मूख्य समाचार

काठमाण्डौका युवक पोखरामा बेपत्ता
पोखरा, १ जेठ । काठमाण्डौ टोखा नगरपालिका वडा नं.८ टोखा बस्ने २८ वर्षीय विश्वास अर्याल बेपत्ता हुनुभएको छ । उहाँ वैशाख २९ गतेदेखि वेपत्ता हुनुभएको हो । घरबाट पोखरा साथीको बिहेमा जान्छु भनी हिडेकोमा हालसम्म सम्पर्कमा नआएको आफन्तको भनाइ छ । उहाँका आफन्तले खोजतलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिनुभएको ेछ ।...
पोखरामा उपभोक्ता अधिकारबारे चर्चा
पोखरा, ३० वैशाख । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले मिटरब्याज र सहकारीबाट पीडितहरुको समस्या देखेर दिक्क लाग्ने गरेको बताउनुभएको छ । उहाँले तराइमा जस्तो मिटर ब्याज पीडितको संख्या ठूलो नभए पनि कास्कीमा करोडौं रुपैयाँसम्मको कारोबार भएको र सहकारीबाट पीडितको समस्या पनि उस्तै भएको बताउनुभयो । एक व्यक्तिले १७ लाख रुपैयाँ ऋण लिएर १ करोड...
गण्डकी प्रदेश सरकारले पायो पूर्णता
पोखरा, २९ वैशाख । गण्डकी प्रदेश सरकारले शुक्रबार पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । उहाँले शुक्रबार नै मन्त्रीहरुको कार्यविभाजन पनि गर्नुभएको छ । वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त हुनुभएको थियो । सोही दिन दुई मन्त्री नियुक्त गर्नुभएका मुख्यमन्त्रीले शुक्रबार चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको...
वेगनासतालमा युवकको शव भेटियो
पोखरा, २५ वैशाख । पोखराको बेगनासतालमा एक युवकको शव भेटिएको छ । उदयपुर घर भएका अन्दाजी ३१ वर्षीय अनुप भण्डारीको शव भेटिएको प्रहरीले जनाएको छ । तालछेउको पानीमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
एन प्याव्सन कास्कीको दुई दिने शिक्षक प्रशिक्षण कार्यक्रम
पोखरा, २३ बैशाख । नेशलन प्याव्सन कास्कीको आयोजनामा दुई दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दुई दिनको प्रशिक्षण कार्यक्रममा एन प्याव्सनमा आवद्ध विद्यालयका करिव ६ सय ५० जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो । तालिममा कक्षा १ देखि १० सम्मका विषयगत शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो । नयाँ पाठ्यक्रमको वारेमा सहजिकरणसँगै शिक्षण पद्धति...
जि. स. स. महासंघ गण्डकीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझायो
वैशाख २१ ,पोखरा । जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । महासंघको टोलीले मुख्यमन्त्री पाण्डेलाई सफल कार्यकालको कामना सहित विभिन्न १० बुँदे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा जिल्ला समन्वय समितिको कामलाई थप ब्यबस्थित बनाउन अनुगमन ,मुल्यांकन ,समन्वय ,सहजीकरण र सन्तुलित विकासमा केन्द्रीत रहि छिटो भन्दा...
नेपाल व्युटिसियन संघको केन्द्रीय उपाध्यक्षमा रानाभाट
पोखरा, १७ वैशाख । नेपाल व्युटिसियन संघको चौथो राष्ट्रिय महाधिवेशनबाछ पोखराकी शर्मिला रानाभाट केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । केन्द्रीय उपाध्यक्ष नै प्रदेशको अध्यक्ष रहने प्रवधान अनुसार उहाँले गण्डकी प्रदेशको पनि अध्यक्ष रहनु हुनेछ । रानाभाट नेपाल व्युटिसियन संघ कास्कीको निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँ विगत १५ वर्षदेखि व्युटिसियन व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले...
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको जिल्ला अधिवेशन वैशाख १८ गते
पोखरा, १६ वैशाख । वैशाख १८ गते पोखरामा हुने नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको सातौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला भरका सात हजार बढि श्रमिक आवद्ध रहेको एटियुसीको जिल्ला अधिवेशन अन्तर्राट्रिय श्रमिक दिवसको दिन वैशाख १८ गते सोमबार हुने जिल्ला अध्यक्ष विजयराज भण्डारीले जानकारी दिनुभयो । नेपाली कांग्रेसका...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
पोखरा, १४ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखले नेपालको संविधान १६८(२) बमोजिम बहुमतको सरकारको गठनका लागि आज दिउँसो ४ बजेसम्मको समयसिमा दिनुभएको थियो । बहुमतको सरकार गठनका लागि नेपाली काँग्रेसहितका दलले दावी पेश गरेका थिए ।...
छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ समाजको अध्यक्षमा न्यौपाने
पोखरा, १० वैशाख । छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ समाजको १७ औ वार्षिक सम्मेलन तथा साधारण सभाले प्रा. डा. सरास्वती न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. मनिषा सिंह, सचिवमा डा. निरज पराजुली, कोषाध्यक्षमा डा. रमेश शर्मा, संयुक्त सचिवमा डा. मोहन भुषाल र सदस्यहरुमा डा. सुवाष बराल, डा. सूचना मरहट्टा,...
परिवर्तन हुने भयो गण्डकी प्रदेश सरकार
पोखरा, ९ वैशाख । गण्डकी प्रदेश सरकार परिवर्तन हुनेभएको छ । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन असफल भएपछि सरकार फेरिने भएको हो । मुख्यमन्त्री अधिकारीले प्रदेश सभा बैठकमा शनिवार विश्वासको मत पाउँ भनि गरेको प्रस्तावमा बहुमत प्राप्त गर्न सक्नु भएन । उहाँको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको छ । गण्डकी प्रदेश प्रमुख...
पर्यटनमा सम्भावना बढाउँदै सकियो प्रवद्र्धन
– वासुदेव पौडेल पोखरा, ९ वैशाख । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख शहरहरूमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ । कोभिड १९ को प्रभाव एवम् अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भैरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत...