मूख्य समाचार

काँग्रेस पोखरा महानगरको नेतृत्वका लागि वास्तोलाद्वारा उम्मेद्वारी घोषणा
पोखरा, २१ भदौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पोखरा महानगरपालिकाको सभापति पदको लागि पोखरा ११ फूलबारीका मोहन प्रसाद बास्तोलाले उम्मेद्वारी घोषणा गर्नुभएको छ । पोखरामा सोमबार पत्रकार सम्मेलन गरी आफ्नो वडाका क्षेत्रीय प्रतिनिधिको उपस्थितिमा उहाँले उम्मेद्वारी घोषणा गर्नुभएको हो । उहाँ हाल पोखरा महानगरपालिका वडा नं ११ को वडा अध्यक्ष हुनुहुन्छ । जनप्रतिनिधिका रुपमा...
भौतिक उपस्थितिमा पठनपाठन
दमौली, २१ भदौ (रासस) । गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण भेगमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो । जिल्लाका व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट...
कांग्रेस महाधिवेशनःवडादेखि नै युवा नेतृत्व स्थापित
पूर्णप्रसाद मिश्र काठमाडौँ, २० भदौ (रासस) । राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ । युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेतृत्वमा स्थापित हुन थालेका छन् । ९० वर्षसम्मका क्रियाशील...
आजदेखि ‘लाइसेन्स’ परीक्षा
काठमाडौँ, २० भदौ (रासस) । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन ःसञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित...
चन्दागिरि खुलेकै दिन आज दुई हजार पुगे
काठमाडौँ, १९ भदौ (रासस) । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार आजदेखि सञ्चालनमा आएको छ । गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केबलकार बन्द भएको थियो । चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा आज पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उहाँले...
कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग
काठमाडौँ, १९ भदौ (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जनाउनुभएको छ । उहाँले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गर्नुभएको छ । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो...
पोखराका बैकर्स विज्ञ अधिकारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक नियुक्त
पोखरा, १८ भदौ । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा पोखराका बैंकर्स विज्ञ विश्व मोहन अधिकारी नियुक्त हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयको सिफरिसमा बुधबारको मन्त्रिपरिषद् बैंठकले उहाँलाई नियुक्त गरेको हो । खुल्ला प्रतिस्पर्धाका आधारमा अधिकारी नियुक्त हुन सफल हुुनुभएको हो । कोषको कार्यालय काठमाण्डौंको अनामनगरमा रहेको छ । कास्कीको...
मलेसियामा एक नेपाली युवकको मृत्यु
बैतडी, १७ भदौ (रासस) । यहाँ घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिनुभयो । कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ...
पोखरामा पहिरामा परेर तीनको मृत्यु, एक बेपत्ता
गण्डकी, १७ भदौ (रासस) । अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् । लगातारको वर्षापछि गए राति आएको पहिराले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलाममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उहाँकी...
काँग्रेसकोे भवन निर्माणका लागि रु एक करोड बराबरको जग्गादान
महोत्तरी, १६ भदौ (रासस) । नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले औरही नगर कार्यपालिकाको कार्यालय भवन निर्माणका लागि १४ कठ्ठा जग्गादान गर्नुभएको छ । औरही–८ टिम्कियाबाट श्रीपुर जाने सडकमा पर्ने सो जग्गा उहाँले मङ्गलबार नै नगर कार्यपालिकाका नाममा रजिष्ट्रेशनपास गरिदिनुभएको नगरप्रमुख सुनिलकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सो जग्गा करिब रु एक करोड मूल्य...
पोखरा महानगरपालिकामा नियम मिचेर बढुवा गरिएकोमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुको आपत्ती
पोखरा, १५ भदौ । पोखरा महानगरपालिकाले नियम मिचेर एक जना अ.स.ई प्रहरीलाई एकाएक स.ई.मा बढुवा गरेकोप्रति आपत्ती जनाइएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका दलको नेता तथा सचेतक रामराज लामिछानेले विज्ञप्ति प्रकाशित गरी त्यस्तो गतिविधिप्रति आपत्ती जनाउनु भएको हो । नगर प्रहरीमा स.ई. पद प्रतिस्पर्धा बिना बढुवा गर्न नमिल्ने, पदपूर्ति समितिको सिफारिस नगरेको र करार...
२३ वर्षपछि चुरे पहाडको पहिरो बस्तीमा झ¥यो
लुम्बिनी, १४ भदौ (रासस) ।रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा २३ वर्षपछि चुरे पहाडको पहिरो झरेर सिङ्गो बस्ती नै प्रभावित पारेको छ । दुई दिनदेखि परेको लगातारको वर्षाका कारण आइतबार बिहानदेखि बस्तीमाथि रहेको चुरे पहाडबाट खसेको पहिराले त्यस क्षेत्रका तीन दर्जनभन्दा बढी घरमा क्षति भएको छ । आज बिहानैदेखि परेको वर्षाका कारण थप सात घरमा क्षति...