मूख्य समाचार

कोभिड विरामीका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा उत्पादन हुने
काठमाडौँ, ६ जेठ (रासस) । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो । विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिनुभयो । औषधि उत्पादन...
उपनिर्वाचनको मतदान शुरु हुँदै, नतिजा आजै आउने
काठमाडौँ, ६ जेठ (रासस)। वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका...
गण्डकीमा ४ मन्त्रीको सपथ, १० वटा मन्त्रालय पु¥याउने तयारी
पोखरा, ५ जेठ । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ खुवाउनु भएको छ । मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुखले आज ४ जनालाई सपथ खुवाउनु भएको हो । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसँगै थप ३ मन्त्रीले सपथ ग्रहण गर्नुभएको छ...
भूकम्पले घर भत्किँदा चार घाइते, एक दर्जन घरमा क्षति
लमजुङ, ५ जेठ (रासस) । पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ...
बिहानै आठ जिल्लामा भूकम्प
काठमाडौँ, ५ जेठ (रासस) । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो । भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ,...
पोखराका विद्यालयमा परीक्षा नहुने
पोखरा, ४ जेठ । कोरोना महामारीका कारण पोखराका विद्यालयहरुमा शैक्षिक सत्र २०७७ का वार्षिक परीक्षा नहुने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न असम्भव देखिएकाले परीक्षा नहुने भएको हो । पोखरा महानगरपालिका शिक्षा महाशाखाले मङ्गलबार सूचना प्रकाशित गरी पोखरा महानगरपालिकाका विद्यालयलाई यस पूर्व संचालन गरेका त्रैमासिक, अर्धवार्षिक र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित...
विवादमा लाठी र चिर्पट हानाहान, एकको मृत्यु,एक महिलासहित चार गम्भीर घाइते
जलेश्वर, ४ जेठ (रासस) ।महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । नातामा मामाभान्जा रहेका...
भोजले फैलायो, पाहुनाले भित्र्याए कोरोना
सन्तोष गौतम म्याग्दी, ४ जेठ (रासस) म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ । सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई...
यसरी गरिदै छ मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार
नवीन लामिछाने मनाङ, ३ जेठ (रासस) ।नयाँ भेरियन्ससहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ । केही दिनअघि मात्रै जिल्लाभित्र विभिन्न देशका पर्यटक रोकिएको जानकारी पाएसँगै जिल्ला प्रशासन कार्यालयले उनीहरूको खोजी कार्य...
डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना
– शर्मिला पाठक काठमाडौँ, ३ जेठ (रासस) । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।...
दक्षिण कोरियामा रहेका कस्केली अक्सिजन प्लान्टका लागि सहयोग जुटाउँदै
पोखरा, ३ जेठ । कास्की परिवार, दक्षिण कोरिया कास्कीका सरकारी अस्पताललाई पाँच वटासम्म अक्सिजन कन्टेनन्टर (अक्सिजन प्लाट) निर्माणका लागि सहयोग गर्न जुटेको छ । संस्थाको आकस्मिक बैंठकले विपत्को समयमा कोरियामा रहेका कस्केलीहरुले आफ्नो मातृभूमिलाई सहयोग गर्नु कर्तव्य सम्झेर सहयोग संकलन अभियान शुरु गर्ने निर्णय गरेको छ । संस्थाको सहयोगले अक्सिजनको अभाव न्यूनिकरणमा योगदान पुग्ने अपेक्षा...