मूख्य समाचार

प्राज्ञिक शोध गर्नेलाई केन्द्रीय बैंकले शोधवृत्ति उपलब्ध गराउने
काठमाडौँ, २ भदौ (रासस) । नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ । सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यही भदौ १ गते बैंकका तर्फबाट जनशक्ति...
अनौठो घटना, मिथेन ग्यास मिसिएको पानीको फोहोरा निस्कियो
नारायणप्रसाद घिमिरे काठमाडौँ, २ भदौ (रासस) । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडाँै कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी...
अब बिनामास्क प्रवेश पाईदैन
ललितपुर, २ भदौ (रासस) । विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबारदेखि सो व्यवस्था गरेको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भन्नुभयो, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई...
अब धेरैले लाइसेन्स पाउँने, यस्तो छ तयारी
सञ्चिता घिमिरे काठमाडौँ, १ भदौ (रासस) ।सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो । परीक्षा प्रणाली कडा...
पुनः भरिन थाले कोभिड अस्पताल र आइसोलेशन
मान्म, १ भदौ (रासस) । विगत केही दिनदेखि खाली रहेका कालीकोटका कोभिड–१९ विशेष अस्पताल र आइसालेशन फेरि पुनः भरिन थालेका छन् । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्दै गएको छ । सङ्क्रमण नियन्त्रणका लागि सावधानी नअपनाउँदा सङ्क्रमणका बिरामीले अस्पताल तथा आइसोलेशन कक्ष फेरि भरिन थालेका हुन् । जिल्लामा...
तीन गुणाले बढ्यो सवारी दुर्घटना
बनियानी, १ भदौ (रासस) । झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताउनुभयो । झापामा आर्थिक वर्ष २०७६÷७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७÷७८ मा करिब...
सरकारले यसरी गर्नेछ अफगानिस्तानमा रहेका नेपालीको उद्धार
सिबी अधिकारी काठमाडौँ, ३२ साउन (रासस) । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुुशल शीघ्र उद्धार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो । बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम...
पहिरोले कर्णाली नदी थुनिने खतरा
मार्तडी, ३२ साउन (रासस) ।बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो बग्न थालेपछि कर्णाली नदी थुनिने खतरा बढेको स्थानीयवासीले बताएका छन् । गाउँपालिकाको रुणी गाउँको तल्लो भाग र छुद्दरी गाउँको नजिकै...
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरा, ३१ साउन । फेवाताल क्षेत्रमा तराईको माछा फेवातालको माछा भन्दै विक्री गर्नेलाई कारवाही गर्न माग गरिएको छ । हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेड पोखरा १८ खपौदी कास्कीले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाएर त्यस्तो माग गरेको हो । ज्ञापनपत्रमा जनकपुरका माछालाई फेवातालको माछा भन्दै  झुक्याएर विक्री गर्ने ६ जनाको नाम...
कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि बारअनुसार सेवा प्रवाह
काभ्रेपलाञ्चोक, ३१ साउन (रासस) । पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि बारअनुसारको सेवा दिने जनाएका हुन् । प्रशासन कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी...
काँग्रेस १४औं केन्द्रीय महाधिवेशनको नयाँ मिति तय
पोखरा, ३० साउन । नेपाली काँग्रेसको १४औं केन्द्रीय महाधिवेशनको नयाँ मिति तय भएको छ । केही समयदेखिको अन्यौलता अन्त्य गर्दै महाविधेशनको नयाँ कार्यतालिका तय भएको हो । नयाँ तालिका अनुसार महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाण्डौंमा हुने भएको छ। काँग्रेस सभापति शेर बहादुर देउवा निवासमा शनिवार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनसँग सम्वन्धी क्रियाशील सदस्यको...
देशका अधिकांश स्थानमा वर्षा हुने
काठमाडौँ, ३० साउन (रासस) ।आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । “वर्षा निरन्तर एकै...