मूख्य समाचार

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, चैत ६ (रासस) ःपश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको...
ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
बैतडी, ६ चैत (रासस) ःबैतडीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन् । बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र०१००२त ५५९८ नंको ट्र्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी...
‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो
काठमाडौँ, ५ चैत (रासस) : चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाउनुभएको छ । उहाँले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गर्नुभएको छ । गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त...
विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल
काठमाडौँ, ५ चैत (रासस) ः संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ । दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत १३६औँ...
लेखनाथ महोत्सवमा दुई करोड ६५ लाख कारोबार
लेखनाथ, ४ चैत । केही दिन यता दिउँसो गर्मी बढ्दै जाँदा लेखनाथ महोत्सवमा भने दर्शकको रौनक बढ्दै गएको छ । ख्यातीप्राप्त कलाकारबाट दैनिक सांस्कृतिक कार्यक्रम हुँदा गर्मीको वेवास्ता गर्दै दर्शकहरुको महोत्सव स्थलमा आकर्षण बढेको हो । दैनिक उपभोग्य वस्तु देखी बालबालिकाको लागि मनोरञ्जनका सामाग्री एवं रेष्टुरेण्टहरुका परिकारमा परिवारै झुम्मिएको देखिन्छ । दिनभरीको मनोरञ्जन पछि दर्शकहरु...
देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा
रमेश लम्साल काठमाडौँ, ३ चैत (रासस) : जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ । उद्योग कलकारखानामा पुग्छ । पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा पनि...
गोली लागेर एकको मृत्यु
डडेल्धुरा, २ चैत (रासस) :यहाँ गोली लागेर एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा...
नेपाल–युएई संयुक्त समिति बैठक : नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत
काठमाडौँ, २ चैत (रासस) :नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो । बैठकमा युएईले नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप...
आगलागीबाट सावधानी अपनाउन आग्रह
काठमाडौँ, २ चैत (रासस) ःनेपाल प्रहरीले अहिले सुक्खा मौसममा हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको विगतको तथ्य स्मरण गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी...
गाईको शोकमा किरिया …
रत्ननगर, १ चैत (रासस) :आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बस्नुभएको छ । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बस्नुभएको हो । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि...
एमसिसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा
त्रिशूली, ३० फागुन (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी राष्ट्रको हितमा भएको बताउनुभएको छ । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसद्बाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताउनुभयो । “एमसिसीलाई एमालेका तत्कालीन...
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
काठमाडौँ, ३० फागुन (रासस) ःरोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजार ९१३...