मूख्य समाचार

प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते
काठमाडौँ, २९ फागुन (रासस) :नेपालका लोकतन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ । प्रेस युनियन केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो । युनियनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न...
‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’
काठमाडौँ, २९ फागुन (रासस) :नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ । पार्टी...
जग्गा ठगी प्रकरण : वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात पक्राउ
खाँदबारी, २९ फागुन (रासस) :सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ । वडाध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको...
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
मुग्लिन, २८ फागुन (रासस) ःचितवनमा मोटरसाइकल दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हँुदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ का ३०...
बैँकिङ अपराधमा सङ्लग्न तीन व्यक्ति पक्राउ
काठमाडौँ, २७ फागुन (रासस) ःबैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको गोङ्गबु बस्ने गोरखा भीमसेन थापा गाउँपालिका–६ का २५ वर्षीय निसम विक, काठमाडौँँको मनमैजु बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१७ का ३२ वर्षीय मुन्दिप भुजेल र काठमाडौँ रामकोट बस्ने गोरखा बारपाक सुलिकोट...
ताप्लेजुङ सदरमुकाममा आगलागी
ताप्लेजुङ, २७ फागुन (रासस) :ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी...
लेखनाथ महोत्सव–२०७८ सुरु
गण्डकी, २६ फागुन (रासस) ःअर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समुन्नतिका लागि सरकार र निजी क्षेत्र एकआपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । लेखनाथ महोत्सव–२०७८ को आज कास्कीको लेखनाथस्थित डाँडाको नाकमा उद्घाटन गर्दै उहाँले राजनीतिक एवं संवैधानिकरुपमा प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताउनुभयो । स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै समुदायलाई आत्मनिर्भर बनाउनु आवश्यक भएकामा...
मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न
सिन्धुपाल्चोक, २६ फागुन (रासस) :गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयोे । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी...
कांग्रेसले सुरु गर्दै ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान
काठमाडौँ, २५ फागुन (रासस) :नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्ने भएको छ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानका विभिन्न आठ उद्देश्य रहेको पार्टी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अभियानअन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको...
सुन्दरबजारमा अनिश्चितकालीन निषेधाज्ञा
लमजुङ, २५ फागुन (रासस) :सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यू) जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलबार मृत्यु भएपश्चात उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो...
हेलिकप्टरमा गोसाइँकुण्ड जाने बढे
ज्ञानेन्द्र न्यौपाने रसुवा, २४ फागुन (रासस) ः रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ । उकालो बाटो हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जान हेलिकप्टर रोज्न थालेका हुन । स्थानीय होटल...
मध्यरातमा गाडी रोकी तोडफोड गर्ने पक्राउ
दमौली, २४ फागुन (रासस) ःपृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला...