मूख्य समाचार

गण्डकीमा सरकार गठनका लागि विपक्षी गठबन्धनको दावी पेश (हस्ताक्षरसहित)
गण्डकी, २८ जेठ (रासस) । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३.०० बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आज आह्वान गर्नुभएको थियो । प्रदेश सदस्य कृष्णचन्द्र...
पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु
धनुषा, २८ जेठ (रासस) । यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया...
मुख्यमन्त्री गुरुङलाई प्राप्त भएन विश्वासको मत
गण्डकी,२७ जेठ(रासस)। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ हुनुभएको छ । प्रदेशसभामा आज उहाँले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको र सभामा निर्णायार्थ पेश गर्दा पक्षमा २७ र विपक्षमा ३० मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गर्नुभयो । गण्डकी प्रदेशसभामा कूल ६० सदस्य रहेकामा विश्वासको मतका लागि ३१ सदस्यको...
शैक्षिक प्रमाणपत्रमा ऋण दिने नीति तत्काल कार्यान्वयन गर्न अनेरास्ववियुको माग
काठमाडौँ, २६ जेठ (रासस) । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८०...
भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता, दाजुभाइ मृत फेला
जाजरकोट÷महोत्तरी, २५ जेठ (रासस)। भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोट प्रहरीका अनुसार गीताको दिदी...
घरमुलीलाई गोली हानी लुटपाट
जलेश्वर, २५ जेठ (रासस) । महोत्तरीको लोहारपट्टी नगरपालिकामा–६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार गएराति घरका सबैजना सुतिरहेको बेला लोहारपट्टी–६ बस्ने राजकरण साहको घरमा चार/पाँच अज्ञात व्यक्तिको समूहले प्रवेश गरी घरमुली गायत्रीदेवी साहको बायाँ तिघ्रामा गोली हानी लाखौँको लुटपाट गरी भागेका...
निर्णय खाद्य बस्तुमा छुट,गोदाम छ रित्तो
पोखरा, २४ जेठ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले खाद्य बस्तुमा छुट दिने निर्णय सार्वजनिक गरेपनि गण्डकी प्रदेशमा त्यसको कार्यान्वयन हुन सकेको छ । कर्पाेरेशनले सूचना प्रकाशित गरेको तीन दिन पछिसम्म पनि पोखराको बसपार्कमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड गण्डकी प्रदेश कार्यालयबाट कुनै पनि खाद्य बस्तु उपलब्ध हुन सकेको छैन । कार्यालयको गोदाम खालि छ, २०...
प्रदेश २ का ४ मन्त्री बर्खास्त
धनुषा, २४ जेठ (रासस) । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई...
एक महिनामा अक्सिजन उत्पादन शुरु हुन्छ – बतास
पोखरा, २३ जेठ । पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्टको काम तीव्र गतिमा अघि बढेको छ । अक्सिजन प्लान्ट निर्माण समितिका संयोजक आनन्द बतासका अनुसार, अक्सिजन प्लान्टका लागि फ्रान्सको नोभा एयर कम्पनीसँग मेशिन खरिद प्रक्रिया अघि बढिसकेको छ । अब करीब चार हप्तामा मेशिन पोखरा आइपुग्ने र त्यसको २ दिनपछि नै...