मूख्य समाचार

साउन १५ गतेभित्र ३२ लाख खोप, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै
शरद् शर्मा काठमाडौँ, २ साउन (रासस) । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट...
एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित, नयाँ भेरियन्टको आशङ्का
पर्वत, १ साउन (रासस) ।पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका सङ्क्रमित...
महाकाली नदीमा डुबेर बालिकाको मृत्यु
कञ्चनपुर, ३१ असार (रासस) । दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो । बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमाण्डमा १० जनाको टोली र...
कास्कीका लागि ३६ हजार मात्रा भेरोसिल खोप, आजदेखि लगाइदै
पोखरा, ३० असार । कास्कीमा कोभिड विरुद्वको खोप लगाइदै छ । कास्कीका लागि ३६ हजार मात्रा भेरोसिल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो । प्रमुख आचार्यले सबै स्थानीय तहका वडास्तरमा खोप केन्द्र तोकिएकाले सम्वन्धित स्थानीय तहको सूचनाका अनुसार खोप केन्द्रमा गई स्वास्थ्य मापदण्ड पालना गरी खोप लिन अनुरोध गर्नुभएको छ...
सभापति देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्दै
काठमाडौँ, २९ असार (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनःस्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो । सोही फैसलानुसार राष्ट्रपतिले...
गण्डकी प्रदेशमा यस्तो छ कोभिड विरुद्वको खोपको तयारी
पोखरा, २९ असार । गण्डकी प्रदेशका नागरिकलाई कोभिड विरुद्वको खोप लगाइदै छ । कास्कीमा लमजुङ्, तनहुँमा आज मङ्गलबारदेखि नै खोप शुरु हुँदैछ । मनाङ, मुस्ताङ, म्याग्दी, नवलपरासी, स्याङ्जा लगायतका जिल्लामा भने सम्भवत् भोलिदेखि शुरु हुने तयारी छ । ‘आजदेखि नै गण्डकीमा खोप शुरु हुने छ, स्वास्थ्य निर्देशनालय गण्डकीका प्रमुख खिम बहादुर खड्काले भन्नुभयो– जिल्लाको बस्तुस्थित...
दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश
काठमाडौँ, २८ असार (रासस) । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो । अदालतले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठकले बोलाउनसमेत...
सिल्टेसन ड्यामको विषयमा कानूनी उपचार खोजिने
गण्डकी, २८ असार (रासस) । फेवातालको शिर हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याममा वर्षाका कारण गम्भीर क्षति पुगेको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका टीकाटिप्पणीप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले चार वटा खोलामा निर्माण गरेका सिल्टेसन ड्याममध्ये हपर्न खोलामा बनाइएको डयाममा क्षति...
गण्डकी प्रदेशमा नयाँ भेरियन्ट पुष्टि
पोखरा, २७ असार । गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । गण्डकी प्रदेशका पाँच जनामा नयाँ भेरियन्ट डेल्टा पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका १४ र ६० वर्षीय पुरुष, गोरखाको बारपाक मुलिकोट गाउँपालिकाका ७०, ३३ र ४० वर्षीया तीन महिलामा पुष्टि भएको हो । यसको संक्रमण दर...
चर्को भाडा असुल्ने चालक पक्राउ
गोरखा, २६ असार (रासस) । गोरखा निषेधाज्ञा उल्लङ्घन गरी चर्को भाडा असुल्ने दुई सवारी चालकलाई पक्राउ गरिएको छ । निषेधाज्ञामा गोरखाबाट काठमाडौँ यात्रु बोकेर जाँदै गरेको अवस्थामा बा५ख १०७३ र बा५ख १०७७ नंको माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो । “बाह्य जिल्लाबाट सवारी साधन जिल्लाभित्र...
शिक्षकहरु धर्नामा
पोखरा, २५ असार । नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति कास्कीले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ कास्कीमा धर्ना दिएको छ । समितिको अगुवामा पुगेका शिक्षकहरुले बिहान १० देखि १ बजेसम्म धर्ना दिएको नेपाल शिक्षक संघ कास्कीका सचिव राजु क्षत्रीले जानकारी दिनुभयो । समितिले विभिन्न ३१ बुँदे माग सहितको ज्ञापनपत्र पनि बुझाएको छ । आन्दोलन...
कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु
मङ्गलबारे, २५ असार (रासस) । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना...