मूख्य समाचार

तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त
दमौली, २५ कात्तिक (रासस) ।तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन् । दश स्थानीय तहमध्ये ऋषिङ , घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दोस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमण घट्दै गएपछि जिल्लाका पाँच स्थानीय तह कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोरोनामुक्त भएका...
भोलिदेखि जनगणनाः सम्पूर्ण तयारी पूरा
काठमाडौँ, २४ कात्तिक (रासस) । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक २५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो । जनगणनाको पहिलो चरणमा घर...
चक्कु प्रहारबाट मृत्यु
भजनी, २४ कात्तिक (रासस) । कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । दुई समूहबीच झडप...
छठ पर्व ः नदीका किनारमा विशेष साजसज्जा
विराटनगर, २३ कात्तिक (रासस) । तिहारपछि तराईमा उमङ्गका साथ मनाइने छठ पर्वको लागि बजारमा किनमेल गर्नेको भीड लागेको छ । छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ,...
भाइटीकाको दक्षिणा अनाथाश्रमलाई
बाजुरा, २२ कात्तिक (रासस) । समाज व्यक्ति केन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरुका लागि सोच्नेको सङ्ख्यामा पनि कमी छैनन् । यहाँका पाँच दिदी बहिनी कुसुम , सविता , पूजा , लक्ष्मी र निर्मिता थापाले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन् । भाइटीकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने र...
श्रीमान्को लाठी प्रहारबाट श्रीमतीको मृत्यु
देउखुरी, २१ कात्तिक (रासस) ।दाङमा श्रीमान्को लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले...
छैन देउसीभैलोको रौनक
म्याग्दी, २० कात्तिक (रासस)। झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको सङ्गीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ । तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन छ । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा आशिष गीत गाउन...
आगलागीबाट ५० भन्दा बढी मोटरसाइकल जलेर नष्ट, एक करोड ५० लाख बराबर क्षति
उदयपुर, १९ कात्तिक (रासस) । जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताउनुभएको छ...
नगद रु १५ लाख सहित जुवाको खालबाट ११ जना पक्राउ
कास्की,१८ कात्तिक (रासस) । कास्कीको माछापुच्छ«े गाउँपालिकाबाट प्रहरीले रु १५ लाख नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । माछापुच्छ«े–२ तातोपानी स्थित तातोपानीईन होटलमा बुधबार जुवा (तास) खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई तास खेल्दै गरेका अवस्थामा रु १५ लाख २४ हजार ७० नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ...
अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गर्ने कुकुर पुरस्कृत
काठमाडौँ, १७ कात्तिक (रासस) । नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा महाराजगञ्जमा आज आयोजित कार्यक्रममा महाशाखाकी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा देउती गुरुङले कुकुर पुजा एवं पुरस्कृत गर्नुभएको हो । यस वर्ष अपराध अनुसन्धान...