मूख्य समाचार

यस्ता छन् सरकारका प्राथमिकता
काठमाडौँ, २४ साउन (रासस) । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री...
साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक हुँदै
काठमाडौँ, २४ साउन (रासस) । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रुप दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक सहभागी हुनुभएको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । सो प्रतिवेदनलाई सरकारले आजै अपराह्न ४...
नक्कली परीक्षार्थी राख्ने पक्राउ
डोटी, २३ साउन (रासस) ।नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी राखी परीक्षा दिन लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–३ का २० वर्षीय करन बिसी रहेका छन्। प्रदेश प्रहरी तालीम केन्द्र दिपायलमा भइरहेको अन्तर्वार्तामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गरिँदा बिसीले नक्कली परीक्षार्थी खडा...
बिस्कुट कारखानामा आगलागी
काठमाडौँ, २३ साउन (रासस) । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । आज बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट...
झण्डा हल्लाउँने गाडि चढ्दै छोराछोरीलाई महंगा निजी विद्यालय पढाउने प्रवृत्ति अन्त्य गरौं – आचार्य
पोखरा, २२ साउन । गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले मन्त्री, सांसद र सरकारी सेवा लिनेले सबैभन्दा पहिलो आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालय पढाउने प्रतिवद्वता गर्न आवश्यक रहेको बताउनु भएको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले तयार पारेको प्रदेश शिक्षा नीति २०७८ को प्रारम्भिक मस्यौदामाथिको छलफल कार्यक्रममा उहाँले झण्डा...
कांग्रेसको प्रतिनिधि पात्र हुँ,व्यक्तिगत स्वार्थ त्यागेर कांग्रेसको शिर उचो बनाउँछु – श्रेष्ठ
पोखरा, २२ साउन । नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समितिले गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई बधाई दिदै सम्मान गरेको छ । सम्पर्क समितिको तर्फबाट अध्यक्ष पवन नेपाललगायत अन्य सदस्यहरुले दोसल्ला र मायाको चिनोले सम्मान गर्नु भएको थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले गण्डकी प्रदेशका सबै जनतालाई कोभिड–१९ विरुद्धको...
गण्डकी प्रदेशको शिक्षा नमुना बनाउनुपर्छ – श्रेष्ठ
पोखरा, २१ साउन । गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशको शिक्षा नेपालको नमुना बनाउने बताउनु भएको छ । ‘गण्डकी प्रदेशको शिक्षा ‘ब्राण्डेड’ हुनुपर्छ, सबैले यहाँबाट सिक्ने गरी शिक्षा नीति बनाउनुपर्छ, उहाँले भन्नुभयो – यहाँ पढेको विद्यार्थीलाई सरकार र निजी क्षेत्र समेत खोजेर र पर्खेर जागिर दिने...
करेन्ट लागेर दाजुभाइको मृत्यु
बैतडी, २१ साउन (रासस) । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु...
सङ्क्रमितले भरिए अस्पताल
झापा, २० साउन (रासस) । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा टङ्क बाराकोटीले बताउनुभयो । अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ ।...
मन्त्रिपरिषद्ले ग¥यो यस्तो निर्णय
काठमाडौँ, १९ साउन (रासस) । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको पदाधिकारी नियुक्तिका लागि एक वर्ष पहिल्यै सिफारिस भएको थियो । विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित...
सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
शरद शर्मा काठमाडौँ, १९ साउन (रासस) : काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहँुजसो बिरामी बढेका हुन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन...
मेलम्चीले सात घर बगायो
सिन्धुपाल्चोक, १९ साउन (रासस) । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिनुभयो । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा...