मूख्य समाचार

बुवाले हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु
रामपुर, ३० साउन (रासस) ।पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ्गली स्याललाई हान्ने क्रममा अचानक छोरा धनबहादुरको टाउकामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एकनाले...
हरेक व्यक्ति आत्मनिर्भर बन्न सीप आवश्यक – शर्मा
पोखरा, २९ साउन । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले हरेक व्यक्ति आत्मनिर्भर बन्न सीप आवश्यक पर्ने बताउनु भएको छ । ‘मुलुक समृद्व बनाउन हरेक नागरिकलाई आत्मनिर्भर बनाउनुपर्छ उहाँले भन्नुभयो, त्यसैले हरेक व्यक्तिलाई सीप दिएर दक्ष बनाउनुपर्छ ।’ पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकीले पशु सेवा तालिम केन्द्र पोखराको समन्वयमा आयोजना गरेको पशु...
नागपञ्चमी पर्व : घरघरमा नागको पूजा आराधना गरिँदै
पूर्णप्रसाद मिश्र काठमाडौँ, २९ साउन (रासस) : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा...
कर्मचारी हितका लागि गरिएका सहमति कार्यान्वयन गर्न काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुको माग
पोखरा, २८ साउन । पोखरा महानगरपालिका दलको नेता तथा सचेतक (ने.का) रामराज लामिछानेले बिहीबार विज्ञप्ति प्रकाशित गरी कर्मचारीको हितका लागि विगतमा गरिएका सहमति कार्यान्वयन गर्न माग गर्नुभएको छ । नगर सभाको दिन बिहान पोखरा महानगरपालिकाका प्रमुखको कार्य कक्षमा उहाँकै अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत, दुवै दलका नेता तथा सचेतक, प्रवक्ता ,ने.कातर्फ दलका उप–नेता र प्रशासन प्रमुख...
कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित कडा निषेधाज्ञा
बागलुङ, २८ साउन (रासस) । कडा प्रावधानसहित यहाँ आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप गरिएको छ । अत्यावश्यबाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । यसअघि गत मङ्गलबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो । केन्द्रका संयोजक...
अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय, काम ठप्प
पूर्णप्रसाद मिश्र काठमाडौँ, २८ साउन (रासस) : असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय...
चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिनः घिसिङ
काठमाडौँ, २७ साउन (रासस) ः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भन्नुभयो, “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती...
माइकमा करेन्ट प्रवाह भई दुई जनाको मृत्यु
धनुषा, २७ साउन (रासस) । धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको...
नेपाल टेलिकमका कर्मचारी आन्दोलित, कार्यालयमा धर्ना
पोखरा, २६ साउन । संयुक्त संघर्ष समितिको अगुवाइमा नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित भएका छन् । ट्रेड युनियन अधिकार रक्षा एवं संस्थागत विकास र सुशाशनका लागि आन्दोलनमा उत्रनु परेको कर्मचारीको भनाइ छ । कर्मचारी विनियमावली कर्मचारी मैत्री बनाउनुपर्ने, कर्मचारीहरुलाई समान र सम्मानजनक सामाजिक सुरक्षा एवं वृत्ति विकासको अवसर सृजना हुने गरी कर्मचारी विनियमावलीमा व्यवस्था गर्नुपर्ने माग...
दुई पसल जलेर नष्ट
गलेश्वर, २६ साउन (रासस) । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट...
कर्मचारीको नयाँ तलबमान स्वीकृत
काठमाडौँ, २५ साउन (रासस) । सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले सबै तहका निजामती कर्मचारी,...
बेलायतमा भूपू गोर्खाको आमरण अनशन
लन्डन, २५ साउन (रासस) । समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपरेको आमरण अनशनरत एक सदस्य ज्ञानराज...