मूख्य समाचार

बिहीबार सार्वजनिक बिदा
काठमाडौँ, १४ पुस (रासस) ःनेपाल सरकारले तमु ल्होसारका अवसरमा बिहीबार (पुस १५ गते) सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ । तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको...
भोलिदेखि मौसममा क्रमिक सुधार हुने
काठमाडौँ, १४ पुस (रासस) ।पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ”, उहाँले भन्नुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदली...
हुम्लामा पुनः हिमपात ः किसान खुशी
सिमकोट, १२ पुस (रासस) । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछिस्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ...
चुहावट नियन्त्रणमा गुणात्मक फड्को मार्दै प्राधिकरण
काठमाडौँ, ११ पुस (रासस) । एक प्रतिशतमात्रै चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै रु ७० करोड बराबरको मुनाफा हुन जान्छ । पछिल्ला दिनमा बिजुलीको चुहावटको मात्रामा वृद्धि भएको थियो । कोरोना कहरका कारण प्राधिकरणले अभियानका रुपमा चुहावट नियन्त्रणको कामलाई अगाडि बढाउन सकेको थिएन । कोरोनाका कारणले स्थानीय प्रशासनको सहयोगसमेत लिन सकेको थिएन । सोही कारण...
निर्णय नसच्चिएसम्म रेडक्रस केन्द्रीय कार्यालयको धर्ना जारी रहने
काठमाडौँ, १० पुस (रासस) । नेपाल रेडक्रस सोसाइटीलाई पूर्णता दिएरमात्र कर्मचारीको माग पूरा नहुने भएकाले एकपक्षीयरुपमा गरिएको नियमावली संशोधनको निर्णयलाई सच्याउन माग गरिएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा रेडक्रसलाई पूर्णता दिने विषयमा छलफल भएको जानकारी गराउनुभएको थियो । डेढ...
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौँ, १० पुुस (रासस) । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गत मङ्सिर २४...
प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला
बुटवल, ९ पुस (रासस) । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला पर्नुभएको छ । उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उहाँले भन्नुभयो, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको...
बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित
कावासोती, ९ पुस (रासस)। बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिलसमेत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र...
‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस
कास्की, ८ पुस (रासस) । नेपाली साहित्य र संस्कृतिका धरोहर जनकविकेशरी धर्मराज थापाको ‘कविघर’मा लोकसंस्कृति र लोक जीवन विषयक विचार गोष्ठी हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा यही पुस ९ र १० गते पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित थापाको घरमा गण्डकी प्रदेशको लोक, संस्कृति र जीवनका बारेमा विभिन्न स्रष्टाबीच विचार गोष्ठी...
नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि
काठमाडौँ, ७ पुस (रासस) । नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ओमिक्रोन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल...
सङ्घीय संसदको अवस्था : नजिकिँदै सभामुख, टाढिँदै प्रतिपक्ष
अशोक घिमिरे काठमाडौँ, ७ पुस ९रासस० ः प्रतिनिधिसभा पुनःस्थापित भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधले संसद्ले गति लिन सकेको छैन् । जनप्रतिनिधिमुलक सर्वोच्च संस्था सदनमा सांसद्ले जनजीविकाका विषय उठान गर्न पाएका छैनन् भने सरकारले पनि विधेयक प्रस्तुत गर्न सकिरहेको छैन । यसले जनताका सवाल ओझेलमा परेका छन् । जनसंघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता,...
कुटपिटबाट श्रीमतीको मृत्यु
किमाथाङ्का, ७ पुस (रासस) । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो । प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो । यस्तै मङ्गलबार...