मूख्य समाचार

विमानस्थलबाट पाँच बङ्गलादेशी नागरिक पक्राउ
काठमाडौँ, २९ मङ्सिर (रासस) । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल...
नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री देउवाको जीवनी
भीष्मराज ओझा काठमाडौँ, २९ मङ्सिर (रासस) ः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्नुभएको हो । पुनः मतदानमा निर्वाचनमा सभापति...
पैसा मोलमोलाई गरेको आरोपमा सिआइवीका सई पक्राउ
काठमाडौँ, २८ मङ्सिर (रासस) । गम्भीर प्रकृतिका विभिन्न घटनाको सुक्ष्म अनुसन्धान गरी निष्कर्षमा पु¥याउने महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को हो । अन्य तथा मातहतकै निकायले अनुसन्धान गर्न नसकेका मुद्दाको कारण पत्ता लगाउनसमेत सिआइवीमाथि भरोसा गरिएको हुन्छ । तर त्यसरी अनुसन्धान गर्ने सरकारको भरपर्दाे निकाय सिआइवीका एक प्रहरी कर्मचारी मुद्दा मिलाइदिने भन्दै...
मतगणना सकियो : देउवालाई २२५८ र कोइरालालाई १७२९ मत
काठमाडौँ, २८ मङ्सिर (रासस) । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गर्नुभएको छ भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त...
‘स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ’
किमाथाङ्का, २४ मङ्सिर (रासस) । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताउनुभएको छ । गृह जिल्ला सङ्खुवासभा आउनुभएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताउनुभयो । सदरमुकाम खाँदबारीमा आज पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी...
कांग्रेसको १४औँ महाधिवेशन आजदेखि
भीष्मराज ओझा काठमाडौँ, २४ मङ्सिर (रासस) : नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सम्पूणर् तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । उद्घाटन समारोहमा कांग्रेसका शीर्षनेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आउनुभएका अतिथिले...
पोखरामा ट्रक दुर्घटनामा परी दुईको मृत्यु
कास्की, २४ मङ्सिर (रासस) । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ ख२९४८ नंको फलामे छड (रड) बोकेको ट्रक आफँै अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो । घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय...
तीनै तहका निर्वाचन एकै पटक सम्भव कि असम्भव !
नारायण न्यौपाने काठमाडौँ, २३ मङ्सिर (रासस) : निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ । निर्वाचनका नाममा राज्यकोषबाट अधिक खर्च हुने गरेकाले त्यसलाई घटाउन तीन तहकै निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने कोणबाट केही राजनीतिक दलका...
अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली
शरद् शर्मा कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन् । अझ अर्काे खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने...
खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु
वाग्मती, २१ मङ्सिर (रासस) । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुर, हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र...
बैतडीमा दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो
बैतडी, २० मङ्सिर (रासस) । बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा...
नेपालमा पनि ओमिक्रोन भेरियन्ट देखिए सँगै उच्च सतर्कता
काठमाडौँ, २० मङ्सिर (रासस) : नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...