।आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । कोभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यही...
पोखराका गुभाजुको उपचारमा लापरवाही गर्ने अस्पताललाई प्रशासनको पत्र, कारवाहीको तयारी
भादगाउँ, वैशाख २७ (रासस) ।  मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्प्ताललाई पत्र पठाएको हो । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई...
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा राजीनामा, तीन दिन भित्र नयाँ सरकार गठनका लागि आव्हान
पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतबार साँझ प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष राजीनामा बुझाउनु भएको हो । उहाँको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले जानकारी दिनुभयो । भोलि सोमबार प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसूची छ । अविश्वासको प्रस्तावपछि...
कास्की काँग्रेसले पार्टी कार्यालयआइसोलेशन वार्ड बनाउने दिने र एम्बुलेन्स संचालन गर्ने
पोखरा, २६ वैशाख । नेपाली काँग्रेस कास्कीले सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन दिने भएको छ । कोरोना महामारीले संकट निम्त्याएका बेला संक्रमतिको उपचारमा सहज पु¥याउने उद्देश्यले पार्टी कार्यालयलाई आइशोलेशन वार्ड बनाउन दिने निर्णय गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले...
यसरी गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते
तम्घास, २६ वैशाख (रासस) । गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छन् । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् । उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको आशङ्कामा एन्टिजेन...
हेलिकोप्टरमा चितवन लगिदै कोरोना सङ्क्रमित
चितवन, २६ वैशाख (रासस) । राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो । जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ । यहाँकै...
भीमेश्वरको शिलामा आयो पसिना, ‘कुनै अनिष्ट नहोस्’ भनेर कामना
दीपशंकर चौलागाईँ दोलखा, २५ वैशाख (रासस) । प्रसिद्ध भीमेश्वर मन्दिरका शिलामा एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेट जाँदासम्म शिलामा पसिना आएको स्थानीय समाजसेवी भरत प्रधानले राससलाई जानकारी दिनुभयो । यस पटक शिलाको बायाँ र बीच दुवै भागमा पसिना आएको उहाँले बताउनुभयो । बायाँ...
हेलो डाक्टर कार्यक्रम हुँदै, कोरानो संक्रमितलाई सिधै डाक्टरसँग भेट गराइने
काठमाडौँ, २५ वैशाख (रासस) । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ । विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी अभियान सञ्चालन गरिएको महासङ्घले जनाएको छ । एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा...