मूख्य समाचार

नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै
त्रिशूली, ५ वैशाख (रासस) ःनुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन अपराह्न ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो । गत शनिबारमध्य रातमा देवीघाटस्थित जालपादेवी मन्दिर पुग्नुभएका ८३ वर्षका धामी हरिमानसिंह डङ्गोल आज...
जीप दुर्घटनामा स्याङ्जाको एकै गाउँका पाँचको मृत्यु
वालिङ, ४ वैशाख (रासस) :स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज फिरफिरेमा दुर्घटना भएको हो । जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका...
दलको चुनाव चिन्ह निर्धारण
काठमाडौँ, ४ वैशाख (रासस)ःदेशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ । निर्वाचन आयोगकाअनुसार विस २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा छ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिन्ह निर्धारण गरिएको हो । उक्त निर्वाचनमा नेकपा (एमाले)लाई ३१...
निर्वाचनमा आवश्यकता अनुसार तालमेल : महामन्त्री शर्मा
काठमाडौँ, ३ वैशाख (रासस) :नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताउनुभयो । “संविधानरक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई...
बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द
म्याग्दी, ३ वैशाख (रासस) :म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला...
नवौँ पटक जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण
–रमेश गिरी भक्तपुर, २ वैशाख (रासस) ः मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि त्यहाँको अधिकांश क्षेत्रमा मानिसको भीड बढ्यो । बिस्केट जात्रामा मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिस खचाखच भए । बासको चिम्टी बजाउँदै एक...
एक वर्षमा ३६० को मृत्यु
चितवन, २ वैशाख (रासस) :विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।...
हर्षोल्लासपूर्वक मनाइयो नयाँ वर्ष २०७९ को पहिलो दिन
काठमाडौँ, १ वैशाख (रासस) ःआज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको...
लिखत पारित शतवार्षिकीको अवसरमा पोखरामा तीन दिवसीय कार्यक्रम
पोखरा, १ वैशाख । लिखत पारित शतवार्षिकिको अवसरमा पोखरामा तीन दिवसीय कार्यक्रम सञ्चालन गरिएको छ । मालपोत कार्यालय कास्कीले तीन दिवसीय कार्यक्रम अन्तर्गत चैत ३० गते कार्यालय सरसफाई, वैशाख १ गते शतवार्षिकी मूल समारोह कार्यक्रम गरेको कार्यालय प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिवसीय कार्यक्रमको अन्तिम दिन वैशाख...
नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थी
काठमाडौँ, १ वैशाख (रासस) :नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई...
अर्थतन्त्रमा सङ्कट छैन, अनावश्यक हल्ला नगरौँ : अर्थमन्त्री
काठमाडौँ २८ चैत (रासस) :अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताउनुभएको छ । अर्थमन्त्रीले भन्नुभयो, “हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।” अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताउनुभयो । उहाँले व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न...
गलेश्वरमा रामसीताको स्तम्भ
म्याग्दी, २८ चैत (रासस) ःबेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भगवान राम र सीताको स्तम्भ प्रतिस्थापना गरिएको छ । दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको ती स्तम्भमा नियमित नित्यपूजाका लागि थप रु तीन लाख १५ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । करिब सात फिट अग्लो स्तम्भ भित्र एक करोड २७...