मूख्य समाचार

अन्नपूर्णमा बजार अनुगमन, यस्तो भेटियो अवस्था
पोखरा, ६ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बजार अनुगमन गर्न सुरू गरेको छ । गाउँपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण क्षेत्री संयोजकत्वको टोलीले मंगलबारदेखि गाउँपालिकाका रेष्टुरेन्ट र किराना पसलमा अनुगन सुरू गरेको हो । बजार अनुगमनसम्बन्धी कार्यविधि २०७४ सालमा बने पनि गाउँपालिकाले बजार अनुगमन गरेको यो पहिलोपटक हो । २ महिनाअघि...
खानेपानी नियमित गर्न होटल संघको माग
पोखरा, ४ वैशाख । होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र बैदाममा खानेपानीको अभाव सुल्झाउन नेपाल खानेपानी संस्थानसँग आग्रह गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संस्थानको पोखरा कार्यालयमा पुगेको व्यवसायीको टोलीले त्यस्तो आग्रह गरेको हो । धारामा पानी नआउने र आए पनि नियमित नआउने गरेको विषय अवगत गराउन व्यवसायी संस्थानमा पुगेको संघका अध्यक्ष लक्ष्मण...
सकियो आलु महोत्सव,पाँच करोडको कारोबार
हेमजा, ३ बैशाख । चैत २६ गतेदेखि सुरु ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सकिएको छ । समापन समारोहका बीच कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार वितरण गरिएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र सहित नगदले सम्मान गरिएको हो...
युनाइटेड क्लबद्धारा भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय स्थापना
पोखरा, ३ वैशाख । युनाइटेड क्लब पोखराले पोखरा ३३ तल्लो पुँडिटारमा रहेको भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत विद्यालयमा स्थापना गरिएको पुस्तकालय हस्तान्तरण गरेको हो । पुस्तकालयको पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै युनाइटेड क्लबद्धारा स्थापना गरिएको पुस्तकालयको...
महेन्द्रपुलमा संसारका झन्डाहरू फहराउने गरी झन्डा पार्क निर्माण गर्दै महानगर
पोखरा, २ वैशाख ।पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा शिलान्यास गर्नुभएको हो । पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु...
डुङ्गा दौडमा तालपारी समूह प्रथम
पोखरा, ३० चैत । पोखरामा जारी तीन दिने १८ औं फेवा नब वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन विहिबार फेवा तालमा आयोजित डुंगा दौड प्रतियोगितामा तालपारी समूह प्रथम भएको छ । यसैगरी बाराही घाट ए द्वितीय भयो भने बाराही घाट डी ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट बी समूहले सान्त्वना स्थान प्राप्त गरेको छ...
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
हेमजा, २९ चैत। हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइपुग्दा दर्शक सहभागिता हवात्तै बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ । बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष...
सामुदायिक सेवा केन्द्र वगरको भित्ते पात्रो विमोचन
पोखरा, २८ चैत । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले प्रकाशन गरेको भित्ते पात्रो विमोचन गरेको छ । त्यस अवसरमा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान, सुरक्षासँग सम्वन्धित अन्तरक्रिया कार्यक्रम तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकलाई स्वागत तथा सम्मान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी...
बिहान ७ बजेदेखि नै सवारी नवीकरण र कर बुझाउन सकिने
पोखरा, २७ चैत । यातायात व्यवस्था कार्यालय, सवारी कास्कीले सवारी साधनको नवीकरण र कर बुझाउने सेवाग्राहीका लागि बिहान सात बजेदेखि सेवा संचालन गर्ने भएको छ । कार्यालयका अनुसार, बिहान सात बजेदेखि साँझ ६ बजेसम्म सवारी नवीकरण र कर बुझाउन सकिने छ । चैत मसान्त सँगै कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड भएकाले सेवाग्राहीको सहजताका लागि सेवा अवधि...
आलु महोत्सव सुरु
हेमजा, २६ चैत । हेमजामा आइतवार देखि आलु महोत्सव सुरु भएको छ । सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको...
सार्वजनिक सम्पत्तिमा हुने हस्तक्षेप र मिचाहा प्रवृत्ति स्वीकार्य हुँदैन – कार्की
पोखरा, २४ चैत । पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिनुभएको छ । हवेली मार्ग हुदैं मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रवार उद्घाटन गदै वडाध्यक्ष कार्कीले कानून विपरीत काम गरे खरो रुपमा उत्रने चेतावनी दिनुभयो । जनताको दुःख, सुखमा साथै छु, समस्या लिएर आउनुहोस् समाधान गर्छु...
पत्रकार महासंघ कास्कीले चार पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने
पोखरा, २४ चैत । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा क्रियाशील चार जना पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने निर्णय गरेको छ । महासंघको शुक्रबार सम्पन्न बैठकले पत्रकारितामार्फत समाज, राष्ट्र, लोकतन्त्र र महासंघको संस्थागत विकासमा योगदान पुर्याउने पत्रकार र संस्थालाई सम्मान गर्ने निर्णय गरेको महासंघका सचिव माधव बरालले जानकारी दिनुभयो । जसअनुसार पत्रकार महासंघद्वारा स्थापित पोखरा पत्रकारिता...