मूख्य समाचार

बढ्दै कोरोना सङ्क्रमण, चौबिस जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि
काठमाडौँ, २३ पुस (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या बिहिबारभन्दा झण्डै दोब्बर हो । बिहिबार ५४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार २७२ जनाले पीसीआर र छ हजार ६९९ले एन्टीजिन...
सिडिओ र प्रहरी प्रमुखलार्ई एकैसाथ जिल्ला नछाड्न सर्कुलर
काठमाडौँ, २३ पुस (रासस) । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलार्ई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालार्ई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिनुभएको छ । गृहमन्त्रालयमा आज नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनको उद्घाटन समारोहमा उहाँले उक्त कुराको जानकारी दिनुभएको...
छ महिनामा सात लाख चालक अनुमतिपत्र छापिने
सञ्चिता घिमिरे काठमाडौँ, २२ पुस (रासस) ः यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी छ महिनाभित्र छापिसक्ने जनाएको छ । लामो समयसम्म विभिन्न कारण चालक अनुमतिपत्र नियमित छपाइ हुन सकेको थिएन । अहिले दैनिक तीन ‘सिफ्ट’ मा छाप्न थालिएको विभाग प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । अबको छ महिनामा अनुमतिपत्र छापिसकेर सम्बन्धित कार्यालयमा पठाइसकिने...
सिलिण्डर पड्किएर एकको मृत्यु, १२ जना घाइते
बनियानी, २२ पुस (रासस) । झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मेचीनगर–७ का केशव पाठकको घरमा आगलागी भएको र आगो निभाउन जाँदा घरमा रहेको ग्यास सिलिण्डर पड्किएर मेचीनगर–८ की ४५ वर्षीया शारदा राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी...
पुनः वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २१ पुस (रासस) । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिनुभयो । यो मौसमी प्रणालीका...
शीतलहरका कारण विद्यालयमा पठनपाठन बन्द
वीरगञ्ज, २० पुस (रासस) ।  तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै जिराभवानीले पठनपाठन बन्दगराईसकेको थियो । शीतलहरले गर्दा स्वास्थ्यमा प्रतिकूल समस्या नपरोस् भन्दै गाउँपालिकाहरूले पनि...
कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार
काठमाडौँ, १९ पुुस (रासस) । नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट प्रदेश नं १ मा गोपालकुमार...
सांगठनीक योजना निर्माणमा कास्की काँग्रेस
पोखरा, १९ पुस । नेपाली काँग्रेस कास्की पार्टी सदृढिकरणका लागि सांगठनीक योजना निर्माणमा जुटेको छ । ‘संगठनलाई मजबुत बनाउन योजना आवश्यक पर्छ, योजना अनुसार नै पार्टीलाई अघि बढाउन खोजेका हौं, कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले भन्नुभयो – कास्की काँग्रेसले अब के गर्छ, त्यो योजनाबाट निर्देशित हुनेछ ।’ योजना निर्माणका लागि पार्टीले सोमबार पोखरामा कार्याशाला गोष्ठी...
भूकम्पको धक्का
लमजुङ, १७ पुस (रासस) । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ । आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने...
‘हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा’
काठमाडौँ, १७ पुस (रासस) ः हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । नेपालको हिमाली क्षेत्रमा जमेर रहेका पानीका स्रोत र यसको तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनको असर...
एकै परिवारका चार जनाको मृत्यु
राँझा, १५ पुस (रासस) । नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु र अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उहाँकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन...