मूख्य समाचार

पृथ्वी राजमार्ग अवरुद्ध
भरतपुर, ६ असोज (रासस) । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन...
सरकारले राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलायो
काठमाडौँ, ५ असोज (रासस) । सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै...
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
बलेवा, ५ असोज (रासस) । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया...
नारायणगढ–बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस
नवलपुर, ५ असोज (रासस) । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् । जिल्लाको गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा...
घट्यो सुनको मूल्य
काठमाडौँ, ४ असोज (रासस) । नेपाली बजारमा आज सुनको मूल्य रु दुई सयले घटेको छ । छापावाल सुन आइतबार रु ८९ हजार एक सयमा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार नौ सय तोकिएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु...
पूजाको विषयमा दुई पक्षबीच कुटाकुट, एकको मृत्यु
जलेश्वर, ३ असोज (रासस) । महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो । सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु...
रु एक करोड ५० लाखको जग्गा आँखा उपचार केन्द्रलाई दान
चितवन, ३ असोज (रासस) । पूर्वी चितवनको खैरहनीस्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीयवासी एक परिवारले जग्गा दान गरेका छन् । समाजसेवी जनकबहादुर पाण्डेका छोरा जगतबहादुर पाण्डे, सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले खैरहनी नगरपालिका–८ मा रहेको सात धुर जग्गा नेपाल नेत्रज्योति सङ्घको नाममा हस्तान्तरण गर्नुभएको हो । वडा कार्यालय नजिकै रहेको सो जग्गाको प्रचलित...
जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको २४ औँ स्मृति दिवस
काठमाडौँ, २ असोज (रासस) । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन...
८० वर्षमा नागरिकता
किमाथाङ्का, १ असोज (रासस) । सङ्खुवासभाको मकालु गाउँपालिका–२ की एक वृद्धाले ८० वर्षमा नेपाली नागरिकता पाउनुभएको छ । राम्रोसँग आँखा नदेख्ने कान्छीमा शेर्पाले मकालु–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौँ दिनमा नेपाली नागरिकता प्राप्त गर्नुभयो । असी वर्षीया वृद्धा कान्छीमाले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको प्रमुख जिल्ला...
बोक्सेको भिरमा बोलेरो जिप दुर्घटना, तीनको मृत्यु
ओखलढुङ्गा, ३१ भदौ (रासस) । काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मन्थली नगरपालिका–१ कुनौरी, बोक्सेको भिरमा भएको दुर्घटनामा जिपचालक ओखलढुङ्गाको खिजदेम्बा...
पाँच किलो चाँदीसहित दुई पक्राउ
लहान, ३१ भदौ (रासस) । ठुलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय...
‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै
बैतडी, ३० भदौ (रासस) । पछिल्लो समय यहाँ ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । विगतका वर्षमा फाट्टफुट्ट...