मूख्य समाचार

स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र प्रयोग हुने
काठमाडौँ, २३ फागुन (रासस) :आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ । मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो । निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण...
पाँच वर्षदेखि फरार तीन पक्राउ
काभ्रेपलाञ्चोक, २३ फागुन (रासस) ःकेही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ । कार्यालयबाट विशेष टोली खटाई सार्वजनिक अपराध मुद्दाका फरार पनौती नगरपालिका–३ का...
प्रेस युनियन कास्कीको आधारभूत पत्रकारिता तालिम सुरु
पोखरा, १९ फागुन ।नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम बिहीबारदेखि सुरु भएको छ । शनिवारसम्म चल्ने तालिममा विभिन्न संचारमाध्यममा कार्यरतसहित ५५ जना सहभागी छन् । तालिम उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले लोकतन्त्रको रक्षाको लागि संचारजगतको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पत्रकारकै कारण देशमा विभिन्न किसिमका आन्दोलन सफल भएको...
बिहीबार सार्वजनिक बिदा
काठमाडौँ, १८ फागुन (रासस) :सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ÷संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय...
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो
पूर्णप्रसाद मिश्र काठमाडौँ, १७ फागुन (रासस) :प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय...
एमसिसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत
काठमाडाँै, १६ फागुन (रासस) ःनेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्तागठबन्धनमा रहेका दलहरुको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले एमसिसी सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई...
व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनसँगै मुलुक दुर्घटनाबाट बच्यो ः अध्यक्ष दाहाल
काठमाडौँ, १६ फागुन (रासस) ःनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको क्रममा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने उपायको खोजी गरिएको स्पष्ट पार्नुभएको छ । आज आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राजनीतिक उपलब्धि खतरामा पर्नुका साथै शान्ति प्रक्रिया धरापमा पुग्ने अवस्थामा देखिएकाले व्याख्यात्मक घोषणासहित एमसिसी...
‘टोल÷टोलमा काँग्रेस पुगेपछि जनता खुशी’
पोखरा, १६ फागुन । नेपाली काँग्रेसले कास्कीको मादी गाउँपालिका वडा नं ६ मा टोल कार्यसमिति गठन गरेको छ । भेलाले चाँसुमा रवी बराल, चिप्लीमा सुक बहादुर गुरुङ, राम्चेमा अनिष ढुङ्गाना, भूमेमा उत्तरसिंह गुरुङ, सयपत्रीमा गणेश गुरुङ र सजुक भेडीखर्कमा रमेश अधिकारी क्षत्रीको अध्यक्षतामा टोल समिति गठन गरेको हो । नेपाली काँग्रेस कास्कीको माघ ८ गतेको...
वडाध्यक्ष कार्कीको निधनपछि राजमार्ग अवरुद्धः यात्रु बीच बाटोमै अलपत्र
वीरेन्द्रनगर, १४ फागुन (रासस) ःमोटरसाइकल दुर्घटनामा घाइते हुनुभएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थनीयवासीले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा निधन भएको हो । दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च...
प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित
काठमाडौँ, १३ फागुन (रासस) ःशुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी पर्सि फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सचिवालयले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरी विशेष कारणवश आजको बैठक बस्न नसक्ने भएकाले पर्सि आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ । आज...
चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन
मङ्गलबारे, १३ फागुन (रासस) :इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण...
अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा
कैलाली, १२ फागुन (रासस) :अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्र्रकाश जोशीले जानकारी दिनुभयो । प्रनाउ जोशीका अनुसार निज...