मूख्य समाचार

मुगु बस दुर्घटना : २० को मृत्यु भएको प्रारम्भिक विवरण
कर्णाली, २६ असोज (रासस)ः नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको यात्रुबाहक बस छायाँनाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । भे १ ख ३१६७ नम्बरको बस आज दिउँसो एक बजेतिर दुर्घटनामा परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बसमा ३९ यात्रु सवार थिए । प्रदेश प्रहरी प्रमुख डिआईजी गणेशबहादुर...
दसैँ पर्व : पुरानो संस्कृति लोप हुँदै
सुशीला रेग्मी रामपुर (पाल्पा), २६ असोज (रासस) : दसैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दसँैको रौनकता छाउँथ्यो । अहिले भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहँुदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक प्रविधिको...
घान्द्रुक जीप दुर्घटना अपडेट : जीप चालकसहित आठको मृत्यु, एकको सकुशल उद्धार
कास्की, २५ असोज (रासस) । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान...
पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माणप्रति प्रधानमन्त्री खुसी
गण्डकी, २५ असोज (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले कोरोनाका समयमा पनि भइरहेको निर्माणले आँफुलाई खुसी लागेको बताउनुभएको हो । विमानस्थल सञ्चालनमा ल्याउन समस्याका रुपमा रहेको विमानस्थलको दक्षिणतर्फस्थित...
जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते
डोटी, २५ असोज (रासस) ।अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिका–३ का...
प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो : प्रधानमन्त्री
गण्डकी, २४ असोज (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहमा उहाँले प्रजातन्त्र कसैले खोस्न नसक्ने र यसको खिलाफमा कसैले सपना नदेखे हुने स्पष्ट पार्नुभयो । गण्डकी प्रदेशलाई साक्षर घोषणा गरी साक्षर प्रदेशको बासिन्दा भएकामा प्रदेशवासीलाई बधाइ व्यक्त गर्दै उहाँले नेपालको...
पृथ्वीराजमार्ग तनहँुखण्ड ः खाल्डाखुल्डीले दुर्घटनाको जोखिम
कृष्ण न्यौपाने दमौली, २४ असोज (रासस) ः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौ लगानी भएपनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन । पृथ्वीराजमार्गका ७२ किलोमिटर पर्ने तनहुँमा ठाउँ–ठाउँमा खाल्डाखुल्डीले गर्दा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती त छँदैछ दुर्घटनाको जोखिम पनि बढाएको छ । जिल्लाका कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे...
दसैँलाई कोसेली भाँगो र डल्ले खुर्सानी
बलेवा, २३ असोज (रासस) ः रोजगारिका लागि आएका दोलखाका कवि न्यौपाने दसैँ मान्न यो वर्ष काठमाडौँ जाँदै हुनुहुन्छ । सिवाइसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका न्यौपानेले दसैँ मान्न घर जानेबेला बाबुलाई सोध्नुभयो, “कोसेली के ल्याउँ बुबा ?” न्यौपानको प्रश्नमा बाबुको जवाफ आयो, “शालिग्राम पाइन्छ भने ल्याउनु, भाँगो र डल्ले खुसार्नी नभुल्नु है...
गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिदै
पोखरा, २२ असोज । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ । गण्डकी प्रदेशलाई यहि असोज २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर प्रदेश घोषणा गर्ने शिक्षा, संस्कृति, विज्ञानप्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै साक्षर प्रदेश घोषणासँगै गण्डकी प्रदेशको नयाँ पहिचान बन्ने उल्लेख गर्नुभयो...
मन्त्रिपरिषद् गठन
काठमाडौँ, २२ असोज (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद...
युकेले रातोसूचीबाट हटायो नेपाललाई
लण्डन, २२ असोज (रासस) । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन् । रातोसूचीबाट हटाए पनि यो लागू भने सोमबार अर्थात् यही...
समस्यामा परेका परिवारलाई सहयोग
पोखरा, २१ असोज । दशैंको मुखैमा खाद्यान्न समस्यामा रहेका एक सय ५५ परिवारलाई सहयोग गरिएको छ । हाम्रो माया नेपाल र स्वयंसेवा नेपालले संयुक्त रुपमा समस्यामा रहेका पर्यटन मजदुरका परिवारलाई सहयोग गरेको हो । नेपाल तमु प्लेल्हु संघ केन्द्रीय समिति, संघकै केन्द्रीय महिला समिति र युवा समितिको समन्वयमा सहयोग गरिएको केन्द्रीय महिला समिति अध्यक्ष पुष्पा...