मूख्य समाचार

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
सिद्धार्थनगर, ९ साउन (रासस) ः निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । उहाँले भन्नुभयो, “हामी...
निषेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण
 शरद शर्मा काठमाडौँ, ८ साउन (रासस) : निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता...
सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, ८ साउन (रासस) । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिनुभयो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा...
कोरोना महामारीमा विष सेवन गर्ने बढे
काभ्रेपलाञ्चोक, ७ साउन (रासस) : डाँडापारि गाउँपालिकाका ४३ वर्षीय बारपाक तामाङ मादक पदार्थको लत बसेपछि दिनहुँ घरायसी झगडा गर्ने गर्थे । गत असार १० गते उनले ४० वर्षीया श्रीमती माइलीलाई समेत मादक पदार्थ सेवन गर्न आग्रह गरे पनि उनले मानिनन् । माइलीको इन्कारी पछि बारपाकले बारीको झार मार्नका लागि तयार पारेर राखेको विषादी खान्छु भन्दै...
नहरमा डुबेर दुईको मृत्यु
चितवन, ७ साउन (रासस) । नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा...
भोली सार्वजनिक विदा
पोखरा, ५ साउन । सरकारले साउन ६ गते बुधबार सार्वजनिक विदा दिने भएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको मनाउँने बक्र इद(इद उल अजहा) को अवसरमा विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को साउन ४ गतेको बैठकले विदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयका सहसचिव÷प्रवक्ता जनकराज दाहालले आज सूचना प्रकाशित गरी सबै सरकारी कार्यालयहरु, निकायहरु,...
घर घरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै
काठमाडौँ, ५ साउन (रासस) ः प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल...
पहिरोका कारण गलेश्वरपारिको बस्ती उच्च जोखिममा
गलेश्वर, ४ साउन (रासस) । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभर जाग्राम बस्न बाध्य भएका छन् । बस्तीमाथिको भिरालो पाखो लस्किएर बस्ती नजिक आइपुगेको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापर्बाही गर्दा बस्ती नै पहिरोको जोखिममा परेको स्थानीयवासी बताउँछन् । गत वर्षदेखि...
प्रधानमन्त्री देउवाले पाउनुभयो विश्वासको मत
काठमाडौँ, ३ साउन (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो । आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो...
८३ वस्तुको नाम सम्झेर अर्पणद्वारा स्मरण शक्तिमा विश्व कीर्तिमानको दाबी
झापा, ३ साउन (रासस) । झापाका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान कायम गरेको दाबी गर्नुभएको छ । ‘मेमोरी किङ’ उपनामले परिचित उहाँले विसं २०७२ मा एक मिनेटमा ४२ वटा वस्तु शुङ्खलाबद्ध स्मरण गरेर पहिलो पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनु भएको थियो । त्यसपछि नवल पञ्जियारले त्यही विधामा ५४...
आज जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने
धनुषा, ३ साउन (रासस) । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उहाँले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल...
फेरि बढ्यो सङ्क्रमण, अवस्था फेरि जटिल बन्न सक्छ
शर्मिला पाठक काठमाडौँ, २ साउन (रासस) ।पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देखिने गरेको थियो । निरन्तर भएको लकडाउन र सजकता अपनाउँदा...