मूख्य समाचार

मनसुनी वायुको प्रभावले अधिकांश भागमा वर्षा
काठमाडौँ, १२ असार (रासस) । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, प्रदेश नं...
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा
काठमाडौँ, ११ असार (रासस) । देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, वाग्मती,...
पोखराको बजेट ६ अर्ब २७ करोड
पोखरा, १० असार । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गरेको छ । नगर सभामा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि रु ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गर्नुभयो । विनियोजित बजेटमध्ये चालुतर्फ रु २ अर्ब ९१ करोड, पूँजीगत तर्फ रु ३ अर्ब ३७ लाख छ । महानगरले चालु...
नेविसंघका पूर्व अध्यक्ष आले व्यावसायिक मेवा खेतीमा
तनहुँ, १० असार (रासस) । व्यास नगरपालिका–१३ निवासी वसन्त आलेले पोखरी भञ्ज्याङ नजिक व्यावसायिक रुपमा मेवा खेती थाल्नुभएको छ । नेपाल विद्यार्थी सङ्घ तनहुँका पूर्वअध्यक्ष आलेले ताइवान रेडलेडी ८७६ जातको मेवाको खेती गर्नुभएको हो । करिब ९० रोपनी क्षेत्रफलमा करिब सात हजार मेवाको बिरुवा लगाउने योजना अनुरुप हाल दुई हजार बिरुवा ताइवानबाट ल्याएर लगाइएको आलेले...
साढे दुई घण्टा मोवाइल सेवा अवरुद्व, भर्खर सुचारु
पोखरा, ९ असार । देशभर अवरुद्व बनेको नेपाल टेलिकमको मोवाइल सेवा सुचारु भएको छ । मोवाइल सेवाको जिएसएम सिष्टममा समस्या आएपछि आज बिहानैदेखि सेवा अवरुद्व भएको हो । सेवा अवरुद्व हुँदा देशभर दुई करोड मोवाइल सेवा प्रयोगकर्ता प्रभावित भएका छन् । ‘करीब ६ बजदेखि ८ः३० सम्म मोवाइल सेवा अवरुद्व भयो, टेलिकमका सूचना अधिकारी तिलक शर्माले...
मन्त्रिपरिषद् विस्तार बदर, २१ मन्त्री पदमुक्त
पोखरा, ८ असार । सर्वोच्च अदालतले पछिल्लो पटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । सर्वाेच्चको यो आदेशसँगै जेठ २१ र २७ गते विस्तारीत मन्त्रिपरिषद् बदर भई २१ जना मन्त्री पदमुक्त भएका छन् ।  संविधान अनुकूल नभएको ठहरसहित बदर गरिएको बताइएको छ । ​ ​प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्रधानमन्त्री केपी शर्मा...
स्रोत नखुलेको रु ४० लाखसहित एक पक्राउ
जलेश्वर, ८ असार (रासस) । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल) सञ्चालन गर्दै आएका छन्...
घर घरको मठमा राखियो तुलसीको दल
काठमाडौँ, ७ असार (रासस)। वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा तुलसीको बिरुवा उमार्न बीउँ रोपण सम्पन्न गरिएको छ । यसलाई तुलसीको दल राख्ने पनि भनिन्छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा दल राखेर तुलसीको बीउ रोप्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महीनापछि आषाढ...
महाकालीमा खतराको सङ्केत
डडेल्धुरा, ६ असार(रासस) ।लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ । सामान्यतः ६.८० मिटर भएमा खतराको तह मानिन्छ । महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराका साथै कञ्चनपुरका महाकाली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बताइएको...
अझै केही दिन भारी वर्षा
काठमाडौँ, ५ असार (रासस) । केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । “यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ”, मौसमविद्...
बाघको आक्रमणमा दुई घाइते, स्थानीयको प्रतिकारमा बाघको मृत्यु
पोखरा, ४ असार । कास्कीको रुपापाउँपालिका वडा नं ७ धारापानीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । स्थानीय ३४ वर्षीय तुल बहादुर गुरुङ आफ्नै बारीमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो । बाघ देखेर भाग्ने क्रममा पछ्याउँदै उनलाई आक्रमण गरेको बताइएको छ । बाघको प्रतिकार गर्ने क्रममा स्थानीय ३२ वर्षीय मिलन गुरुङ...