मूख्य समाचार

बेलायतमा १२ औँ नेपाली मेला हुँदै
लण्डन, ८ भदौ (रासस) । प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ । बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य रहेको परोपकारी संस्था तमुधिं युकेले लण्डनस्थित नेपाली दूतावाससँगको सहकार्यमा मेला गर्न लागिएको जनाएको छ । नेपाली...
किन झ्याप्पझ्याप्प जान्छ बत्ती ?
काठमाडौँ ७ भदौ (रासस) । लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ । यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो । नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रुखो हुन थाल्यो । एकातिर फोन...
छोरालाई मिर्गौला दान दिने तयारीमा कुमारी
दमौली, ७ भदौ (रासस) । छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र ? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई । २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनीका मुहारमा खुशी छैन । छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित हुनुहुन्छ । कमजोर आर्थिक अवस्था र...
नाटकीय ढङ्गबाट १० महिने शिशुको अपहरण, रोकाय पक्राउ
कर्णाली, ६ भदौ (रासस) । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको...
मन्त्री शर्मा चिसाखोला वेद विद्याश्रममा
पोखरा, ६ भदौ । उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा पोखराको चिसाखोला वेद विद्याश्रम पुग्नुभएको छ । विद्याश्रमको अवलोकनका लागि पुग्नुभएका मन्त्री शर्मालाई विद्याश्रमका पदाधिकारी एवं सदस्यहरुले स्वागत गर्नुभएको थियो । त्यसक्रममा उहाँले विद्याश्रमको विकासका लागि के गर्न सकिन्छ त्यस बारे अध्ययन गर्ने बताउनुभयो । विद्याश्रमलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने...
वन विज्ञानमा १० लाख अमेरिकी डलर पुरस्कार रहेको हल्ट प्राइज प्रतियोगिता हुने
पोखरा, ५ भदौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा यस वर्ष पनि क्याम्पस स्तरीय हल्ट प्राइज प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पस डाइरेक्टर उरूषा लम्साल र डिपुटी क्याम्पस डाइरेक्टर संस्कार सुवेदी सहितको आयोजक समिति गठन भएको छ । प्रतियोगिताको तयारी तीव्र पारिएको छ । गत वर्षको अन क्याम्पस विजयी समूह...
कास्कीमा यस्तो छ कोभिड विरुद्व खोपको अवस्था
पोखरा, ४ भदौ । कास्की हालसम्म कोभिड विरुद्व दुई लाख ८० हजार चार सय १८ मात्रा खोप लगाइएको छ । एक लाख ४८ हजार दुई सय ५२ जनाले कोभिड विरुद्वको पूर्ण खोप लगाएका छन् । एक लाख ५७ हजार दुई सय ७६ जनाले पहिलो मात्रा र एक लाख २३ हजार एक सय ४२ जनाले दोस्रो...
शिक्षक–प्रहरी झडप , १२ घाइते
महेन्द्रनगर, ४ भदौ (रासस) । लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै यहाँ धर्ना सुरु गरेको थियो । सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि...
४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा
काठमाडौँ, ४ भदौ (रासस) । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ । आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२...
पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु
रसुवा, ३ भदौ (रासस) । गएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ । निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो । राति...
१३० देशका राष्ट्रगान गाउन सक्ने रामजी
रामबहादुर थापा बागलुङ, ३ भदौ (रासस) । पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिड–१९ को दोस्रो लहरका कारण बिराम लागेपछि विश्व राष्ट्रगान यात्री रामजी नेपाली अहिले गृहजिल्ला फर्किनुभएको छ । गायक नेपालीले कोरोना महामारीले विश्वयात्रामा त अवरोध खडा ग¥यो नै देशभित्रै पनि निष्फिक्री घुम्न पाउनुभएको छैन । मानिस भेला पारेर कार्यक्रम गर्नु त...
पहिरोमा परेर एकको मृत्यु, चार बेपत्ता
त्रिशूली, ३ भदौ (रासस) । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको निधन भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान २ः३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप...