मूख्य समाचार

हावाहुरी प्रभावित २५ परिवारलाई राहत
पोखरा, १८ जेठ । उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावित परिवारलाई युनाइटेड क्लब पोखराले राहत प्रदान गरेको छ । क्लबको विपद् ब्यवस्थापन सहयोगार्थ कोष अन्तर्गत गढी गाँउपालिका वडा नम्बर १, २ र ५ मा हावाहुरीका कारण पूर्ण रुपमा घरमा क्षती भएका २५ परिवारलाई राहत वितरण गरिएको हो । वडाका २५ जना पीडित परिवारलाई क्लबले ४÷४ हजार,...
पोउवा संघको बोर्ड बैठक गिलुङमा
पोखरा,१७ जेठ।पोखरा उद्योग वाणिज्य संघले लमजुङको क्होंलासोथर गाउँपालिकाको गिलुङमा आफ्नो १२ औं कार्यसमिति बैठक गरेको छ । ग्रामीण पर्यटन तथा घरबास कार्यक्रमको प्रवद्र्धन एवं स्थानीय उत्पादनको बजारीकरणको सम्भावना खोजीको लागि संघले क्होंलासोथर ९, गिलुङलाई बैठकस्थल छानेको अध्यक्ष पवनकुमार प्रजापतिले बताउनुभयो । ‘तीनवटै तहका सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएका छन्,हामी सरकारसँगै सहकार्य गर्ने सामाजिक संस्था...
पोखराका गाईभैंसीमा लम्पी स्किन रोगको समस्या
पोखरा, १६ जेठ । पोखरा महानगरपालिका भित्र पालिएका गाईभैंसीहरुमा लम्पी स्किन रोगको समस्या देखिएको छ । वैशाख १० गतदेखि विशेष गरी गाई प्रजातिमा यो रोगको समस्या देखिएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो रोगका कारण हालसम्म पोखरामा ४२ वटा पशुको मृत्यु भएको छ । त्यस्तै सात सय...
आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट
पोखरा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको छ । सरकारको तर्फबाट सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सो बजेट पेश गर्नुभएको हो । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब...
 यूएसए, इजिप्ट र पाकिस्तान बने ‘बेस्ट डेलिगेट’
पोखरा, १५ जेठ । तीन दिनसम्म भएको पोखरा एमयूएन सकिएको छ । युथ थिंकर्स सोसाइटी पोखराको आयोजनामा शुक्रबारदेखि भएको संयूक्त राष्ट्रसंघको नमुना महासभामा तीन जना बेस्ट डेलिगेटबाट सम्मानित हुनुभएको छ । देशभरका १४ जिल्लाबाट प्रतिनिधि गरेका युवा मध्य ३ जनाले बेस्ट डेलिगेट बन्न सफल भएको वाइटिएस पोखराका अध्यक्ष रिजन ढुंगानाले बताउनुभयो । उहाँका अनुसार सहभागी...
पोखरामा राष्ट्र संघको नमुना महासभा हुने
पोखरा, १२ जेठ । पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा शुक्रवारदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महासभामा १५ जिल्लाका एक सय २० जना सहभागी हुने उल्लेख छ । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले कार्यक्रम गर्न लागेको हो । संस्थाका अध्यक्ष रिजन ढुंगानाले महासभामा पोखराका मेयर प्रमुख अतिथि र अमेरिकन दूतावासबाट एक जना प्रतिनिधि सहभागी हुनुहुनेछ...
लागू औषधसहित तीन जना पक्राउ
पोखरा, ११ जेठ । पोखरामा प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्की र लागू औषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । स्याङ्जा भिरकोट – ३ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा – १० बुद्धचोक बस्ने ३२ वर्षीय अनिल खत्री, स्याङ्जा वालिङ –८...
रेडियो हेमजा एघारौं वर्षमा
हेमजा, ११ जेठ । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रवेश गरेको छ । रेडियोले १० बर्ष अगाडि आजकै दिनदेखि आफ्नो प्रशारण सेवा शुरु गरेको थियो । बि.स २०६९ असार १७ गते सूचना तथा सञ्चार मन्त्रालयबाट १ सय वाट प्रशारण क्षमताको इजाजत पत्र प्राप्त वि.स २०७० जेठ ११...
औषधी र स्वास्थ्य उपकरण बारे जानकारी लिन मुख्यमन्त्री पाण्डे स्टोरमा
पोखरा, १० जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पु¥याउन निर्देशन दिनुभएको छन् । स्वास्थ्य जनताको जिवनसँग जोडिएकाले संवेदनशील क्षेत्र रहेको बताउँदै भन्नुभयो ‘औषधी थन्काएर राख्ने होईन, सक्दो जनताकहाँ पु¥याउनुपर्छ ।’ पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको विभिन्न पालिकाका जनप्रतिनिधिहरुले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले...
पोखरामा बस र स्कुटर ठोक्किदा एकको मृत्यु, एक घाइते
पोखरा,४ जेठ । पोखरा २२ पुम्दीभुम्दीमा विहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते हुनुभएको छ । पुम्दीभुम्दीस्थित भित्री सडकखण्डमा ग.१.ख ३२८७ न. को नगर बस र ग.२३. प ३६८६ नं. को स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरमा सवार पोखरा महानगरपालिका वडा नं ं२५ हेमजा...
महिला नेतृ कोइरालाको निधन
पोखरा, २ जेठ । नेपाली काँग्रेसकी महिला नेतृ, नेपाली काँग्रेस कास्कीकी सदस्य ज्योती कोइरालाको ६२ वर्षको उमेरमा निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मङ्गलबार दिउँसो १ बजे निधन भएको हो । पोखरा महानगरपालिका वडा नं.११ निवासी उहाँ बिगत लामो समयदेखि क्यान्सर रोगवाट पीडित हुनुहुन्थ्यो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव अग्रपंक्तिमा रहने...
पोउवा संघले आयोजना गर्ने मेलाको मिति तथा मेला प्रारुप सुझाव उपसमितिको जिम्मेवारी थापालाई
पोखरा,१ जेठ । पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी सुम्पेको छ । संघको ११ औं कार्यसमिति बैठकले उहाँलाई सो जिम्मेवारी प्रदान गरेको हो । संंयोजकको रुपमा थापाले मेलालाई कसरी उद्योगी÷व्यवसाय प्रवद्र्धनको माध्यम बनाउने भन्नेबारे विज्ञहरुसँग छलफल गरी संघलाई...