मूख्य समाचार

कोभिडको जोखिम बढ्ने सङ्केत
नारायण ढुङ्गाना काठमाडौँ, २४ असार (रासस) :विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा सङ्क्रमण दरमा वृद्धि भइरहेकाले जोखिम बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराएको छ...
पहिरोले राजमार्ग अवरुद्ध, सात जिल्लाको यातायात ठप्प
अमरगढी, २४ असार (रासस) । पहिरा खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयवासीले जनाएका छन् । राजमार्गमा माथिबाट पहिरो खसेको छ । राजमार्ग सञ्चालन गर्न बिहानैदेखि डोजर...
खोलाले गाडी बगायो, तीन जना बेपत्ता
पर्वत, २३ असार (रासस) :। जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम...
एक बर्खामै उप्किन्छन् कालोपत्र सडक
तारानाथ आचार्य बलेवा, २० असार (रासस) । दुई महीना पहिले कालोपत्र भएको बागलुङ नगरपालिका–१३ पैँयुपाटाको सडक चार ठाउँमा उप्किएको छ । यस वर्ष कालोपत्र भएको झण्डै ५०० मिटर खण्डको बीचमा कालोपत्र उप्किएर खाडल बनेका छन् । सडक मुनिबाट खसेको पहिरो, सडक माथिबाट आउने पहिरो र जमीन नै भासिएपछि कालोपत्रे उप्किएको हो । सङ्घीय सरकारको रणनीतिक...
यी क्षेत्रमा भारी वर्षाः सतर्कता अपनाउन अपिल
काठमाडौँ, १९ असार (रासस) । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान...
महामारी हटेको होइन, घटेको मात्र हो, तेस्रो लहर भित्रिन सक्ने
एकराज पाठक काठमाडौँ, १८ असार (रासस) ः भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको ‘कोभिड–१९’ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै शहर खुला गरिएको छ । त्यहाँका जनस्वास्थ्यविद्हरुले भने दोस्रो लहरको सङ्क्रमण दर घट्दैमा सबै क्षेत्र खोलेर भीडभाड बढाउनु घातक हुनसक्ने बताउँछन् । उनीहरु कोभिडको तेस्रो लहरको सम्भावनाले छोपिसकेकातर्फ सरकारको ध्यानाकर्षण...
पहिरामा पुरिएका दुईको जीवितै उद्धार
तनहुँ, १८ असार (रासस) । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन् । बिहान अन्दाजी पाँच बजेको समयमा...
ठगी धन्दा बढेकाले आफ्नो गोप्य विवरण कसैलाई नदिन अनुरोध
काठमाडौँ, १६ असार (रासस) । विज्ञान र प्रविधिको उपजको रुपमा रहेको सामाजिक सञ्जाल आम मानिसको दैनिकी नै बनेको छ । सकारात्मक काममा लागि बनाइएका त्यस्ता सञ्जाललाई दुरुपयोग गर्नेहरु पनि उत्तिकै छन् । पछिल्ला दिनमा त्यही सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेकन प्रकारका ठगी धन्दासमेत भइरहेको छ । विशेषगरी सामाजिक तथा आर्थिक अपराध समेत मौलाएको अवस्था छ...
बुधबारदेखि भारी वर्षा हुने
काठमाडौं, १४ असार (रासस) । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना...
हात्ती आतङ्क, सात वटा घर भत्कायो
महोत्तरी, १४ असार (रासस) । वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको छ । यो गौशालामा एक महिनाभित्रै हात्ती आतङ्कको दोस्रो घटना हो । आइतबार एउटै जङ्गली हात्तीले बडहर्वा बस्तीका केशवबहादुर सिञ्जाली, मानबहादुर विश्वकर्मा, मङ्गलबहादुर...
पोखरा महानगरका सेवा आजदेखि सञ्चालनमा
कास्की, १३ असार (रासस) । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगर सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन् । महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा कार्यालयमा सुरक्षाका मापदण्डको पूर्ण पालना गराउँदै सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताउनुभयो । कोरोनाको दोस्रो...