मूख्य समाचार

पारस्परिक सहयोग र साझेदारी अभिवृद्धिका लागि नेपाल र चीनबीच नौ वटा समझदारी
शरच्चन्द्र भण्डारी काठमाडौँ, १२ चैत (रासस) :काठमाडौँ, १२ चैत (रासस) : नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । आज यहाँ सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय वार्तामा त्यस्तो सहमति भएको हो । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच सम्पन्न द्विपक्षीय वार्तापछि दुवै...
राष्ट्रिय एकता बलियो बनाउनु आजको आवश्यकता ः प्रधानमन्त्री
काठमाडौँ, १२ चैत (रासस) ःप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई बलियो बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । विपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्वोद्धन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि राष्ट्रिय एकता आवश्यक रहेको र यसको नेतृत्व कांग्रेसले गर्ने बताउनुभएको हो । प्रधानमन्त्री देउवाले सबै नागरिलाई आधारभूत...
जग्गाधनी पुर्जा नहुँदा समस्या
सन्तोष गौतम म्याग्दी, १२ चैत (रासस)ः म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार भाइले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुबा कृपसिङको नाममा छ । साठी वर्षीय कमरा विकका दाजुभाइले दश वर्षअघि बित्नुभएका बुबाको नामबाट अझैसम्म घरजग्गा नामसारी गर्न सक्नुभएको छैन । हकभोग गर्दै आएको घरजग्गाको लालपुर्जा नभएका चन्द्रमान र कमराका...
चिनियाँ विदेशमन्त्री राजधानीमा
काठमाडौँ, ११ चैत (रासस) :चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरअघि राजधानी आइपुग्नु भएको छ । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका...
वृद्धा १२ दिनदेखि बेपत्ता
झापा, ११ चैत (रासस) :मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता हुनुभएको छ । आमा बेपत्ता भएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन् । परिवारका सदस्यले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन् । विसं २०७८ फागुन...
९३.१ प्रतिशतले लगाए कोरोना भाइरसविरुद्धको खोप
काठमाडौँ, १० चैत (रासस) :नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो । चीन सरकारले अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको हो । चीनले सिनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराएको...
चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो
सिन्धुपाल्चोक, १० चैत (रासस) :चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताउनुभयो । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ...
सुखीहरूको गाउँ ‘घलेगाउँ’
जनक श्रेष्ठ लमजुङ, ९ चैत ९रासस० ः ‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँ स्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ ९तेजबहादुर घिगाल, गणेश गुरुङ र रिमा गुरु¬ङ० शिरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य– घलेगाउँ विविधताको सङ्गम हो । प्रकृतिले सिंँगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा...
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : हल्का वर्षाको सम्भावना
काठमाडौँ, ९ चैत (रासस) :पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान...
महिला अधिकार रक्षा तथा महिला हिंसा अन्त्य गर्ने नेपालको प्रतिबद्धताको प्रशंसा
शरच्चद्र भण्डारी काठमाडौँ, ८ चैत (रासस) ः महिला तथा बालिकाहरूको अधिकारको रक्षा तथा उनीहरूविरुद्धका हिंसा अन्त्य गर्न नेपाल सरकारले व्यक्त गरेको प्रतिबद्धता तथा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने तत्परताको एक अमेरिकी अभियन्ताले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । तीन दशकदेखि विश्वका विभिन्न भागमा महिला जागृति, उनीहरूको सशक्तीकरणका लागि अनवरत लडिरहेकी अमेरिकी गैरसरकारी संस्था ‘एभ्री वुमन’की प्रमुख कार्यकारी अधिकृत...
मलद्वारभित्र सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ
काठमाडौँ, ८ चैत (रासस) :मलद्वारभित्र लुकाएर सुन ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो । यसरी सुन लुकाएर ल्याउनेमा भारतीय नागरिक ३८ वर्षीय शुभम...
लेटाङ तनावग्रस्त, निषेधाज्ञा जारी
मोरङ, ७ चैत (रासस) :जिल्ला प्रशासन कार्यालय मोरङले तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा...